Return to Video

मेरो छोराको छोटो जिन्दगीले कसरी दीर्घकालिन प्रभाव पार्यो

  • 0:02 - 0:04
    मेरो गर्भमा ३ महिने
    जुम्ल्याहा बच्चाहरु थिए,
  • 0:04 - 0:08
    जतिखेर म र मेरो श्रीमान रस
    दोश्रो सोनोग्राम गर्न गएका थियौं ।
  • 0:09 - 0:12
    तेतिखेर म ३५ बर्षकी थिएँ ,
  • 0:12 - 0:15
    यसको अर्थ हामीलाई थाहा थियो -
  • 0:15 - 0:17
    जन्म दोष भएको बच्चा जन्मिने खतरा छ ।
  • 0:18 - 0:21
    रोस र मैलें, सम्भावित
    जन्म दोषहरुको बारेमा अध्ययन गरेर
  • 0:21 - 0:23
    एक किसिमको तयारी अवस्थामा बस्यौं ।
  • 0:24 - 0:26
    तर हामीले भोग्न गइरहेको
  • 0:26 - 0:29
    बिकराल समस्याको, कसैसंग केहि तयारी थिएन ।
  • 0:30 - 0:33
    डाक्टरले भने - जुम्ल्याहा मध्ये
  • 0:33 - 0:37
    थमसमा Anencephaly भन्ने जन्म दोष छ ।
  • 0:37 - 0:41
    भन्नाले, उसको मस्तिस्क बिकशित थिएन
  • 0:41 - 0:43
    कारण-उसको खप्परको एक टुक्रा बनेकै थिएन ।
  • 0:44 - 0:47
    यस्ता बच्चाहरुको गर्भमै वा,
  • 0:47 - 0:51
    जन्मेको केहि मिनेट, घण्टा वा
    केहि दिनमा मृत्यु हुन्छ ।
  • 0:53 - 0:56
    जुम्ल्याहामध्ये अर्को क्यालम भने
  • 0:56 - 1:00
    डाक्टरले देखेसम्म स्वस्थ नै थियो,
  • 1:00 - 1:04
    यी जुम्ल्याहरु उस्तै थिए,
  • 1:04 - 1:06
    आनुवंसिकरुपमा समान थिए ।
  • 1:08 - 1:13
    अब अगाडी के गर्ने भन्ने बिषयमा
    लामो छलफल पछि,
  • 1:13 - 1:16
    यौटा उपाय निक्सियो
  • 1:16 - 1:19
    यो उपाय असंभव पनि थिएन,
  • 1:19 - 1:23
    तर यसले स्वस्थ बच्चा र मेरो स्वास्थमा
    खतरा हुन सक्थ्यो
  • 1:23 - 1:26
    तेसैले हामीले गर्भलाइ
    पूर्णता दिने निर्णय गर्यौं
  • 1:27 - 1:31
    तिन महिने गर्भवती,
    ६ महिना गर्भ अवधि बाकि,
  • 1:31 - 1:36
    तनाब र ब्लड प्रेसर कसरी नियन्त्रण गर्ने,
    गाह्रो थियो ।
  • 1:37 - 1:42
    अबको ६ महिना मेरो जीवन कन्चटमा बन्दुक
    तेर्स्याए जस्तै हुन गैरहेको थियो ।
  • 1:44 - 1:48
    मैंले त्यो बन्दुकको नालीलाई लामो समयसम्म
    घुरेर हेरीरहंदा,
  • 1:49 - 1:51
    अर्को भागमा आशाको किरण देखेजस्तो लाग्यो
  • 1:52 - 1:55
    सम्भावित दुर्घटना रोक्न सक्ने
    हाम्रो सामर्थ्य त थिएन,
  • 1:55 - 1:57
    तैपनि थमसको छोटो जिन्दगीको कसरी
  • 1:57 - 1:59
    सकारात्मक प्रभाब बनाउन सकिएला,
    म सोच्न थालें ।
  • 1:59 - 2:03
    मैले नर्सलाइ आँखा, टिस्यु तथा अन्य
    अंगदानको बारेमा सोधें
  • 2:04 - 2:08
    उनले नजिकको -
    वाशिंगटन क्षेत्रीय अंग प्रत्यारोपण समूह
  • 2:08 - 2:10
    (WRTC) संग सम्पर्क गराईदिइन l
  • 2:11 - 2:14
    WRTC ले मलाई भन्यो -
  • 2:14 - 2:18
    नवजात शिशुको अंग सानो हुने हुँदा
    प्रत्यारोपण गर्न मिल्दैन ।
  • 2:18 - 2:20
    म चकित परें ।
  • 2:20 - 2:22
    अङ्गदानपनि अस्वीकृत हुनसक्छ भन्ने
    मलाई थाहा थिएन
  • 2:22 - 2:25
    उनीहरुले एउटा उपाय सुझाए - रिसर्चकोलागि
    पनिअंगदान गर्न सकिन्छ ।
  • 2:26 - 2:28
    यो उपायले थमसलाइ नया प्रकाश दियो ।
  • 2:28 - 2:33
    केवल रोगको सिकार बन्नुको सट्टा,
    चिकित्सा रहस्य पत्तालगाउन सक्ने
  • 2:33 - 2:35
    एउटा अवसर मैंले देखें ।
  • 2:36 - 2:40
    मार्च २३, २०१० मा
  • 2:40 - 2:42
    दुवै जुल्याहाहरु जीबितै जन्मे ।
  • 2:44 - 2:46
    डाक्टरले भनेजस्तै
  • 2:46 - 2:49
    थमसको खप्परको माथिल्लो भाग थिएन ,
  • 2:49 - 2:50
    तैपनि उ अरु साधारण बच्चा जस्तै,
  • 2:50 - 2:52
    आमाको, सिसिको दुध चुस्न,
  • 2:52 - 2:55
    चल्न, हाम्रो औंला समाउन तथा
  • 2:55 - 2:57
    हाम्रो अंगालोमा निधाउन सक्थ्यो ।
  • 2:58 - 3:01
    ६ दिन पछि, हाम्रै माझमा, रोसको अंगालोमा
  • 3:01 - 3:03
    थमसले अन्तिम स्वास लियो ।
  • 3:05 - 3:09
    हामीले WRTC लाइ फोन गर्यौं,
    उनीहरुले हाम्रो घरमा गाडी पठाए
  • 3:09 - 3:12
    उसलाई रास्ट्रिय बाल उपचार केन्द्रमा लगियो
  • 3:13 - 3:17
    केहि घण्टापछि,
    अंग निकाल्न सफलता मिलेको खबर आयो
  • 3:17 - 3:20
    थमसको अंग बिभिन्न ४ ठाउंमा पठाइने भयो ।
  • 3:20 - 3:23
    कर्ड ब्लड - डियुक यूनिवर्सिटी,
  • 3:23 - 3:27
    कलेजो - सेल थेरापी कम्पनि
    (Cytonet in Durham),
  • 3:28 - 3:32
    उसको कर्निया -
    Schepens Eye Research Institute
  • 3:32 - 3:34
    (हार्वर्ड मेडिकल यूनिवर्सिटीको भाग)
  • 3:34 - 3:37
    र रेटिना -
    यूनिवर्सिटी अफ पेन्सेलभेनिया पठाइयो ।
  • 3:38 - 3:42
    केहि दिन पछि, हामीले क्यालमसमेत भएर
  • 3:42 - 3:44
    थमसको मृत्यु संस्कार गर्यौं,
  • 3:44 - 3:47
    र बिस्तारै यो घटना बिर्सिदै गयौं ।
  • 3:48 - 3:51
    मेरो मनमा बारम्बार प्रश्न उठी रह्यो,
    अहिले के भैरहेको होला ?
  • 3:51 - 3:53
    रिसर्चबाट के थाहा भयो होला ?
  • 3:53 - 3:55
    अंगदान गर्नुको कुनै अर्थ रह्यो कि
    रहेन होला ?
  • 3:57 - 4:01
    WRTC ले रोस र मलाई एउटा
    शोक सभामा बोलायो, जहाँ,
  • 4:01 - 4:04
    हामी जस्तै अन्य १५ दुखि परिवार थिए,
  • 4:04 - 4:06
    जसले आफ्नो प्रिय मान्छेको
    अंगदान गरेका थिए ।
  • 4:07 - 4:10
    ती मध्ये कतिले अंगदान प्राप्त गर्ने
  • 4:10 - 4:13
    परिवारले पठाएका धन्यबाद पत्र समेत
  • 4:13 - 4:14
    प्राप्त गरेका रहेछन ।
  • 4:15 - 4:17
    मैंले के पनि थाहा पाएँ भने,
    अंग लिने दिनेको
  • 4:17 - 4:19
    परिवारले आपसी समझदारीमा
  • 4:19 - 4:20
    भेटघाट समेत गर्दा रहेछन ।
  • 4:21 - 4:24
    मलाई पनि, कसैलाई धन्यवाद पत्र लेखौं कि,
    वा रिसर्चमा
  • 4:24 - 4:26
    के भैरहेछ भन्ने पत्र प्राप्त होला कि,
    खुल्दुली लाग्यो
  • 4:26 - 4:28
    तर यो सुनेर दुख लाग्यो,
  • 4:28 - 4:31
    यस्तो भेटघाट अंग प्रत्यारोपण गर्नेको
    बिचमा मात्रै हुन्छ
  • 4:31 - 4:34
    मलाई प्रत्यारोपण पद्धतिकै डाहा लाग्यो ।
  • 4:34 - 4:36
    (हाँसो)
  • 4:36 - 4:38
    तेस्को केहि बर्ष पछि मैंले
  • 4:38 - 4:40
    अंगदानको बिषयमा धेरै कुरा जानें र
  • 4:41 - 4:43
    यसै क्षेत्रमा काम गरेँ ।
  • 4:43 - 4:44
    एकदिन मनमा एउटा विचार आयो
  • 4:46 - 4:48
    र मैंले चिठी लेख्न सुरु गरेँ -
  • 4:48 - 4:49
    "प्यारा अनुसन्धानकर्ता"
  • 4:50 - 4:52
    मैंले- म को हुँ, आफ्नो बारेमा लेखें,
  • 4:52 - 4:56
    मैंले सोधें, २०१० को मार्चमा उनीहरुले
  • 4:56 - 4:58
    आँखाको रेटिना किन मागेको थिए
  • 4:58 - 5:01
    र मैंले उनीहरुको ल्याब हेर्न
    चाहना ब्यक्त गरेँ
  • 5:02 - 5:05
    आँखा दानको प्रबन्ध मिलाउने अस्पताललाई
  • 5:05 - 5:07
    इमेल लेखें, र सम्बन्धित व्यक्तिसम्म
  • 5:07 - 5:10
    यो इमेल पुर्याईदिन अनुरोध गरेँ ।
  • 5:10 - 5:13
    उनीहरुले भने, आजसम्म यस्तो काम गरेको छैन
  • 5:13 - 5:15
    उताबाट जवाफ आउला नआउला
    निश्चित पनि छैन,
  • 5:15 - 5:17
    तर प्रयास पक्कै गर्ने बचन दिए ।
  • 5:19 - 5:22
    २ दिन पछि डा. अरुपा गांगुलीको
    जवाफ आयो -
  • 5:22 - 5:24
    यूनिवर्सिटी अफ पेन्सेलभेनिया बाट ।
  • 5:25 - 5:26
    उनले अंग दानको लागि धन्यवाद दिइन्
  • 5:26 - 5:29
    र आफ्नो रिसर्च रेटिनोब्लास्टोमा
    को बारेमा बताईन्
  • 5:29 - 5:31
    जून ५ बर्ष भन्दा मुनिका बच्चाको
  • 5:31 - 5:33
    रेटिनामा असरगर्ने डरलाग्दो क्यान्सर हो ।
  • 5:33 - 5:36
    उनले आफ्नो ल्याबमा भेट्ने अनुमति दिइन ।
  • 5:37 - 5:38
    हामीले फोनमा कुरा गर्यौं,
  • 5:38 - 5:40
    उनले सबैभन्दा पहिले
  • 5:40 - 5:43
    हामी प्रति सहानुभूति व्यक्त गरिन,
  • 5:43 - 5:46
    थमसले दिएको बलिदानप्रति
  • 5:46 - 5:48
    हाम्रो ऋणी भएको बताइन्
  • 5:49 - 5:51
    हामीले भन्यौं -
  • 5:51 - 5:54
    हामीले त केवल शरीर दान गरेका हौं,
  • 5:54 - 5:57
    संजोगले यहाँ आइपुगेछ ।
  • 5:57 - 6:02
    मैले भने - दोस्रो कुरा, ससाना नानीहरु
    दुर्घटनामा परिरहन्छन,
  • 6:02 - 6:04
    यो रिसर्चको लागि रेटिना नचाहिएको भए
  • 6:04 - 6:07
    सायद गाडेर माटोमा मिल्थ्यो
  • 6:07 - 6:10
    बरु त्यो रिसर्चमा कामलाग्ने मौका पाएर
  • 6:10 - 6:14
    थमसको शरीरले महत्व प्राप्त गर्यो ।
  • 6:14 - 6:17
    तेसैले हामीप्रति ऋणी महसुस नगर्नु ।
  • 6:18 - 6:20
    उनले हामीलाई यो रेटिना
    कति दुर्लभ कुरा हो, बताईन् ।
  • 6:20 - 6:24
    यस्तो टिस्सुको लागि उनले ६ बर्ष अगाडी देखि
  • 6:24 - 6:26
    अनुसन्धान केन्द्रलाइ अनुरोध गरेकी रहिछन ।
  • 6:27 - 6:30
    उनले आफ्नो छनौटमा मिल्ने टिस्सुको
    एउटा मात्र नमूना भेटेकी रहिछन
  • 6:31 - 6:32
    र त्यो थियो थमस ।
  • 6:33 - 6:37
    ल्याबमा भेट्न जाने एउटा समय मिलाइयो ।
  • 6:37 - 6:41
    जुम्ल्याहाको ५ औं जन्मदिन पारेर
    २३ मार्च २०१३ मा ल्याब जाने समय मिलायौं ।
  • 6:43 - 6:46
    मैंले उनलाई थमस र क्यालमका
    केहि फोटोहरु इमेल गरेँ ।
  • 6:47 - 6:49
    यो टी-शर्ट तेस्को केहि हप्तापछि
    हुलाकबाट आएको हो ।
  • 6:51 - 6:54
    केहि महिना पछि रोस, क्यालम र म कारमा
  • 6:54 - 6:56
    सडक यात्रामा निस्कियौं ।
  • 6:56 - 6:58
    हामीले अरुपा र
    उनको सहकर्मीहरुलाई भेट्यौं ।
  • 6:58 - 7:02
    अरुपाले ऋणी महसुस गर्न नपर्दा
    ठुलो राहत मिलेको कुरा भनिन ।
  • 7:02 - 7:05
    हाम्रो नजरले उनीहरुले हेरेकै थिएनन ।
  • 7:06 - 7:10
    उनले यो भनिन कि
    थोमसको पनि गोप्य कोड नाम रहेछ ।
  • 7:11 - 7:14
    जसरी हेनरिता ल्याक्स लाइ हेला भनिन्छ,
  • 7:14 - 7:17
    थमसलाइ RES ३६० नाम दिएको रहेछ ।
  • 7:17 - 7:19
    RES भन्नाले रिसर्च,
  • 7:19 - 7:22
    ३६० भन्नाले ३६०औं नमूना रहेछ
  • 7:22 - 7:24
    १० बर्षे सो अध्ययनमा ।
  • 7:25 - 7:29
    उनले हामीलाई एउटा अपत्यारिलो
    डकुमेन्ट देखाइन,
  • 7:29 - 7:32
    त्यो एउटा ढुवानी चलान थियो,
  • 7:32 - 7:35
    DC बाट फिलाडेल्फिया रेटिना पठाएको ।
  • 7:36 - 7:40
    त्यो ढुवानी चलान हाम्रो लागि
    पुर्ख्यौली सम्पत्ति जत्तिकै भएको छ ।
  • 7:40 - 7:44
    आर्मीमा दिने मेडल वा
    बिवाह दर्ता प्रमाणपत्र जस्तै ।
  • 7:45 - 7:50
    थमसको रेटिना र RNA
    ट्युमर उत्पन्न गर्ने जीनको
  • 7:50 - 7:54
    निस्क्रियाताको लागि प्रयोग हुदै रहेछ
  • 7:54 - 7:57
    उनले RES ३६० मा आधारित रहेर गरिएका
    केहि निस्कर्ष पनि देखाइन ।
  • 7:58 - 8:00
    हामीलाई फ्रीजको नजिकै लगिन, र
  • 8:00 - 8:03
    अझै आफुसंग रहेका २ वोटा नमूनाहरु देखाइन -
  • 8:03 - 8:06
    तिनमा अझै लेबल थियो - RES ३६० ।
  • 8:06 - 8:07
    साना साना २ टुक्रा बचाएर राखेको रहेछ,
  • 8:08 - 8:09
    किन कि, थाहा छैन,
  • 8:09 - 8:11
    फेरी अर्को नमूना कहिले फेला पर्छ ।
  • 8:13 - 8:15
    हामी कन्फरेन्स कक्ष तर्फ लाग्यौं ।
  • 8:15 - 8:17
    केहि छिन आराम गर्यौं र
    दिउसोको खाना संगै खायौं ।
  • 8:17 - 8:22
    ल्याबका कर्मचारीले क्यालमलाइ
    जन्मदिनको उपहार दिए ।
  • 8:22 - 8:24
    बच्चाको खेलौना औजार रहेछन ।
  • 8:24 - 8:27
    उसलाई इन्टरनशीपको अनुमति पनि दिए ।
  • 8:27 - 8:30
    (हाँसो)
  • 8:30 - 8:33
    निष्कर्षमा, म आज २ वटा साधारण
    सन्देशहरु दिन चाहन्छु -
  • 8:34 - 8:37
    पहिलो, रिसर्चको लागि अंगदान दिने बिषयमा
    हामी खासै सोच्दैनौ ।
  • 8:37 - 8:41
    मैंले पनि सोचेको थिईन ।
    किन कि म पनि साधारण मानिस हुँ ।
  • 8:41 - 8:42
    तर, मैंले दान दिएँ ।
  • 8:42 - 8:44
    यो राम्रो अनुभब थियो र म
    यसको सुझाब दिन्छु,
  • 8:44 - 8:46
    परिवारमा यसले धेरै शान्तिको
    अनुभब भयो ।
  • 8:46 - 8:49
    दोस्रो- यदि तपाईं
    मानव टिस्सुसंग काम गर्नुहुन्छ, र
  • 8:49 - 8:51
    कसको टिस्सु होला भन्ने लाग्छ भने उनीहरुलाई
  • 8:51 - 8:52
    एउटा पत्र लेख्नुहोस ।
  • 8:52 - 8:55
    उनीहरुलाई टिस्सु प्राप्ति र
    रिसर्चको बारेमा लेख्नुहोस
  • 8:55 - 8:57
    उनीहरुलाई ल्याब हेर्न बोलाउनुहोस्,
  • 8:57 - 9:00
    उनीहरु संगको भेटघाटले
    उनीहरुभन्दा पनि तपाईंलाइ
  • 9:00 - 9:01
    आत्मसन्तुस्टी मिल्छ ।
  • 9:01 - 9:03
    एउटा अनुरोध गर्न चाहन्छु,
  • 9:03 - 9:06
    कुनै दिन तपाई यस्तो भेटघाटको अवसर
    मिलाउन सक्नुभो भने
  • 9:06 - 9:07
    मलाई पनि थाहा दिनुहोला ।
  • 9:08 - 9:10
    हाम्रो कथाको अर्को पाटो -
  • 9:10 - 9:12
    हामी थमसको अंगदान लिने
  • 9:12 - 9:14
    ४ वटै संगठनहरुमा गयौं ।
  • 9:14 - 9:17
    प्रेरक काम गर्दै गरेका
    मान्छेहरु संग भेट गर्यौं,
  • 9:18 - 9:23
    येतिखेर मैले हेर्दा -
    थमस हार्वर्ड गयो,
  • 9:23 - 9:25
    डिउक, पेंसेल्वानिया . . . .
  • 9:25 - 9:29
    (हाँसो)
  • 9:29 - 9:31
    थमस- साइटोनेट मा काम गर्छ,
  • 9:31 - 9:34
    उसका आ-आफ्नो क्षेत्रमा उच्च स्थानमा रहेका
  • 9:34 - 9:36
    सहकर्मी र साथीहरु छन । उनीहरुलाई
  • 9:36 - 9:38
    आफ्नो काम सम्पन्न गर्न
    थमसको मद्धत अत्यावस्यक छ ।
  • 9:39 - 9:44
    यसरी, एकपटक नगन्य र छोटो देखिएको जीवन-
  • 9:44 - 9:49
    अत्यावस्यक, अनन्त र
    सान्दर्भिकमा रुपान्तरण भयो ।
  • 9:50 - 9:53
    अब यहि आशा छ - मेरो जीवन पनि
    सान्दर्भिक बनोस ।
  • 9:54 - 9:55
    धन्यवाद !!
  • 9:55 - 10:04
    (ताली )
Title:
मेरो छोराको छोटो जिन्दगीले कसरी दीर्घकालिन प्रभाव पार्यो
Speaker:
सराह ग्रे
Description:

सराह ग्रे ले जब आफ्नो गर्भमा रहेको बच्चा Anencephaly नामक रोगबाट पिडित र छोटो आयुको मात्रै छ भन्ने थाहा पाइन, उनले बच्चाको अंग बैज्ञानिक अनुसन्धानको लागि दान दिएर त्यो पारीवारिक पीडालाई एउटा असाधारण उपहारमा बदल्ने निधो गरिन् । जीवन र आविस्कारको यो संघर्षमा उनि क्षति भित्रको प्राप्तिको बारेको आफ्नो अनुभब अरु पिडित परिवारलाई सुनाउदै छिन ।

more » « less
Video Language:
English
Team:
closed TED
Project:
TEDTalks
Duration:
10:17

Nepali subtitles

Revisions