Return to Video

बालीमा प्लास्टिक ब्याग बन्द गर्ने हाम्रो अभियान

  • 0:01 - 0:04
    मेलाती विज्सेन: बाली . . .भगवानहरुको टापू
  • 0:05 - 0:08
    इसाबेल विज्सेन: हरियालीको स्वर्ग
  • 0:09 - 0:11
    मेला: अथवा.....
  • 0:11 - 0:12
    हराएको स्वर्ग ।
  • 0:13 - 0:14
    बाली:
  • 0:15 - 0:17
    फोहोर मैलाको टापू ।
  • 0:18 - 0:19
    इसा: बालीमा
  • 0:19 - 0:25
    हामी दैनिक ६८० क्युबिक मीटर
    प्लास्टिकका फोहर उत्पन्न गर्छौं ।
  • 0:26 - 0:29
    झन्डै १४ तला अग्लो बिल्डिंग जत्रै ।
  • 0:29 - 0:31
    ५% भन्दा कम प्लास्टिकका ब्यागहरु मात्रै
  • 0:31 - 0:34
    पुनः प्रयोगमा आउछन् ।
  • 0:35 - 0:38
    मेला: थाहा छ, हाम्रो टापूप्रतिको तपाईंको
    धारणामा परिवर्तन आउने छ ।
  • 0:39 - 0:41
    यो कुरा जानेपछि हाम्रै सोच पनि
    परिवर्तन भयो-
  • 0:41 - 0:46
    जब हामीले बुझ्यौं - लगभग सबै प्लास्टिक
    ब्यागहरु ढलमा
  • 0:46 - 0:47
    ढल बाट नदिमा,
  • 0:47 - 0:48
    र नदिहुँदै समुद्रमा पुग्छन्।
  • 0:49 - 0:51
    समुद्रसम्म नपुग्नेहरु
  • 0:51 - 0:54
    या त पोलीन्छन् या जथाभावी छरिन्छन् ।
  • 0:54 - 0:56
    इसा: हामीले यो विषयमा केहि
    गर्ने निर्णय गर्यौं
  • 0:57 - 0:59
    लगभग ३ बर्षदेखि, हामी टापुमा
    प्लास्टिकका झोलाको
  • 0:59 - 1:03
    प्रयोग बन्द गराउन प्रयत्नरत छौं ।
  • 1:03 - 1:05
    यस क्रममा केहि महत्वपूर्ण सफलता
    प्राप्त गरेका छौं ।
  • 1:07 - 1:09
    मेला: हामी दिदी बहिनी हौँ
  • 1:09 - 1:11
    र हामी पृथ्वीकै सबै भन्दा राम्रो स्कूल
  • 1:12 - 1:14
    ग्रीन स्कूल, बालीमा पढ़दछौँ ।
  • 1:14 - 1:18
    ग्रीन स्कूल बाँसले बनेको कारणले मात्रै
    अरु भन्दा भिन्न भएको होइन,
  • 1:18 - 1:20
    शिक्षा दिने तरिकाको कारण भिन्न भएको हो ।
  • 1:21 - 1:24
    यहाँ हामीलाईआजको नेतृत्वकर्ता
    बन्न सिकाइन्छ,
  • 1:25 - 1:27
    जून् अरु साधारण पाठ्यक्रमले सिकाउदैन ।
  • 1:28 - 1:30
    इसा: एकदिन क्लासमा महत्वपूर्ण
  • 1:30 - 1:33
    व्यक्तिहरुको बारेमा पढाई भयो, जस्तै:
  • 1:33 - 1:34
    नेल्सन मण्डेला,
  • 1:34 - 1:35
    लेडी डायना र
  • 1:35 - 1:37
    महात्मा गान्धी ।
  • 1:37 - 1:38
    त्यो दिन घर फर्किंदा,
  • 1:38 - 1:42
    हामीलाई पनि चर्चित व्यक्ति बन्ने
    अभिलाषा पलायो ।
  • 1:43 - 1:45
    तर चर्चित व्यक्ति बन्न ठुलो
  • 1:45 - 1:46
    हुदासम्म किन कुर्ने ?
  • 1:46 - 1:48
    हामीले अहिले नै केहि गर्ने विचार गर्यौं ।
  • 1:49 - 1:51
    मेला: त्यो रात सोफामा बसेर हामीले,
  • 1:51 - 1:54
    बालीले झेलिरहेका समस्याका विषयमा
    धेरै सोच विचार गर्यौं ।
  • 1:54 - 1:56
    बारम्बार मनमा एउटा विचार आयो-
  • 1:56 - 1:58
    प्लास्टिकका फोहरहरु ।
  • 1:59 - 2:01
    तर यो भयङ्कर ठुलो समस्या हो ।
  • 2:01 - 2:05
    हामीले सोच्यौं, केटाकेटीहरुको लागि
    सम्भव लक्ष्य के होला:
  • 2:06 - 2:07
    जवाफ आयो-प्लास्टिक ब्याग
  • 2:07 - 2:08
    एउटा विचार उत्पन्न भयो ।
  • 2:09 - 2:11
    इसा: हामीले अनुसन्धान सुरु गर्यौं,
  • 2:11 - 2:14
    बास्तवमा, जति बढी बुझ्दै गयौं, उतिनै
  • 2:14 - 2:17
    प्लास्टिक ब्यागको सकारात्मक पक्ष भेटेनौं
  • 2:17 - 2:19
    तपाईंलाइ थाहा छ,
  • 2:19 - 2:20
    यो नभएर पनि फरक पर्दैन ।
  • 2:21 - 2:25
    मेला: प्लास्टिक ब्याग हटाउने बिभिन्न
    ठाउंहरुको प्रयत्नले
  • 2:25 - 2:26
    हामीलाई प्रभावित गर्यो, जस्तै :
  • 2:26 - 2:28
    हवाईदेखि रुवान्डा
  • 2:28 - 2:31
    र अन्य कयौं शहरहरु जस्तै :
    अक्ल्यांड र डब्लिन ।
  • 2:32 - 2:37
    इसा: हाम्रो विचार “बिदा प्लास्टिक ब्याग“
    अभियानको रुपमा शुभारम्भ भयो ।
  • 2:39 - 2:41
    मेला: अभियानको क्रममा
  • 2:41 - 2:43
    हामीले निकै कुराहरु सिक्यौं ।
  • 2:44 - 2:46
    पाठ नम्बर १ :
  • 2:46 - 2:48
    सबै काम एक्लै गर्न सकिन्न ।
  • 2:48 - 2:51
    उस्तै विचार भएका साथीहरुको
    समूह चाहिन्छ
  • 2:51 - 2:54
    त्यसैले हामीले
    प्लास्टिक ब्याग बिदाई समूह बनायौं ।
  • 2:54 - 2:58
    स्वयंसेवकहरुको यो समूहमा टापुमा रहेका
    राष्ट्रिय र अन्तर्रास्ट्रिय
  • 2:58 - 3:00
    स्कूलका केटाकेटिहरु सामेल भए ।
  • 3:01 - 3:02
    सबैसंग मिलेर हामीले
  • 3:02 - 3:03
    निवेदन दिनु पर्ने र नपर्ने
  • 3:03 - 3:07
    विभिन्न तहका योजना सुरु गर्यौं,
  • 3:07 - 3:10
    स्कूलहरुमा शैक्षिक र प्रेरणात्मक
    प्रस्तुतिहरु,
  • 3:10 - 3:15
    र बजार, चाडपर्ब, सरसफाईआदि कार्यमा
    सामूहिक जानकारी गराउन थाल्यौं ।
  • 3:15 - 3:16
    त्यस्तै अन्य कार्यहरु :
  • 3:16 - 3:18
    स्थानीय तहमै उत्पादन भएका बैकल्पिक ब्याग
  • 3:18 - 3:20
    जस्तै: जालीको ब्याग,
  • 3:20 - 3:21
    पत्रिकाबाट बनेको ब्याग
  • 3:21 - 3:24
    १००% जैविक सामग्रीबाट बनेका ब्याग,
  • 3:24 - 3:26
    वितरण गर्न थाल्यौं ।
  • 3:27 - 3:28
    इसा: हामीले ८०० घर भएको
  • 3:28 - 3:30
    नमूना गाउँ शुरु गर्यौं ।
  • 3:31 - 3:33
    गाउँ अध्यक्ष हाम्रो पहिलो साथी बने,
  • 3:33 - 3:35
    हाम्रो टी-शर्ट पनि मन पराए ।
  • 3:36 - 3:39
    हामी ग्राहकचेतना अभियानमा केन्द्रित भयौं,
  • 3:39 - 3:41
    किनकि त्यहींबाट नै परिवर्तनको
    सुरुवात हुन सक्छ ।
  • 3:42 - 3:44
    छोटो अवधिमै २/३ गाउँ, प्लास्टिक ब्याग
  • 3:44 - 3:46
    मुक्त भैसकेको थियो ।
  • 3:47 - 3:52
    बालीको गवर्नरलाइ भेट्ने हाम्रो
    पहिलो प्रयास असफल भयो ।
  • 3:53 - 3:54
    हामीले सोच्यौं -
  • 3:54 - 3:59
    १० लाख हस्ताक्षर सहितको निवेदन ।
  • 3:59 - 4:01
    पक्कै अस्वीकार गर्न सक्दैनन् । कि कसो ?
  • 4:01 - 4:02
    मेला: कुरा ठिक हो !!
  • 4:02 - 4:04
    इसा: कसले सोचेको थियो
  • 4:04 - 4:08
    १० लाख भनेको १००० गुणा १००० । थोरै हो त ?
  • 4:08 - 4:10
    (हाँसो)
  • 4:10 - 4:12
    हामी रोकियौं ---
  • 4:13 - 4:15
    जबसम्म हामीले पाठ नम्बर २ सिकेनौं :
  • 4:16 - 4:17
    “फरक ढंगले सोच“ ।
  • 4:18 - 4:19
    कसैले भन्यो -
  • 4:19 - 4:25
    बाली एअरपोर्टमा बार्षिक १ करोड ६० लाख
    मानिस ओहर दोहर गर्छन् ।
  • 4:26 - 4:30
    मेला: तर एअरपोर्ट भित्र छिर्ने कसरी ?
  • 4:30 - 4:32
    यहां आउंछ पाठ नम्बर ३ :
  • 4:32 - 4:34
    अनुरोध ।
  • 4:34 - 4:36
    हामी लाग्यौं एअरपोर्ट तिर ।
  • 4:36 - 4:37
    सबैभन्दा पहिले कुचीकारलाइ भेट्यौं
  • 4:38 - 4:40
    तेस्पछि उसको हाकिमको पनि हाकिमलाइ ,
  • 4:40 - 4:42
    अनि, सहायक म्यानेजरलाइ
  • 4:42 - 4:43
    त्यसपछि अफिस म्यानेजरलाइ,
  • 4:43 - 4:45
    अनि फेरी,
  • 4:45 - 4:47
    २ तह तल झर्यौं र सोच्यौं
  • 4:47 - 4:49
    आयो फेरी कुचिकार ।
  • 4:50 - 4:52
    यसरी कयौं दिन ढोका ढक ढकाउन परेपनि
  • 4:52 - 4:54
    हामीले हरेस खाएनौं,
  • 4:54 - 4:58
    र अन्त्यमा बाली एअरपोर्टको
    बजार व्यवस्थापकसंग भेट भयो ।
  • 4:58 - 5:02
    हामीले बालीको प्लास्टिक ब्यागको
    बारेमा प्रवचन दियौं
  • 5:02 - 5:06
    उनले भने (आवाजको नक्कल गर्दै)
    आफ्नो निर्णय प्रतिआफैं अचम्मित हुँदै
  • 5:06 - 5:08
    म तिमीहरुलाई भन्सार र आगमन कक्षको
  • 5:08 - 5:11
    पछाडी रहेर हस्ताक्षर बटुल्ने
    अनुमति दिन्छु ।
  • 5:11 - 5:13
    (हाँसो)
  • 5:13 - 5:16
    (ताली)
  • 5:17 - 5:19
    इसा: हामीले लगभग डेड घन्टाको बिचमा
  • 5:19 - 5:22
    १००० हस्ताक्षर जम्मा गरीसकेका थियौं ।
  • 5:22 - 5:23
    गज्ज़ब होइन त ?
  • 5:24 - 5:26
    पाठ नम्बर ४:
  • 5:26 - 5:29
    बिद्यार्थीदेखि ब्यापारिक म्यानेजर सम्म
    समाजका हरेक तहका
  • 5:29 - 5:33
    चर्चित व्यक्तित्वहरुसंगको चिनापर्चीको
    आवश्यकता पर्दछ ।
  • 5:34 - 5:36
    ग्रीन स्कूलको आकर्षणलाइ धन्यवाद,
  • 5:36 - 5:39
    हामीले सेलिब्रेटीहरुको साथ् पाईराख्यौं ।
  • 5:40 - 5:41
    बान की मुनले सिकाउनुभयो
  • 5:41 - 5:45
    संयुक्त राष्ट्रसंघका महासचिबले
  • 5:45 - 5:46
    निबेदनमा हस्तक्षर गर्दैनन्,
  • 5:46 - 5:47
    (हाँसो)
  • 5:47 - 5:49
    चाहे केटाकेटी जति नै नम्र बनुन् ।
  • 5:49 - 5:51
    तर हाम्रो प्रचारगरिदिने बचन दिनुभयो
  • 5:51 - 5:53
    र अहिले हामी संयुक्त राष्ट्रसंघसँग
    सहकार्य गर्दै छौं
  • 5:54 - 5:57
    मेला: जेन गोड्लबाट हामीले नेटवर्किंगको
    शक्तिबारेमा जान्यौं
  • 5:57 - 6:00
    उनले रुट्स एंड शुट्सको एउटा समूहबाट
    शुरु गरेकीहुन्,
  • 6:00 - 6:03
    र अहिले संसारभरी गरेर उनको ४०००
    भन्दा बढी समूह छन ।
  • 6:03 - 6:05
    जसमा हामी पनि एक हौँ ।
  • 6:05 - 6:06
    उनी प्रेरणाकी श्रोत हुन् ।
  • 6:07 - 6:08
    यदि तपाईं रोटरीको सदस्य हो भने,
  • 6:09 - 6:10
    भेटेर खुशी लाग्यो ।
  • 6:10 - 6:11
    हामी रोटरीको सबैभन्दा
  • 6:11 - 6:13
    यूवा समूह हौँ ।
  • 6:15 - 6:18
    इसा: हामीले धैर्यताको बारेमा पनि
    धेरै नै सिकेका छौं
  • 6:18 - 6:20
    मेला: निराशाबाट कसरी बच्ने,
  • 6:20 - 6:21
    इसा: नेतृत्व,
  • 6:21 - 6:22
    मेला: सामुहिककार्य,
  • 6:22 - 6:24
    इसा: मित्रता,
  • 6:24 - 6:26
    मेला: हामीले बाली र बालीको संस्कारको
    बारेमा अझ जान्यौं
  • 6:26 - 6:30
    इसा: प्रतिबद्धताको महत्व जान्यौं ।
  • 6:30 - 6:32
    मेला: यो सधैं सहज थिएन ।
  • 6:32 - 6:35
    कहिले कहीं आफ्नो कुरा सम्झाउन
    निकै कठिन हुन्छ ।
  • 6:36 - 6:38
    इसा: गत बर्ष ठ्याक्कै त्यस्तै भयो ।
  • 6:39 - 6:40
    हामी इंडिया गएका थियौं
  • 6:40 - 6:42
    हाम्रा अविभावकहरुले हामीलाई
  • 6:42 - 6:44
    म. गान्धीको पुरानो घर देखाउन लग्नुभो
  • 6:45 - 6:47
    आफ्नो लक्ष्य प्राप्तिको लागि, भोक हड्तालको
  • 6:47 - 6:49
    शक्ति हामीले बुझ्यौं ।
  • 6:49 - 6:51
    यात्राको अन्तिमतिर जब हामीले
  • 6:51 - 6:53
    अभिभावकलाइ फेरी भेट्यौं,
  • 6:53 - 6:55
    हामीले एउटा निर्णय गर्यौं र भन्यौं
  • 6:55 - 6:56
    "हामी भोक हड्ताल गर्दै छौं"
  • 6:56 - 6:57
    (हाँसो)
  • 6:58 - 7:00
    मेला: वहाँहरुको अनुहार कस्तो भो होला,
  • 7:00 - 7:03
    हाम्रो अविभावक मात्र होइन,
  • 7:03 - 7:04
    साथीहरु र शिक्षकहरु समेतलाइ
  • 7:05 - 7:07
    सम्झाउन गार्हो भयो
  • 7:08 - 7:11
    इसाबेल र मैंले भने यसको मनस्थिति
    बनाईसकेका थियौं ।
  • 7:11 - 7:12
    हामीसबैले पोषणबिज्ञसंग छलफल गरेर
  • 7:12 - 7:14
    एउटा सम्झौतामा पुग्यौं -
  • 7:14 - 7:18
    जबसम्म, बालीको गवर्नर हामीलाइ भेटेर
    प्लास्टिकको ब्याग
  • 7:18 - 7:21
    रोक्ने बिषयमा छलफल गर्न तयार हुँदैनन्,
  • 7:21 - 7:24
    तबसम्म हामी सूर्योदय देखि सूर्यास्तसम्म
    केहि खादैनौं ।
  • 7:25 - 7:29
    इसा: इन्डोनेसियन भाषामा "मोगा माकान" भनिने
  • 7:29 - 7:30
    भोक हड्ताल शुरु भयो ।
  • 7:30 - 7:32
    यो कुरा सामाजिक संजालहरुमा फैलियो,
  • 7:32 - 7:34
    दोश्रो दिनमै,
  • 7:34 - 7:36
    पुलिसहरु हाम्रो घर र स्कुलमा आएर
  • 7:37 - 7:39
    हाम्रो सोध खोज गर्न थाले ।
  • 7:39 - 7:42
    हामीलाई थाहा थियो, यसरी भोक हड्ताल गरेर
  • 7:42 - 7:44
    गवर्नर खुशी हुने वाला छैनन् --
  • 7:44 - 7:45
    बरु हामी जेल चलान हुन सक्थ्यौं
  • 7:46 - 7:48
    तर अचम्मै भयो,
  • 7:48 - 7:49
    २४ घन्टा पछि,
  • 7:49 - 7:50
    हामीलाई स्कूलबाट
  • 7:50 - 7:52
    गवर्नरको अफिस लगियो ।
  • 7:53 - 7:55
    मेला: र गवर्नरसंग भेट भयो
  • 7:55 - 7:57
    (ताली)
  • 7:57 - 7:59
    छलफलको क्रममा गवर्नरले ,
  • 7:59 - 8:02
    बालीको सुन्दरता र वातावरणप्रतिको हाम्रो
  • 8:02 - 8:04
    लगन र अठोट देखेर आभार व्यक्त गर्नुभयो ।
  • 8:05 - 8:06
    र बालीबाट प्लास्टिकहटाउन
  • 8:06 - 8:09
    मद्धत गर्ने पत्रमा हस्ताक्षर गर्नुभयो
  • 8:09 - 8:10
    अहिले हामी साथी भएकाछौं,
  • 8:10 - 8:11
    बेला बेलामा वहांको र
  • 8:11 - 8:15
    वहांको समूहको प्रतिज्ञाको बारेमा
    झक झकाउछौँ
  • 8:15 - 8:17
    खुशीको कुरा, वहांले
  • 8:17 - 8:18
    प्रतिज्ञापत्रमा हस्ताक्षर गर्नुभएको छ-
  • 8:18 - 8:23
    सन् २०१८ सम्ममा बाली प्लास्टिक ब्याग
    मुक्त हुनेछ
  • 8:23 - 8:30
    (ताली)
  • 8:31 - 8:36
    इसा: त्यस्तै बाली अन्तर्रास्ट्रिय एअरपोर्ट
  • 8:36 - 8:41
    सन् २०१६ सम्ममा प्लास्टिक मुक्त क्षेत्र
    बन्ने तयारीमा छ
  • 8:41 - 8:43
    मेला: हाम्रो अबको संदेश छ -
  • 8:43 - 8:45
    प्लास्टिक ब्याग दिने नगरौं,
  • 8:45 - 8:48
    पुन: प्रयोग गर्न मिल्ने ब्याग बोक्ने गरौँ
  • 8:49 - 8:51
    इसा: हाम्रो अल्पकालीन अभियान-
  • 8:51 - 8:53
    "एक टापू, एक आवाज"
  • 8:53 - 8:54
    यहि नै योजना हो ।
  • 8:54 - 8:57
    हामी, प्लास्टिक मुक्त घोषणा गरेका
  • 8:57 - 9:00
    पसल र रेस्टुरेन्टहरुमा जांच गर्छौं र
  • 9:00 - 9:02
    प्रवेश द्वारमा गएर यस्तो स्टिकर टास्छौँ र
  • 9:02 - 9:04
    उनीहरुको नाम सामाजिक संजाल
  • 9:04 - 9:06
    र बालीका मुख्य पत्रिकाहरुमा प्रचार गर्छौं
  • 9:07 - 9:08
    यस्तो स्टिकर नहुनेलाई
  • 9:08 - 9:11
    ठिक बिपरित गर्छौं ।
  • 9:11 - 9:12
    (हाँसो)
  • 9:13 - 9:16
    मेला: हामी तपाईंहरुलाई यो कथा किन
    सुनाईरहेका छौं ?
  • 9:17 - 9:19
    एउटा कारण त, हामी गौरवान्नित छौं,
  • 9:19 - 9:21
    हामी र हाम्रो समूहले संयुक्तरुपमा
  • 9:21 - 9:22
    प्राप्त गरेको उपलब्धि सुनाउन
  • 9:22 - 9:25
    अर्को कारण, यो परियोजनाको क्रममा
  • 9:25 - 9:27
    हामीले बुझ्यौं, समूहमा मिलेर केटाकेटीले
  • 9:27 - 9:29
    पनि गरेर देखाउन सक्छौं
  • 9:30 - 9:32
    जतिखेर हामीले यो काम सुरु गर्यौं,
  • 9:32 - 9:34
    इसाबेल र म १० र १२ बर्षका थियौं
  • 9:34 - 9:36
    हामीसंग कुनै व्यापारको योजना थिएन,
  • 9:36 - 9:37
    न योजना र नीति थिए,
  • 9:37 - 9:39
    न त कुनै अदृश्य कार्यक्रम नै थिए--
  • 9:39 - 9:42
    केवल अगाडी विचार थियो--
  • 9:42 - 9:44
    र केहि गरौँ भन्ने साथीहरुको समूह ।
  • 9:44 - 9:46
    हाम्रो प्रयाश, हाम्रो घरको
    सुन्दरतालाइ बाँधेर
  • 9:46 - 9:49
    उकुस मुकुस बनाउने प्लास्टिक
    ब्यागको प्रयोग रोक्नु हो
  • 9:50 - 9:52
    केटाकेटीहरु संग, अथाह शक्ति र
  • 9:52 - 9:56
    संसारले चाहेको परिवर्तन गर्न
    सक्ने सामर्थ्य हुन्छ ।
  • 9:56 - 10:01
    इसा: सुन्दर तर चुनौतिपूर्ण यस संसारका
    सबै यूवावर्गलाइ हामी भन्न चाहन्छौं -
  • 10:02 - 10:03
    प्रयास गर्नुहोस !!
  • 10:03 - 10:05
    आफूलाई भिन्न प्रमाणित गर्नुहोस !!
  • 10:05 - 10:07
    हामी भन्दैनौं यो बाटो सजिलो छ ।
  • 10:08 - 10:10
    तर भन्न चाहन्छौं, यसको धेरै महत्व छ ।
  • 10:10 - 10:15
    हामी केटा केटि कुल जनसंख्याको
    केवल २५% मात्रै हौला,
  • 10:15 - 10:18
    तर भविष्यको १००%, हामी नै हौँ ।
  • 10:19 - 10:22
    मेला: अझै धेरै काम गर्न बाँकि छ
  • 10:22 - 10:23
    तर हामी रोकिनेवाला छैनौं ,
  • 10:23 - 10:28
    तब सम्म, जबसम्म बाली एअरपोर्टमा उत्रने
    हरेक यात्रुलाई सोधिने पहिलो प्रश्न हुनेछ:
  • 10:29 - 10:30
    दुवै: बालीमा स्वागत छ,
  • 10:30 - 10:32
    तपाईंसंग कुनै प्लास्टिकका ब्याग त छैनन् ?
  • 10:32 - 10:34
    (हाँसो)
  • 10:34 - 10:36
    ऊं शान्ति शान्ति शान्ति ऊं
  • 10:36 - 10:38
    धन्यवाद
  • 10:38 - 10:47
    (ताली)
Title:
बालीमा प्लास्टिक ब्याग बन्द गर्ने हाम्रो अभियान
Speaker:
मेलाती र इसाबेल विज्सेन
Description:

बास्तवमा प्लास्टिकहरु पूर्णतया नस्ट हुदैनन्, तैपनि इनिहरुको प्रयोग हुन्छ र यत्र तत्र छरिन्छ । धेरै जस्तो प्लास्टिकहरुको यात्रा समुद्रमा गएर टुंगिन्छ, र पानी प्रदुषण गरेर सामुन्द्रिक जीवहरु नस्ट गर्दछ । बाकी प्लास्टिकहरु बाल्ने गरिन्छ, जसले हानिकारक ग्याँसहरु उत्पादन गरेर प्रदुषणको मात्र बढाउँछ । मेलाती र इसाबेल विज्सेन आफ्नो सुन्दर घर बालीलाई प्लास्टिकको फोहरले निसास्सिन बाट बचाउन प्रयत्न गर्दैछन । उनीहरुले निबेदन लेख्ने, सामुद्रिक किनारा सफा गर्ने देखि लिएर भोक हड्ताल सम्म गरेर, बालीको गवर्नरसंग भेटेर सन् २०१८ सम्ममा बालीलाई प्लास्टिक मुक्त क्षेत्र बनाउन कठिन परिश्रम गर्दै छन । कुनै पनि मानिसलाइ - तिमी सानो छौ, तिमीले गर्न सक्दैनौ भन्ने अवसर नदिनु । उनीहरु भन्छन - यो सजिलो छैन, तर यस्तो कार्यको मूल्य धेरै छ ।

more » « less
Video Language:
English
Team:
closed TED
Project:
TEDTalks
Duration:
11:00
Deepak Basyal approved Nepali subtitles for Melati and Isabel Wijsen
Deepak Basyal accepted Nepali subtitles for Melati and Isabel Wijsen
Deepak Basyal edited Nepali subtitles for Melati and Isabel Wijsen
Heli Paudel edited Nepali subtitles for Melati and Isabel Wijsen
Heli Paudel edited Nepali subtitles for Melati and Isabel Wijsen
Heli Paudel edited Nepali subtitles for Melati and Isabel Wijsen
Heli Paudel edited Nepali subtitles for Melati and Isabel Wijsen
Heli Paudel edited Nepali subtitles for Melati and Isabel Wijsen
Show all

Nepali subtitles

Revisions