Return to Video

सपनाहरुको हत्या गर्ने ५ तरीका

  • 0:01 - 0:03
    मैंले गत २ बर्ष, मानिसहरु कसरी आफ्नो सपना
  • 0:03 - 0:05
    पुरा गर्छन भन्ने जान्न समर्पण गरें ।
  • 0:05 - 0:07
    जब हामी हाम्रो सपनाको बारेमा सोच्छौं ,
  • 0:07 - 0:10
    संसारमा आफ्नो निशानी छोड्न चाहन्छौं ,
  • 0:10 - 0:14
    त्यतिखेर, हाम्रो सपना र कहिल्यै
    पुरा नभएको परियोजना को बिचमा
  • 0:14 - 0:17
    आश्चर्यलाग्दो समायोजन भेटिन्छ ।
  • 0:17 - 0:19
    -----(हाँसो)-----
  • 0:19 - 0:21
    त्यसैले आज म तपाईंहरुसंग
  • 0:21 - 0:25
    छलफल गर्दैछु आफ्नो सपनाको पछि नलाग्ने
    ५ तरिकाको बारेमा ।
  • 0:25 - 0:29
    १: राता रात सफल हुने कुरामा
    बिश्वास राख्नुस ।
  • 0:29 - 0:31
    यो कथा त सुन्नुभाको छ नि, है ?
  • 0:31 - 0:36
    एकजना मान्छेले एउटा मोबाइल एप बनायो, र
    धेरै पैसामा छिट्टै बिक्यो ।
  • 0:37 - 0:40
    यो कथा वास्तविक देखिन सक्छ, तर अपूर्ण छ ।
  • 0:40 - 0:43
    गहिरिएर अध्ययन गर्ने हो भने ,
  • 0:43 - 0:45
    यो भन्दा पहिले उसले ३० वोटा एप
    बनाईसकेको थियो ।
  • 0:45 - 0:48
    र उसले त्यहि बिषयमा मास्टर्स र
    Ph.D. गरेको छ
  • 0:48 - 0:51
    अघिल्लो २० बर्ष देखि उ त्यसै बिषयमा
    काम गर्दै थियो ।
  • 0:51 - 0:53
    यो साँचै रमाइलो प्रसंग छ ।
  • 0:53 - 0:59
    मेरो आफ्नै घटना छ ब्राजिलको, जसलाई
    मानिसहरु एकरातको सफलता भन्ठान्छन् ।
  • 0:59 - 1:01
    म साधारण परिवारको मान्छे हुँ ,
  • 1:01 - 1:05
    MIT मा निवेदनदिने अन्तिम दिनको
    २ हप्ता अगाडी,
  • 1:05 - 1:07
    मैंले निवेदनको तयारी सुरु गरें ।
  • 1:07 - 1:10
    म भर्ना हुन पाएँ ।
  • 1:10 - 1:13
    मानिसहरु भन्छन्, यो अकस्मात मिलेको
    सफलता हो,
  • 1:13 - 1:17
    तर गत १७ बर्षको मिहिनेत र परिश्रमको कारण
  • 1:17 - 1:19
    मैंले भर्ना पाएको हुँ ।
  • 1:19 - 1:23
    तपाईंलाइ अकस्मात मिलेको सफलता -
  • 1:23 - 1:27
    त्यो समयमा आइपुग्दा सम्ममा जीवनपर्यन्त
    गरिएको मिहिनेतको नतिजा हो ।
  • 1:27 - 1:30
    दोश्रो: अरुनै कसैले यसको उत्तर दिनेछ ।
  • 1:30 - 1:32
    मानिसहरु सधैं मद्धत खोजिरहन्छन् ।
  • 1:32 - 1:36
    परिवार, साथीहरु, बिजिनेस पार्टनर सबैले
  • 1:36 - 1:39
    तपाईंलाइ कुन बाटो लाग्नुपर्छ भन्ने
    सल्लाह दिन्छन्:
  • 1:39 - 1:42
    यो सल्लाहको पछि लाग्नुभयो भने,
  • 1:42 - 1:46
    त्यहाँ तपाईंले निर्णय लिनुपर्ने अन्य
    मोडहरु देखिन्छन् ।
  • 1:46 - 1:50
    र यी निर्णयहरु तपाईं आफैंले
    लिनुपर्ने हुन्छ ।
  • 1:50 - 1:53
    तपाईंको जीवनको सहि जवाफ कसैसंग हुदैन ।
  • 1:53 - 1:56
    तपाईंले यस्ता निर्णयहरु लिईराख्नु पर्छ ।
  • 1:56 - 1:59
    अनगिन्ति बाटोहरु साम्मुने आएर
    तपाईंले टाउको ठोक्नुहुनेछ ।
  • 1:59 - 2:02
    यो त्यहि मार्गको पाटो हो ।
  • 2:02 - 2:06
    तेस्रो: यो धेरै सुक्ष्म तर
    अत्ति महत्वपूर्ण सुझाव छ:
  • 2:06 - 2:09
    उन्नतिको सम्भावना प्रस्ट छ भने,
    आनन्दले बस्नु ।
  • 2:09 - 2:11
    तपाईंको जीवन राम्रोसंग बित्दै छ भने,
  • 2:11 - 2:13
    काम गर्ने समूह राम्रो बनाउनु भयो भने
  • 2:13 - 2:17
    आम्दानीको बाटो राम्रो भयो भने,
    सबै ठिक भयो ।
  • 2:17 - 2:18
    आनन्दले बस्ने बेला आयो ।
  • 2:18 - 2:20
    मैले पहिलो किताब निकाल्दा,
  • 2:20 - 2:23
    ब्राजिलभर वितरण गर्नको लागि
    धेरै मिहेनेत गरें ।
  • 2:23 - 2:25
    जसको कारण, ३ लाख भन्दा बढीले
    किताब डाउनलोड गरे भने,
  • 2:25 - 2:28
    ५०,००० भन्दा बढीले किताब किने ।
  • 2:28 - 2:33
    मैंले सोहि किताबको दोस्रो भाग निकाल्दा
    त्यसको प्रभाब पर्ने छ ।
  • 2:33 - 2:36
    थोरै मात्रै मिहेनेत गरे पनि,
    बिक्रि राम्रै हुन्छ ।
  • 2:36 - 2:38
    तर "राम्रै" कहिले "राम्रो" हुँदैन ।
  • 2:38 - 2:41
    जब तपाईं चुचुरो चड्दै हुनुहुन्छ भने,
  • 2:41 - 2:45
    तपाईंले झन् बढी मिहेनेत गर्नु पर्छ, र
    अर्को चुचुरो चड्नु पर्छ ।
  • 2:45 - 2:48
    होला, मैंले केहि मिहेनेत गरें भने,
    केहि लाख मानिसले पढ्लान्,
  • 2:48 - 2:51
    त्यो आफैंमा राम्रो हो ।
  • 2:51 - 2:52
    तर, मैंले अझ बढी मिहेनेत गरें भने,
  • 2:52 - 2:56
    मैंले यहि संख्यालाइ लाखौंमा
    पुर्याउन सक्छु ।
  • 2:56 - 2:59
    त्यसैले मैंले, नया किताबको प्रचार गर्न
    ब्राजिलको हरेक जिल्ला पुगें ।
  • 2:59 - 3:01
    यसको प्रभाव प्रस्ट देख्न सक्छु ।
  • 3:01 - 3:03
    "आनन्दले बस्ने" भन्ने समय हुँदैन ।
  • 3:03 - 3:07
    चौथो र महत्वपूर्ण सुझाव:
  • 3:07 - 3:10
    सम्झिनुहोस, गल्तिजति सबै अरुको हो ।
  • 3:10 - 3:12
    बारम्बार देखिन्छ, मान्छेहरु भन्छन् -
  • 3:12 - 3:16
    "म संग यो राम्रो योजना थियो, तर कसैले
    लगानी गर्ने हिम्मत गरेनन् " ।
  • 3:16 - 3:18
    "मैंले यस्तो राम्रो बस्तु बनाएँ,
  • 3:18 - 3:22
    तर बजार यस्तो खत्तम छ,
    राम्रो व्यापार नै भएन"।
  • 3:22 - 3:27
    "क्षमतावान मान्छे नभेटिनाले हाम्रो समूहले
    राम्रो काम गर्न सकिरहेको छैन" ।
  • 3:27 - 3:28
    यदि तपाईंसंग सपना छ भने,
  • 3:28 - 3:31
    त्यसलाई पुरा गर्नु पनि तपाईंको
    जिम्मेवारी हो ।
  • 3:32 - 3:34
    हो, प्रतिभावान व्यक्ति पाउन गाह्रो होला,
  • 3:34 - 3:37
    हो, बजार नराम्रो होला,
  • 3:37 - 3:39
    तपाईंको कल्पनालाइ कसैले लगानी गरेको होइन,
  • 3:39 - 3:41
    कसैले तपाईंको उत्पादन किनेनन् भने,
  • 3:41 - 3:44
    पक्कै पनि तपाईंकै केहि कमजोरी छ ।
  • 3:44 - 3:46
    -----(हाँसो)-----
  • 3:46 - 3:47
    निश्चितरुपमा
  • 3:47 - 3:50
    तपाईंले देखेको सपना, तपाईं स्वयम्ले
    पुरा गर्नुपर्छ ।
  • 3:50 - 3:53
    आजसम्म कसैले एक्लै आफ्नो लक्ष
    प्राप्त गरेको छैन ।
  • 3:53 - 3:58
    तर त्यो पूर्ण भएन भने, गल्ति केवल
    तपाईंको हो, अरु कसैको होइन ।
  • 3:58 - 4:00
    आफ्नो सपनाप्रति जिम्मेवार हुनुहोस ।
  • 4:01 - 4:05
    र अन्तिम सुझाव छ, यो पनि
    उत्तिकै महत्वपूर्ण छ:
  • 4:06 - 4:11
    याद राख्नुस, महत्वपूर्ण वस्तु भनेको
    स्वयम् सपना नै हो ।
  • 4:11 - 4:14
    एकपटक मैंले एउटा बिज्ञापन देखेको थिएँ
  • 4:14 - 4:17
    धेरै साथीहरु मिलेर अग्लो हिमाल
    चढ्न जाँदै थिए,
  • 4:17 - 4:18
    काम निकै कठिन थियो ।
  • 4:18 - 4:22
    पसिनाले भिजेर र थाकेर लखन्तरान परेका थिए ।
  • 4:22 - 4:25
    उनीहरु उक्लिदै गए, र चुचुरोमा पुग्न
    सफल भए
  • 4:25 - 4:27
    उनीहरु खुशीले रमाउन थाले,
  • 4:27 - 4:28
    सफलता मनाउन थाले ।
  • 4:28 - 4:31
    "हामी चुचुरोमा पुगेरै छाड्यौं" ।
  • 4:31 - 4:34
    केहि बेर पछि एउटाले अर्कोको
    मुखमा हेरेर भन्यो -
  • 4:34 - 4:36
    "ल पुग्यो अब, ओर्लन थालौं" ।
  • 4:36 - 4:37
    -----(हाँसो)-----
  • 4:37 - 4:39
    लक्ष्य प्राप्ति मात्रै जिन्दगी होइन
  • 4:39 - 4:42
    जिन्दगी एउटा यात्रा हो ।
  • 4:42 - 4:44
    हामीले लक्ष्यप्राप्ति गर्दा रमाउनु पर्छ
  • 4:44 - 4:47
    मानिसहरु सोच्नेछन्, तपाइको सपनाहरु छन्,
  • 4:47 - 4:50
    जहिले पनि लक्ष्यप्राप्तिको नजिक
    त्यहाँ पुग्नुहुन्छ,
  • 4:50 - 4:54
    यो त्यस्तो जादुमय ठाउं हो, जहाँ जताततै
    खुशी छरिएको हुन्छ ।
  • 4:54 - 4:57
    लक्ष्य प्राप्ति एउटा पलमात्र हो,
  • 4:57 - 4:59
    तर जीवन त्यति मात्रै होइन ।
  • 4:59 - 5:03
    सबै सपना पुरा गर्ने एउटा
    मात्र तरिका हो -
  • 5:03 - 5:06
    यात्राका हरेक पाइलाको मज्जा लिनुहोस् ।
  • 5:06 - 5:08
    यो नै उत्तम तरीका हो ।
  • 5:08 - 5:10
    यात्रा सजह छ - प्रत्येक पाइला संगै
    अगाडी बढ्छ ।
  • 5:10 - 5:12
    केहि पाइलाहरु सहि हुनेछन्
  • 5:12 - 5:14
    कहिले कहिँ लड्न सक्छ ।
  • 5:14 - 5:19
    ठिक बाटोमा हुनुहुन्छ भने, खुशी हुनुहोस्,
    किनकि, कयौं खुशीहुने बहाना खोज्दैछन् ।
  • 5:19 - 5:22
    यदि लड्नुभयो भने, त्यसलाई एउटा
    शिक्षाको रुपमा लिनुहोस ।
  • 5:22 - 5:28
    हरेक पाइला उत्सब वा सिकाईको अवसर
    बन्छ भने,
  • 5:28 - 5:30
    पक्कै तपाईं जिन्दगीको यात्रामा
    रमाउनुहुनेछ ।
  • 5:30 - 5:32
    यसर्थ ५ तरीका :
  • 5:32 - 5:34
    रातारात प्राप्त हुने सफलतामा बिश्वास,
  • 5:34 - 5:37
    अरु कोहि संग जवाफ हुनेकुरामा बिश्वास,
  • 5:37 - 5:40
    उन्नतिको सम्भावना प्रस्ट छ भने,
    आनन्दले बस्नु,
  • 5:40 - 5:42
    गल्तिजति सबै अरुको,
  • 5:42 - 5:46
    महत्वपूर्ण वस्तु भनेको
    स्वयम् सपना नै हो ।
  • 5:46 - 5:49
    बिश्वास गर्नुहोस, यति गरेर आफ्नो
    सपना नस्टगर्न सक्नुहुन्छ ।
  • 5:49 - 5:50
    -----(हाँसो)-----
  • 5:50 - 5:51
    ---- ताली -----
  • 5:51 - 5:53
    ---- धन्यवाद -----
Title:
सपनाहरुको हत्या गर्ने ५ तरीका
Speaker:
बेल पेस्के
Description:

हामी सबैजना खेल रुपान्तरण गर्ने उत्पादन, सफल कम्पनिको सुरुवात, Best Seller किताब लेखनको सपना देख्छौं, तर थोरै जनामात्रै यसमा लाग्छौं । ब्राजिलका व्यवसायी बेल पेस्के - हाम्रो सपनाको परियोजनालाइ यथार्थको धरातलमा ल्याउन नदिने ५ सरल कथाहरुको बारेमा बखान गर्दैछन् ।

more » « less
Video Language:
English
Team:
closed TED
Project:
TEDTalks
Duration:
06:11
Deepak Basyal approved Nepali subtitles for 5 ways to kill your dreams
Deepak Basyal edited Nepali subtitles for 5 ways to kill your dreams
Heli Paudel accepted Nepali subtitles for 5 ways to kill your dreams
Deepak Basyal rejected Nepali subtitles for 5 ways to kill your dreams
Deepak Basyal edited Nepali subtitles for 5 ways to kill your dreams
Deepak Basyal edited Nepali subtitles for 5 ways to kill your dreams
Deepak Basyal edited Nepali subtitles for 5 ways to kill your dreams
Yazed AlMulhem accepted Nepali subtitles for 5 ways to kill your dreams
Show all

Nepali subtitles

Revisions