1 00:00:01,798 --> 00:00:04,271 मेरो गर्भमा ३ महिने जुम्ल्याहा बच्चाहरु थिए, 2 00:00:04,295 --> 00:00:07,639 जतिखेर म र मेरो श्रीमान रस दोश्रो सोनोग्राम गर्न गएका थियौं । 3 00:00:09,221 --> 00:00:11,539 तेतिखेर म ३५ बर्षकी थिएँ , 4 00:00:11,563 --> 00:00:14,883 यसको अर्थ हामीलाई थाहा थियो - 5 00:00:14,907 --> 00:00:16,851 जन्म दोष भएको बच्चा जन्मिने खतरा छ । 6 00:00:17,907 --> 00:00:20,965 रोस र मैलें, सम्भावित जन्म दोषहरुको बारेमा अध्ययन गरेर 7 00:00:20,989 --> 00:00:22,989 एक किसिमको तयारी अवस्थामा बस्यौं । 8 00:00:23,973 --> 00:00:25,918 तर हामीले भोग्न गइरहेको 9 00:00:25,942 --> 00:00:28,996 बिकराल समस्याको, कसैसंग केहि तयारी थिएन । 10 00:00:30,291 --> 00:00:32,914 डाक्टरले भने - जुम्ल्याहा मध्ये 11 00:00:32,954 --> 00:00:36,678 थमसमा Anencephaly भन्ने जन्म दोष छ । 12 00:00:37,476 --> 00:00:40,870 भन्नाले, उसको मस्तिस्क बिकशित थिएन 13 00:00:40,894 --> 00:00:42,870 कारण-उसको खप्परको एक टुक्रा बनेकै थिएन । 14 00:00:43,663 --> 00:00:47,187 यस्ता बच्चाहरुको गर्भमै वा, 15 00:00:47,211 --> 00:00:50,782 जन्मेको केहि मिनेट, घण्टा वा केहि दिनमा मृत्यु हुन्छ । 16 00:00:53,013 --> 00:00:56,228 जुम्ल्याहामध्ये अर्को क्यालम भने 17 00:00:56,252 --> 00:01:00,140 डाक्टरले देखेसम्म स्वस्थ नै थियो, 18 00:01:00,164 --> 00:01:04,331 यी जुम्ल्याहरु उस्तै थिए, 19 00:01:04,355 --> 00:01:05,624 आनुवंसिकरुपमा समान थिए । 20 00:01:08,125 --> 00:01:12,737 अब अगाडी के गर्ने भन्ने बिषयमा लामो छलफल पछि, 21 00:01:12,761 --> 00:01:15,897 यौटा उपाय निक्सियो 22 00:01:15,921 --> 00:01:18,822 यो उपाय असंभव पनि थिएन, 23 00:01:18,846 --> 00:01:23,204 तर यसले स्वस्थ बच्चा र मेरो स्वास्थमा खतरा हुन सक्थ्यो 24 00:01:23,228 --> 00:01:25,585 तेसैले हामीले गर्भलाइ पूर्णता दिने निर्णय गर्यौं 25 00:01:27,101 --> 00:01:31,292 तिन महिने गर्भवती, ६ महिना गर्भ अवधि बाकि, 26 00:01:31,316 --> 00:01:36,195 तनाब र ब्लड प्रेसर कसरी नियन्त्रण गर्ने, गाह्रो थियो । 27 00:01:37,268 --> 00:01:42,204 अबको ६ महिना मेरो जीवन कन्चटमा बन्दुक तेर्स्याए जस्तै हुन गैरहेको थियो । 28 00:01:43,553 --> 00:01:48,483 मैंले त्यो बन्दुकको नालीलाई लामो समयसम्म घुरेर हेरीरहंदा, 29 00:01:48,507 --> 00:01:50,570 अर्को भागमा आशाको किरण देखेजस्तो लाग्यो 30 00:01:51,506 --> 00:01:54,610 सम्भावित दुर्घटना रोक्न सक्ने हाम्रो सामर्थ्य त थिएन, 31 00:01:54,634 --> 00:01:57,097 तैपनि थमसको छोटो जिन्दगीको कसरी 32 00:01:57,121 --> 00:01:59,342 सकारात्मक प्रभाब बनाउन सकिएला, म सोच्न थालें । 33 00:01:59,366 --> 00:02:03,032 मैले नर्सलाइ आँखा, टिस्यु तथा अन्य अंगदानको बारेमा सोधें 34 00:02:04,080 --> 00:02:07,601 उनले नजिकको - वाशिंगटन क्षेत्रीय अंग प्रत्यारोपण समूह 35 00:02:07,625 --> 00:02:09,918 (WRTC) संग सम्पर्क गराईदिइन l 36 00:02:11,359 --> 00:02:13,930 WRTC ले मलाई भन्यो - 37 00:02:13,954 --> 00:02:18,355 नवजात शिशुको अंग सानो हुने हुँदा प्रत्यारोपण गर्न मिल्दैन । 38 00:02:18,379 --> 00:02:19,529 म चकित परें । 39 00:02:19,553 --> 00:02:21,957 अङ्गदानपनि अस्वीकृत हुनसक्छ भन्ने मलाई थाहा थिएन 40 00:02:21,981 --> 00:02:25,393 उनीहरुले एउटा उपाय सुझाए - रिसर्चकोलागि पनिअंगदान गर्न सकिन्छ । 41 00:02:26,290 --> 00:02:28,321 यो उपायले थमसलाइ नया प्रकाश दियो । 42 00:02:28,345 --> 00:02:32,690 केवल रोगको सिकार बन्नुको सट्टा, चिकित्सा रहस्य पत्तालगाउन सक्ने 43 00:02:32,690 --> 00:02:34,851 एउटा अवसर मैंले देखें । 44 00:02:36,288 --> 00:02:39,566 मार्च २३, २०१० मा 45 00:02:39,590 --> 00:02:42,097 दुवै जुल्याहाहरु जीबितै जन्मे । 46 00:02:43,978 --> 00:02:45,644 डाक्टरले भनेजस्तै 47 00:02:45,668 --> 00:02:48,747 थमसको खप्परको माथिल्लो भाग थिएन , 48 00:02:48,771 --> 00:02:50,294 तैपनि उ अरु साधारण बच्चा जस्तै, 49 00:02:50,318 --> 00:02:51,770 आमाको, सिसिको दुध चुस्न, 50 00:02:51,794 --> 00:02:55,093 चल्न, हाम्रो औंला समाउन तथा 51 00:02:55,117 --> 00:02:56,714 हाम्रो अंगालोमा निधाउन सक्थ्यो । 52 00:02:58,053 --> 00:03:01,442 ६ दिन पछि, हाम्रै माझमा, रोसको अंगालोमा 53 00:03:01,466 --> 00:03:02,862 थमसले अन्तिम स्वास लियो । 54 00:03:04,846 --> 00:03:08,981 हामीले WRTC लाइ फोन गर्यौं, उनीहरुले हाम्रो घरमा गाडी पठाए 55 00:03:09,005 --> 00:03:11,544 उसलाई रास्ट्रिय बाल उपचार केन्द्रमा लगियो 56 00:03:12,751 --> 00:03:16,572 केहि घण्टापछि, अंग निकाल्न सफलता मिलेको खबर आयो 57 00:03:16,596 --> 00:03:19,830 थमसको अंग बिभिन्न ४ ठाउंमा पठाइने भयो । 58 00:03:20,159 --> 00:03:22,555 कर्ड ब्लड - डियुक यूनिवर्सिटी, 59 00:03:23,208 --> 00:03:27,223 कलेजो - सेल थेरापी कम्पनि (Cytonet in Durham), 60 00:03:28,263 --> 00:03:31,508 उसको कर्निया - Schepens Eye Research Institute 61 00:03:31,532 --> 00:03:33,691 (हार्वर्ड मेडिकल यूनिवर्सिटीको भाग) 62 00:03:33,715 --> 00:03:36,571 र रेटिना - यूनिवर्सिटी अफ पेन्सेलभेनिया पठाइयो । 63 00:03:38,083 --> 00:03:42,011 केहि दिन पछि, हामीले क्यालमसमेत भएर 64 00:03:42,035 --> 00:03:43,979 थमसको मृत्यु संस्कार गर्यौं, 65 00:03:44,003 --> 00:03:47,317 र बिस्तारै यो घटना बिर्सिदै गयौं । 66 00:03:47,718 --> 00:03:50,634 मेरो मनमा बारम्बार प्रश्न उठी रह्यो, अहिले के भैरहेको होला ? 67 00:03:51,055 --> 00:03:52,722 रिसर्चबाट के थाहा भयो होला ? 68 00:03:53,130 --> 00:03:55,423 अंगदान गर्नुको कुनै अर्थ रह्यो कि रहेन होला ? 69 00:03:57,019 --> 00:04:00,741 WRTC ले रोस र मलाई एउटा शोक सभामा बोलायो, जहाँ, 70 00:04:00,765 --> 00:04:03,518 हामी जस्तै अन्य १५ दुखि परिवार थिए, 71 00:04:03,542 --> 00:04:06,169 जसले आफ्नो प्रिय मान्छेको अंगदान गरेका थिए । 72 00:04:07,494 --> 00:04:09,895 ती मध्ये कतिले अंगदान प्राप्त गर्ने 73 00:04:09,919 --> 00:04:12,888 परिवारले पठाएका धन्यबाद पत्र समेत 74 00:04:12,912 --> 00:04:14,077 प्राप्त गरेका रहेछन । 75 00:04:15,038 --> 00:04:17,227 मैंले के पनि थाहा पाएँ भने, अंग लिने दिनेको 76 00:04:17,251 --> 00:04:18,689 परिवारले आपसी समझदारीमा 77 00:04:18,713 --> 00:04:20,109 भेटघाट समेत गर्दा रहेछन । 78 00:04:20,907 --> 00:04:23,746 मलाई पनि, कसैलाई धन्यवाद पत्र लेखौं कि, वा रिसर्चमा 79 00:04:23,770 --> 00:04:26,379 के भैरहेछ भन्ने पत्र प्राप्त होला कि, खुल्दुली लाग्यो 80 00:04:26,403 --> 00:04:27,942 तर यो सुनेर दुख लाग्यो, 81 00:04:27,966 --> 00:04:31,136 यस्तो भेटघाट अंग प्रत्यारोपण गर्नेको बिचमा मात्रै हुन्छ 82 00:04:31,160 --> 00:04:34,422 मलाई प्रत्यारोपण पद्धतिकै डाहा लाग्यो । 83 00:04:34,446 --> 00:04:35,596 (हाँसो) 84 00:04:36,104 --> 00:04:38,000 तेस्को केहि बर्ष पछि मैंले 85 00:04:38,024 --> 00:04:40,500 अंगदानको बिषयमा धेरै कुरा जानें र 86 00:04:40,524 --> 00:04:42,602 यसै क्षेत्रमा काम गरेँ । 87 00:04:42,626 --> 00:04:44,039 एकदिन मनमा एउटा विचार आयो 88 00:04:45,879 --> 00:04:47,538 र मैंले चिठी लेख्न सुरु गरेँ - 89 00:04:47,562 --> 00:04:48,728 "प्यारा अनुसन्धानकर्ता" 90 00:04:50,468 --> 00:04:52,318 मैंले- म को हुँ, आफ्नो बारेमा लेखें, 91 00:04:52,342 --> 00:04:56,210 मैंले सोधें, २०१० को मार्चमा उनीहरुले 92 00:04:56,234 --> 00:04:58,469 आँखाको रेटिना किन मागेको थिए 93 00:04:58,493 --> 00:05:00,762 र मैंले उनीहरुको ल्याब हेर्न चाहना ब्यक्त गरेँ 94 00:05:01,953 --> 00:05:05,049 आँखा दानको प्रबन्ध मिलाउने अस्पताललाई 95 00:05:05,073 --> 00:05:07,451 इमेल लेखें, र सम्बन्धित व्यक्तिसम्म 96 00:05:07,475 --> 00:05:09,967 यो इमेल पुर्याईदिन अनुरोध गरेँ । 97 00:05:10,395 --> 00:05:12,626 उनीहरुले भने, आजसम्म यस्तो काम गरेको छैन 98 00:05:12,650 --> 00:05:14,539 उताबाट जवाफ आउला नआउला निश्चित पनि छैन, 99 00:05:14,563 --> 00:05:17,379 तर प्रयास पक्कै गर्ने बचन दिए । 100 00:05:18,506 --> 00:05:21,947 २ दिन पछि डा. अरुपा गांगुलीको जवाफ आयो - 101 00:05:21,997 --> 00:05:23,705 यूनिवर्सिटी अफ पेन्सेलभेनिया बाट । 102 00:05:24,617 --> 00:05:26,239 उनले अंग दानको लागि धन्यवाद दिइन् 103 00:05:26,263 --> 00:05:28,986 र आफ्नो रिसर्च रेटिनोब्लास्टोमा को बारेमा बताईन् 104 00:05:29,010 --> 00:05:30,827 जून ५ बर्ष भन्दा मुनिका बच्चाको 105 00:05:30,851 --> 00:05:32,977 रेटिनामा असरगर्ने डरलाग्दो क्यान्सर हो । 106 00:05:33,001 --> 00:05:35,691 उनले आफ्नो ल्याबमा भेट्ने अनुमति दिइन । 107 00:05:36,612 --> 00:05:38,254 हामीले फोनमा कुरा गर्यौं, 108 00:05:38,278 --> 00:05:40,325 उनले सबैभन्दा पहिले 109 00:05:40,349 --> 00:05:43,180 हामी प्रति सहानुभूति व्यक्त गरिन, 110 00:05:43,204 --> 00:05:45,944 थमसले दिएको बलिदानप्रति 111 00:05:45,968 --> 00:05:48,055 हाम्रो ऋणी भएको बताइन् 112 00:05:48,709 --> 00:05:50,895 हामीले भन्यौं - 113 00:05:50,949 --> 00:05:53,525 हामीले त केवल शरीर दान गरेका हौं, 114 00:05:53,549 --> 00:05:56,707 संजोगले यहाँ आइपुगेछ । 115 00:05:57,493 --> 00:06:02,383 मैले भने - दोस्रो कुरा, ससाना नानीहरु दुर्घटनामा परिरहन्छन, 116 00:06:02,407 --> 00:06:04,195 यो रिसर्चको लागि रेटिना नचाहिएको भए 117 00:06:04,219 --> 00:06:06,749 सायद गाडेर माटोमा मिल्थ्यो 118 00:06:06,773 --> 00:06:10,139 बरु त्यो रिसर्चमा कामलाग्ने मौका पाएर 119 00:06:10,163 --> 00:06:13,806 थमसको शरीरले महत्व प्राप्त गर्यो । 120 00:06:13,830 --> 00:06:16,774 तेसैले हामीप्रति ऋणी महसुस नगर्नु । 121 00:06:17,845 --> 00:06:20,379 उनले हामीलाई यो रेटिना कति दुर्लभ कुरा हो, बताईन् । 122 00:06:20,403 --> 00:06:24,099 यस्तो टिस्सुको लागि उनले ६ बर्ष अगाडी देखि 123 00:06:24,123 --> 00:06:26,336 अनुसन्धान केन्द्रलाइ अनुरोध गरेकी रहिछन । 124 00:06:27,160 --> 00:06:30,494 उनले आफ्नो छनौटमा मिल्ने टिस्सुको एउटा मात्र नमूना भेटेकी रहिछन 125 00:06:30,518 --> 00:06:31,723 र त्यो थियो थमस । 126 00:06:32,958 --> 00:06:36,688 ल्याबमा भेट्न जाने एउटा समय मिलाइयो । 127 00:06:36,712 --> 00:06:41,362 जुम्ल्याहाको ५ औं जन्मदिन पारेर २३ मार्च २०१३ मा ल्याब जाने समय मिलायौं । 128 00:06:42,563 --> 00:06:46,499 मैंले उनलाई थमस र क्यालमका केहि फोटोहरु इमेल गरेँ । 129 00:06:46,523 --> 00:06:49,412 यो टी-शर्ट तेस्को केहि हप्तापछि हुलाकबाट आएको हो । 130 00:06:51,142 --> 00:06:53,941 केहि महिना पछि रोस, क्यालम र म कारमा 131 00:06:53,965 --> 00:06:55,556 सडक यात्रामा निस्कियौं । 132 00:06:55,580 --> 00:06:58,144 हामीले अरुपा र उनको सहकर्मीहरुलाई भेट्यौं । 133 00:06:58,168 --> 00:07:02,416 अरुपाले ऋणी महसुस गर्न नपर्दा ठुलो राहत मिलेको कुरा भनिन । 134 00:07:02,440 --> 00:07:04,741 हाम्रो नजरले उनीहरुले हेरेकै थिएनन । 135 00:07:06,090 --> 00:07:10,328 उनले यो भनिन कि थोमसको पनि गोप्य कोड नाम रहेछ । 136 00:07:10,931 --> 00:07:14,300 जसरी हेनरिता ल्याक्स लाइ हेला भनिन्छ, 137 00:07:14,324 --> 00:07:16,950 थमसलाइ RES ३६० नाम दिएको रहेछ । 138 00:07:17,394 --> 00:07:18,792 RES भन्नाले रिसर्च, 139 00:07:18,816 --> 00:07:22,316 ३६० भन्नाले ३६०औं नमूना रहेछ 140 00:07:22,340 --> 00:07:24,125 १० बर्षे सो अध्ययनमा । 141 00:07:25,133 --> 00:07:29,276 उनले हामीलाई एउटा अपत्यारिलो डकुमेन्ट देखाइन, 142 00:07:29,300 --> 00:07:31,785 त्यो एउटा ढुवानी चलान थियो, 143 00:07:31,809 --> 00:07:35,293 DC बाट फिलाडेल्फिया रेटिना पठाएको । 144 00:07:36,273 --> 00:07:39,662 त्यो ढुवानी चलान हाम्रो लागि पुर्ख्यौली सम्पत्ति जत्तिकै भएको छ । 145 00:07:40,304 --> 00:07:43,812 आर्मीमा दिने मेडल वा बिवाह दर्ता प्रमाणपत्र जस्तै । 146 00:07:44,687 --> 00:07:50,087 थमसको रेटिना र RNA ट्युमर उत्पन्न गर्ने जीनको 147 00:07:50,111 --> 00:07:53,521 निस्क्रियाताको लागि प्रयोग हुदै रहेछ 148 00:07:53,545 --> 00:07:56,655 उनले RES ३६० मा आधारित रहेर गरिएका केहि निस्कर्ष पनि देखाइन । 149 00:07:57,959 --> 00:07:59,793 हामीलाई फ्रीजको नजिकै लगिन, र 150 00:07:59,817 --> 00:08:03,252 अझै आफुसंग रहेका २ वोटा नमूनाहरु देखाइन - 151 00:08:03,276 --> 00:08:05,598 तिनमा अझै लेबल थियो - RES ३६० । 152 00:08:05,622 --> 00:08:07,482 साना साना २ टुक्रा बचाएर राखेको रहेछ, 153 00:08:07,506 --> 00:08:09,034 किन कि, थाहा छैन, 154 00:08:09,058 --> 00:08:11,386 फेरी अर्को नमूना कहिले फेला पर्छ । 155 00:08:12,553 --> 00:08:14,601 हामी कन्फरेन्स कक्ष तर्फ लाग्यौं । 156 00:08:14,625 --> 00:08:17,235 केहि छिन आराम गर्यौं र दिउसोको खाना संगै खायौं । 157 00:08:17,259 --> 00:08:21,529 ल्याबका कर्मचारीले क्यालमलाइ जन्मदिनको उपहार दिए । 158 00:08:22,179 --> 00:08:23,822 बच्चाको खेलौना औजार रहेछन । 159 00:08:24,419 --> 00:08:26,807 उसलाई इन्टरनशीपको अनुमति पनि दिए । 160 00:08:26,831 --> 00:08:30,014 (हाँसो) 161 00:08:30,038 --> 00:08:33,188 निष्कर्षमा, म आज २ वटा साधारण सन्देशहरु दिन चाहन्छु - 162 00:08:33,578 --> 00:08:37,382 पहिलो, रिसर्चको लागि अंगदान दिने बिषयमा हामी खासै सोच्दैनौ । 163 00:08:37,406 --> 00:08:40,516 मैंले पनि सोचेको थिईन । किन कि म पनि साधारण मानिस हुँ । 164 00:08:40,540 --> 00:08:41,691 तर, मैंले दान दिएँ । 165 00:08:41,715 --> 00:08:43,857 यो राम्रो अनुभब थियो र म यसको सुझाब दिन्छु, 166 00:08:43,881 --> 00:08:45,825 परिवारमा यसले धेरै शान्तिको अनुभब भयो । 167 00:08:45,849 --> 00:08:48,634 दोस्रो- यदि तपाईं मानव टिस्सुसंग काम गर्नुहुन्छ, र 168 00:08:48,658 --> 00:08:51,253 कसको टिस्सु होला भन्ने लाग्छ भने उनीहरुलाई 169 00:08:51,277 --> 00:08:52,472 एउटा पत्र लेख्नुहोस । 170 00:08:52,496 --> 00:08:55,312 उनीहरुलाई टिस्सु प्राप्ति र रिसर्चको बारेमा लेख्नुहोस 171 00:08:55,336 --> 00:08:57,003 उनीहरुलाई ल्याब हेर्न बोलाउनुहोस्, 172 00:08:57,027 --> 00:08:59,552 उनीहरु संगको भेटघाटले उनीहरुभन्दा पनि तपाईंलाइ 173 00:08:59,576 --> 00:09:00,807 आत्मसन्तुस्टी मिल्छ । 174 00:09:00,831 --> 00:09:02,593 एउटा अनुरोध गर्न चाहन्छु, 175 00:09:02,617 --> 00:09:05,576 कुनै दिन तपाई यस्तो भेटघाटको अवसर मिलाउन सक्नुभो भने 176 00:09:05,600 --> 00:09:06,918 मलाई पनि थाहा दिनुहोला । 177 00:09:08,064 --> 00:09:09,760 हाम्रो कथाको अर्को पाटो - 178 00:09:09,784 --> 00:09:12,096 हामी थमसको अंगदान लिने 179 00:09:12,120 --> 00:09:14,182 ४ वटै संगठनहरुमा गयौं । 180 00:09:14,206 --> 00:09:17,130 प्रेरक काम गर्दै गरेका मान्छेहरु संग भेट गर्यौं, 181 00:09:18,003 --> 00:09:23,104 येतिखेर मैले हेर्दा - थमस हार्वर्ड गयो, 182 00:09:23,128 --> 00:09:25,294 डिउक, पेंसेल्वानिया . . . . 183 00:09:25,318 --> 00:09:28,643 (हाँसो) 184 00:09:28,667 --> 00:09:31,035 थमस- साइटोनेट मा काम गर्छ, 185 00:09:31,059 --> 00:09:33,844 उसका आ-आफ्नो क्षेत्रमा उच्च स्थानमा रहेका 186 00:09:33,868 --> 00:09:35,629 सहकर्मी र साथीहरु छन । उनीहरुलाई 187 00:09:35,653 --> 00:09:38,224 आफ्नो काम सम्पन्न गर्न थमसको मद्धत अत्यावस्यक छ । 188 00:09:39,137 --> 00:09:43,788 यसरी, एकपटक नगन्य र छोटो देखिएको जीवन- 189 00:09:43,812 --> 00:09:49,494 अत्यावस्यक, अनन्त र सान्दर्भिकमा रुपान्तरण भयो । 190 00:09:50,224 --> 00:09:52,771 अब यहि आशा छ - मेरो जीवन पनि सान्दर्भिक बनोस । 191 00:09:53,512 --> 00:09:54,663 धन्यवाद !! 192 00:09:54,687 --> 00:10:04,415 (ताली )