मेलाती विज्सेन: बाली . . .भगवानहरुको टापू इसाबेल विज्सेन: हरियालीको स्वर्ग मेला: अथवा..... हराएको स्वर्ग । बाली: फोहोर मैलाको टापू । इसा: बालीमा हामी दैनिक ६८० क्युबिक मीटर प्लास्टिकका फोहर उत्पन्न गर्छौं । झन्डै १४ तला अग्लो बिल्डिंग जत्रै । ५% भन्दा कम प्लास्टिकका ब्यागहरु मात्रै पुनः प्रयोगमा आउछन् । मेला: थाहा छ, हाम्रो टापूप्रतिको तपाईंको धारणामा परिवर्तन आउने छ । यो कुरा जानेपछि हाम्रै सोच पनि परिवर्तन भयो- जब हामीले बुझ्यौं - लगभग सबै प्लास्टिक ब्यागहरु ढलमा ढल बाट नदिमा, र नदिहुँदै समुद्रमा पुग्छन्। समुद्रसम्म नपुग्नेहरु या त पोलीन्छन् या जथाभावी छरिन्छन् । इसा: हामीले यो विषयमा केहि गर्ने निर्णय गर्यौं लगभग ३ बर्षदेखि, हामी टापुमा प्लास्टिकका झोलाको प्रयोग बन्द गराउन प्रयत्नरत छौं । यस क्रममा केहि महत्वपूर्ण सफलता प्राप्त गरेका छौं । मेला: हामी दिदी बहिनी हौँ र हामी पृथ्वीकै सबै भन्दा राम्रो स्कूल ग्रीन स्कूल, बालीमा पढ़दछौँ । ग्रीन स्कूल बाँसले बनेको कारणले मात्रै अरु भन्दा भिन्न भएको होइन, शिक्षा दिने तरिकाको कारण भिन्न भएको हो । यहाँ हामीलाईआजको नेतृत्वकर्ता बन्न सिकाइन्छ, जून् अरु साधारण पाठ्यक्रमले सिकाउदैन । इसा: एकदिन क्लासमा महत्वपूर्ण व्यक्तिहरुको बारेमा पढाई भयो, जस्तै: नेल्सन मण्डेला, लेडी डायना र महात्मा गान्धी । त्यो दिन घर फर्किंदा, हामीलाई पनि चर्चित व्यक्ति बन्ने अभिलाषा पलायो । तर चर्चित व्यक्ति बन्न ठुलो हुदासम्म किन कुर्ने ? हामीले अहिले नै केहि गर्ने विचार गर्यौं । मेला: त्यो रात सोफामा बसेर हामीले, बालीले झेलिरहेका समस्याका विषयमा धेरै सोच विचार गर्यौं । बारम्बार मनमा एउटा विचार आयो- प्लास्टिकका फोहरहरु । तर यो भयङ्कर ठुलो समस्या हो । हामीले सोच्यौं, केटाकेटीहरुको लागि सम्भव लक्ष्य के होला: जवाफ आयो-प्लास्टिक ब्याग एउटा विचार उत्पन्न भयो । इसा: हामीले अनुसन्धान सुरु गर्यौं, बास्तवमा, जति बढी बुझ्दै गयौं, उतिनै प्लास्टिक ब्यागको सकारात्मक पक्ष भेटेनौं तपाईंलाइ थाहा छ, यो नभएर पनि फरक पर्दैन । मेला: प्लास्टिक ब्याग हटाउने बिभिन्न ठाउंहरुको प्रयत्नले हामीलाई प्रभावित गर्यो, जस्तै : हवाईदेखि रुवान्डा र अन्य कयौं शहरहरु जस्तै : अक्ल्यांड र डब्लिन । इसा: हाम्रो विचार “बिदा प्लास्टिक ब्याग“ अभियानको रुपमा शुभारम्भ भयो । मेला: अभियानको क्रममा हामीले निकै कुराहरु सिक्यौं । पाठ नम्बर १ : सबै काम एक्लै गर्न सकिन्न । उस्तै विचार भएका साथीहरुको समूह चाहिन्छ त्यसैले हामीले प्लास्टिक ब्याग बिदाई समूह बनायौं । स्वयंसेवकहरुको यो समूहमा टापुमा रहेका राष्ट्रिय र अन्तर्रास्ट्रिय स्कूलका केटाकेटिहरु सामेल भए । सबैसंग मिलेर हामीले निवेदन दिनु पर्ने र नपर्ने विभिन्न तहका योजना सुरु गर्यौं, स्कूलहरुमा शैक्षिक र प्रेरणात्मक प्रस्तुतिहरु, र बजार, चाडपर्ब, सरसफाईआदि कार्यमा सामूहिक जानकारी गराउन थाल्यौं । त्यस्तै अन्य कार्यहरु : स्थानीय तहमै उत्पादन भएका बैकल्पिक ब्याग जस्तै: जालीको ब्याग, पत्रिकाबाट बनेको ब्याग १००% जैविक सामग्रीबाट बनेका ब्याग, वितरण गर्न थाल्यौं । इसा: हामीले ८०० घर भएको नमूना गाउँ शुरु गर्यौं । गाउँ अध्यक्ष हाम्रो पहिलो साथी बने, हाम्रो टी-शर्ट पनि मन पराए । हामी ग्राहकचेतना अभियानमा केन्द्रित भयौं, किनकि त्यहींबाट नै परिवर्तनको सुरुवात हुन सक्छ । छोटो अवधिमै २/३ गाउँ, प्लास्टिक ब्याग मुक्त भैसकेको थियो । बालीको गवर्नरलाइ भेट्ने हाम्रो पहिलो प्रयास असफल भयो । हामीले सोच्यौं - १० लाख हस्ताक्षर सहितको निवेदन । पक्कै अस्वीकार गर्न सक्दैनन् । कि कसो ? मेला: कुरा ठिक हो !! इसा: कसले सोचेको थियो १० लाख भनेको १००० गुणा १००० । थोरै हो त ? (हाँसो) हामी रोकियौं --- जबसम्म हामीले पाठ नम्बर २ सिकेनौं : “फरक ढंगले सोच“ । कसैले भन्यो - बाली एअरपोर्टमा बार्षिक १ करोड ६० लाख मानिस ओहर दोहर गर्छन् । मेला: तर एअरपोर्ट भित्र छिर्ने कसरी ? यहां आउंछ पाठ नम्बर ३ : अनुरोध । हामी लाग्यौं एअरपोर्ट तिर । सबैभन्दा पहिले कुचीकारलाइ भेट्यौं तेस्पछि उसको हाकिमको पनि हाकिमलाइ , अनि, सहायक म्यानेजरलाइ त्यसपछि अफिस म्यानेजरलाइ, अनि फेरी, २ तह तल झर्यौं र सोच्यौं आयो फेरी कुचिकार । यसरी कयौं दिन ढोका ढक ढकाउन परेपनि हामीले हरेस खाएनौं, र अन्त्यमा बाली एअरपोर्टको बजार व्यवस्थापकसंग भेट भयो । हामीले बालीको प्लास्टिक ब्यागको बारेमा प्रवचन दियौं उनले भने (आवाजको नक्कल गर्दै) आफ्नो निर्णय प्रतिआफैं अचम्मित हुँदै म तिमीहरुलाई भन्सार र आगमन कक्षको पछाडी रहेर हस्ताक्षर बटुल्ने अनुमति दिन्छु । (हाँसो) (ताली) इसा: हामीले लगभग डेड घन्टाको बिचमा १००० हस्ताक्षर जम्मा गरीसकेका थियौं । गज्ज़ब होइन त ? पाठ नम्बर ४: बिद्यार्थीदेखि ब्यापारिक म्यानेजर सम्म समाजका हरेक तहका चर्चित व्यक्तित्वहरुसंगको चिनापर्चीको आवश्यकता पर्दछ । ग्रीन स्कूलको आकर्षणलाइ धन्यवाद, हामीले सेलिब्रेटीहरुको साथ् पाईराख्यौं । बान की मुनले सिकाउनुभयो संयुक्त राष्ट्रसंघका महासचिबले निबेदनमा हस्तक्षर गर्दैनन्, (हाँसो) चाहे केटाकेटी जति नै नम्र बनुन् । तर हाम्रो प्रचारगरिदिने बचन दिनुभयो र अहिले हामी संयुक्त राष्ट्रसंघसँग सहकार्य गर्दै छौं मेला: जेन गोड्लबाट हामीले नेटवर्किंगको शक्तिबारेमा जान्यौं उनले रुट्स एंड शुट्सको एउटा समूहबाट शुरु गरेकीहुन्, र अहिले संसारभरी गरेर उनको ४००० भन्दा बढी समूह छन । जसमा हामी पनि एक हौँ । उनी प्रेरणाकी श्रोत हुन् । यदि तपाईं रोटरीको सदस्य हो भने, भेटेर खुशी लाग्यो । हामी रोटरीको सबैभन्दा यूवा समूह हौँ । इसा: हामीले धैर्यताको बारेमा पनि धेरै नै सिकेका छौं मेला: निराशाबाट कसरी बच्ने, इसा: नेतृत्व, मेला: सामुहिककार्य, इसा: मित्रता, मेला: हामीले बाली र बालीको संस्कारको बारेमा अझ जान्यौं इसा: प्रतिबद्धताको महत्व जान्यौं । मेला: यो सधैं सहज थिएन । कहिले कहीं आफ्नो कुरा सम्झाउन निकै कठिन हुन्छ । इसा: गत बर्ष ठ्याक्कै त्यस्तै भयो । हामी इंडिया गएका थियौं हाम्रा अविभावकहरुले हामीलाई म. गान्धीको पुरानो घर देखाउन लग्नुभो आफ्नो लक्ष्य प्राप्तिको लागि, भोक हड्तालको शक्ति हामीले बुझ्यौं । यात्राको अन्तिमतिर जब हामीले अभिभावकलाइ फेरी भेट्यौं, हामीले एउटा निर्णय गर्यौं र भन्यौं "हामी भोक हड्ताल गर्दै छौं" (हाँसो) मेला: वहाँहरुको अनुहार कस्तो भो होला, हाम्रो अविभावक मात्र होइन, साथीहरु र शिक्षकहरु समेतलाइ सम्झाउन गार्हो भयो इसाबेल र मैंले भने यसको मनस्थिति बनाईसकेका थियौं । हामीसबैले पोषणबिज्ञसंग छलफल गरेर एउटा सम्झौतामा पुग्यौं - जबसम्म, बालीको गवर्नर हामीलाइ भेटेर प्लास्टिकको ब्याग रोक्ने बिषयमा छलफल गर्न तयार हुँदैनन्, तबसम्म हामी सूर्योदय देखि सूर्यास्तसम्म केहि खादैनौं । इसा: इन्डोनेसियन भाषामा "मोगा माकान" भनिने भोक हड्ताल शुरु भयो । यो कुरा सामाजिक संजालहरुमा फैलियो, दोश्रो दिनमै, पुलिसहरु हाम्रो घर र स्कुलमा आएर हाम्रो सोध खोज गर्न थाले । हामीलाई थाहा थियो, यसरी भोक हड्ताल गरेर गवर्नर खुशी हुने वाला छैनन् -- बरु हामी जेल चलान हुन सक्थ्यौं तर अचम्मै भयो, २४ घन्टा पछि, हामीलाई स्कूलबाट गवर्नरको अफिस लगियो । मेला: र गवर्नरसंग भेट भयो (ताली) छलफलको क्रममा गवर्नरले , बालीको सुन्दरता र वातावरणप्रतिको हाम्रो लगन र अठोट देखेर आभार व्यक्त गर्नुभयो । र बालीबाट प्लास्टिकहटाउन मद्धत गर्ने पत्रमा हस्ताक्षर गर्नुभयो अहिले हामी साथी भएकाछौं, बेला बेलामा वहांको र वहांको समूहको प्रतिज्ञाको बारेमा झक झकाउछौँ खुशीको कुरा, वहांले प्रतिज्ञापत्रमा हस्ताक्षर गर्नुभएको छ- सन् २०१८ सम्ममा बाली प्लास्टिक ब्याग मुक्त हुनेछ (ताली) इसा: त्यस्तै बाली अन्तर्रास्ट्रिय एअरपोर्ट सन् २०१६ सम्ममा प्लास्टिक मुक्त क्षेत्र बन्ने तयारीमा छ मेला: हाम्रो अबको संदेश छ - प्लास्टिक ब्याग दिने नगरौं, पुन: प्रयोग गर्न मिल्ने ब्याग बोक्ने गरौँ इसा: हाम्रो अल्पकालीन अभियान- "एक टापू, एक आवाज" यहि नै योजना हो । हामी, प्लास्टिक मुक्त घोषणा गरेका पसल र रेस्टुरेन्टहरुमा जांच गर्छौं र प्रवेश द्वारमा गएर यस्तो स्टिकर टास्छौँ र उनीहरुको नाम सामाजिक संजाल र बालीका मुख्य पत्रिकाहरुमा प्रचार गर्छौं यस्तो स्टिकर नहुनेलाई ठिक बिपरित गर्छौं । (हाँसो) मेला: हामी तपाईंहरुलाई यो कथा किन सुनाईरहेका छौं ? एउटा कारण त, हामी गौरवान्नित छौं, हामी र हाम्रो समूहले संयुक्तरुपमा प्राप्त गरेको उपलब्धि सुनाउन अर्को कारण, यो परियोजनाको क्रममा हामीले बुझ्यौं, समूहमा मिलेर केटाकेटीले पनि गरेर देखाउन सक्छौं जतिखेर हामीले यो काम सुरु गर्यौं, इसाबेल र म १० र १२ बर्षका थियौं हामीसंग कुनै व्यापारको योजना थिएन, न योजना र नीति थिए, न त कुनै अदृश्य कार्यक्रम नै थिए-- केवल अगाडी विचार थियो-- र केहि गरौँ भन्ने साथीहरुको समूह । हाम्रो प्रयाश, हाम्रो घरको सुन्दरतालाइ बाँधेर उकुस मुकुस बनाउने प्लास्टिक ब्यागको प्रयोग रोक्नु हो केटाकेटीहरु संग, अथाह शक्ति र संसारले चाहेको परिवर्तन गर्न सक्ने सामर्थ्य हुन्छ । इसा: सुन्दर तर चुनौतिपूर्ण यस संसारका सबै यूवावर्गलाइ हामी भन्न चाहन्छौं - प्रयास गर्नुहोस !! आफूलाई भिन्न प्रमाणित गर्नुहोस !! हामी भन्दैनौं यो बाटो सजिलो छ । तर भन्न चाहन्छौं, यसको धेरै महत्व छ । हामी केटा केटि कुल जनसंख्याको केवल २५% मात्रै हौला, तर भविष्यको १००%, हामी नै हौँ । मेला: अझै धेरै काम गर्न बाँकि छ तर हामी रोकिनेवाला छैनौं , तब सम्म, जबसम्म बाली एअरपोर्टमा उत्रने हरेक यात्रुलाई सोधिने पहिलो प्रश्न हुनेछ: दुवै: बालीमा स्वागत छ, तपाईंसंग कुनै प्लास्टिकका ब्याग त छैनन् ? (हाँसो) ऊं शान्ति शान्ति शान्ति ऊं धन्यवाद (ताली)