Return to Video

सामाजिक सेवाहरू समस्याग्रस्त छन् । हामी त्यो सुधार्न सक्छौं

  • 0:01 - 0:03
    म तपाइँहरूलार्इ ३ वटा कथाहरू भन्नेछु
  • 0:03 - 0:06
    सम्बन्धहरूको शक्तिका बारेमा
  • 0:06 - 0:10
    जसले शताब्दीकै सघन समस्याहरू सुल्झाउछन ।
  • 0:10 - 0:13
    कहिलेकाही यस्तो देखिन्छ
  • 0:13 - 0:18
    कि गरिवी, असमानता, अस्वस्थता, हिंसा,
  • 0:18 - 0:21
    सबै समस्याहरू त्यही ब्यक्तीसँग मात्र छ
  • 0:21 - 0:24
    मैले चिनेको त्यस्तै एकजनाको बारे बताउँछु
  • 0:24 - 0:26
    म उसलार्इ एल्ला भन्नेछु
  • 0:26 - 0:30
    एल्ला एउटा बेलायती शहरमा बस्छे
  • 0:30 - 0:32
    जहाँ पसल, भट्टी बन्द छन
  • 0:32 - 0:35
    खेलमैदान उजाड छ
  • 0:35 - 0:38
    र, एल्लाको घरभित्र तनाव छ
  • 0:38 - 0:40
    केहि सुन्नै नसकिने हल्ला छ।
  • 0:40 - 0:41
    टिभी पूरै चर्को आवाजमा खोलिएको छ।
  • 0:41 - 0:44
    उनको एक छोरा अर्को छोरीसँग लडिरहेछ।
  • 0:44 - 0:48
    अर्को छोरा रायन भान्छाबाट मुख छाड्दैछ
  • 0:48 - 0:51
    र शयनकक्षको ढोकापछि थुनेको कुकुर भुक्दैछ
  • 0:51 - 0:53
    एल्ला किंकर्तब्यबिमूढ भएकीछिन
  • 0:53 - 0:55
    उनी ४० बर्षदेखि यो समस्यामा छिन
  • 0:55 - 0:59
    उनले केहि मेसो पाएकी छैनिन, उपायहिन छिन
  • 0:59 - 1:02
    उनका सबै सहयात्रीहरू अभद्र थिए
  • 1:02 - 1:06
    दुखको कुरो, उनको एक छोरा संस्थाले लगेको छ
  • 1:06 - 1:08
    उनीसँग बस्नै तीनैजना बच्चाहरू
  • 1:08 - 1:12
    समस्याग्रस्त बाँचेका छन, स्कुल जाँदैनन
  • 1:12 - 1:15
    एल्ला भन्छिन - उनी आफ्नी आमाको
  • 1:15 - 1:18
    जस्तै जीवन दोहोर्याएकी छिन
  • 1:18 - 1:21
    मैले एल्लालार्इ भेट्दा त्यो शहरमा
  • 1:21 - 1:24
    ७३ वटा विभिन्न सेवाहरू उपलब्ध् थिए।
  • 1:24 - 1:28
    ती ७३ सेवाका २४ फरक विभागहरू छन, जो
  • 1:28 - 1:32
    एल्ला, उनका केटाहरू, बच्चाहरूसँग परिचित छन
  • 1:32 - 1:34
    उनीहरू तनाव ब्यवस्थापनमा ती संस्थाको
  • 1:34 - 1:37
    सहयोग लिने बारे सोचिरहेका छैनन
  • 1:37 - 1:40
    सामाजिक/युवा कार्यकर्ताहरू, स्वास्थ्य सेवी
  • 1:40 - 1:45
    गृह ब्ववस्थापक र प्रहरीहरू नियमितजसो
  • 1:45 - 1:47
    त्यो परिवारलार्इ भेट्ने गर्थे।
  • 1:47 - 1:50
    सरकार भन्छ, आज बेलायतमा एल्लाको जस्तै
  • 1:50 - 1:52
    १ लाख परिवारहरू छन, जो आर्थिक, सामाजिक
  • 1:52 - 1:57
    वातावरणीय वंचितीकरण मुक्तहुन संघर्षरत छन।
  • 1:57 - 1:59
    र, उनीहरू भन्छन समस्या व्यवस्थापनमा प्रति
  • 1:59 - 2:02
    वर्ष प्रति परिवार साढे दुर्इलाख पाउण्ड
  • 2:02 - 2:04
    खर्चदा पनि समस्या उस्तै छ ।
  • 2:04 - 2:07
    कुनै प्रयासले केहि फरक पारेको छैन
  • 2:07 - 2:11
    एल्लाको जस्तै अर्को घरको मानचित्र हो यो
  • 2:11 - 2:15
    यो चित्रले ३० वर्षसम्मको मध्यस्थता देखाउँछ
  • 2:15 - 2:19
    एल्लाकोझैं यी पनि एक योजनाका अंग होइनन।
  • 2:19 - 2:20
    यसमा निश्चित लक्ष्य छैन।
  • 2:20 - 2:23
    यी प्रयासहरू खास मुद्दा सम्बोधन गर्दैनन।
  • 2:23 - 2:26
    यी जबरजस्ती प्रयासहरू मात्र हुन।
  • 2:26 - 2:28
    मलार्इ एक प्रहरीले भने-
  • 2:28 - 2:31
    "हेर, म खबरमात्र छाड्छु, अनि फर्कन्छु।"
  • 2:31 - 2:33
    त्यसैले, संसारका विभिन्न ठाउँहरूमा मैले
  • 2:33 - 2:35
    यस्ता परिवारसँग समय बिताएकी छु।
  • 2:35 - 2:37
    किनकी म हाम्रा संस्थाहरूले काम गर्न नसकेका
  • 2:37 - 2:41
    ठाउँहरूबाट सिक्न चाहन्छु। जान्न चाहन्छु-
  • 2:41 - 2:43
    एल्लाको जस्तो घरमा बाँच्न कस्तो हुन्छ?
  • 2:43 - 2:48
    के भैरहेछ? फरक के गर्न सकिन्छ, जान्नुछ।
  • 2:48 - 2:52
    पैसा झुक्याउने खेल मात्र हो किनकी सरकार नै
  • 2:52 - 2:54
    एल्लाको जस्तो परिवारका लागि लाखौ पाउण्ड
  • 2:54 - 2:57
    खर्च गरेको बताउँछ। पहिलोकुरा मैले यो जाने।
  • 2:57 - 2:58
    खासमा के हो भने
  • 2:58 - 3:01
    हाम्रो प्रणालीमा यो खर्च भएको छ।
  • 3:01 - 3:04
    यसरी एक सुका पनि एल्लाको परिवारमा पुग्दैन
  • 3:04 - 3:06
    जसले साँच्चिकै फरक पारोस्।
  • 3:06 - 3:08
    खासमा हाम्रो प्रणाली त्यो गायरोस्कोप हो
  • 3:08 - 3:11
    जुन यस्तै परिवार वरिपरी घुम्छ र तीनलार्इ
  • 3:11 - 3:14
    उस्तै हालतमा छाडिदिन्छ।
  • 3:14 - 3:16
    र, मैले कार्यक्षेत्रमै खटेकालार्इ पनि भेटे
  • 3:16 - 3:19
    थाहा पाएँ कि यो जटिल अवस्था हो।
  • 3:19 - 3:23
    १४ वर्षे रायनको सामाजिक कार्यकर्ता, टोमको
  • 3:23 - 3:27
    ८६प्रतिशत समय प्रणालीको सेवामा बित्छ
  • 3:27 - 3:29
    सहकर्मीहरूसँग बैठक गर्न, फाराम भर्न
  • 3:29 - 3:32
    फेरि फारामबारे छलफल गर्न
  • 3:32 - 3:33
    आश्चर्य त यो छ कि
  • 3:33 - 3:35
    रायनसँग बित्ने १४% समयपनि विभिन्न जानकारी
  • 3:35 - 3:38
    सूचना लिदैमा बित्छ।
  • 3:38 - 3:39
    उनले रायनलार्इ सोध्छन्-
  • 3:39 - 3:42
    कत्तिको धुम्रपान गर्दछौ? रक्सी पिएका छौ ?
  • 3:42 - 3:43
    बिधालय कहिले गयौ ?
  • 3:43 - 3:46
    यस्तो सोधपुछले सामान्य बोलचाललार्इ ध्वस्त
  • 3:46 - 3:47
    पार्ने सम्भावना हुन्छ।
  • 3:47 - 3:49
    यसले टोम र रायनबीचको सम्बन्ध बनाउन
  • 3:49 - 3:52
    आवश्यक सहयोग गर्दैन।
  • 3:53 - 3:54
    जहिले यो मानचित्र बनायौं,
  • 3:54 - 3:56
    फिल्डकर्मचारी, विद्वानहरूले
  • 3:56 - 3:58
    छक्क परेर यसलार्इ हेरिरहे
  • 3:58 - 4:01
    उनीहरुको कक्षमा यो घस्रिरह्यो।
  • 4:01 - 4:07
    धेरै समयसम्म, तर अन्त्यमा परिणामशुन्य ।
  • 4:07 - 4:10
    र, यो क्षण एकदमै असफलयुक्त रह्रयो,
  • 4:10 - 4:12
    अनि स्पष्ट बन्यो कि
  • 4:12 - 4:15
    हामीले फरक ढंगले काम गर्नुपर्थ्यो।
  • 4:16 - 4:19
    साहसका साथ एल्लाको शहरका नेताहरूले
  • 4:19 - 4:22
    रायनको अनुपातको ठीक उल्टो गर्न सहमत भए।
  • 4:22 - 4:25
    जो एल्ला वा उनकोजस्तो परिवारसँग काम गर्छ
  • 4:25 - 4:28
    अब त्यसले ८०% समय त्यो परिवारसँग र २०%
  • 4:28 - 4:30
    समय कार्यालयको काममा बिताउनेछ
  • 4:30 - 4:32
    अझ उन्नत कुरो यो रह्यो
  • 4:32 - 4:33
    कि परिवारले नै सजिलो
  • 4:33 - 4:37
    पर्ने हिसाबमा सहयोगी कर्मचारी छान्न पाए।
  • 4:37 - 4:40
    त्यसैले एल्ला र अर्की आमालार्इ
  • 4:40 - 4:42
    उपलब्ध विशेषज्ञ मध्ये एक जना छान्नका लागि
  • 4:43 - 4:45
    अन्तरवार्तामा बोलार्इयो।
  • 4:45 - 4:47
    र, धेरै मान्छेहरूले हामीसँग काम गर्न चाहे
  • 4:47 - 4:50
    किनभने यो काममा प्रणाली ब्यवस्थामा नभै
  • 4:50 - 4:53
    तिमी परिवर्तनका लागि जान्छौ ।
  • 4:53 - 4:56
    अनि एल्ला र ती आमाले प्रत्येकलार्इ सोधे-
  • 4:56 - 4:58
    "मेरो छोराले मलार्इ कुटे तिमी के गर्छौ?"
  • 4:58 - 5:01
    र, पहिलो ब्यक्तिले भने -
  • 5:01 - 5:03
    "अँ, म सबभन्दा नजिकको ढोका खोज्नेछु
  • 5:03 - 5:06
    र म बिस्तारै पछि हट्नेछु,
  • 5:06 - 5:09
    अझै हल्लाभए मेरो हाकिमलार्इ बोलाउनेछु।"
  • 5:09 - 5:12
    र, आमाहरुले भने, तिमी जान सक्छौ ।
  • 5:12 - 5:15
    अर्को मान्छे जो प्रहरी थिए उनले भने, म
  • 5:15 - 5:19
    उसलार्इ भुइँमा लडाउछु अनि के गर्छु थाछैन।
  • 5:19 - 5:21
    र, आमाहरूले धन्यवाद भने।
  • 5:21 - 5:23
    उनीहरूले गल्ती स्वीकारेकाहरूलार्इ छाने
  • 5:23 - 5:25
    किन त्यस्तो गरेँ त्यो उनीहरूले थाहा पाएनन
  • 5:25 - 5:29
    भने - कि उनीहरू शब्दजाल बुन्न जान्दैनन।
  • 5:29 - 5:31
    उनीहरूले मानवीय गुण देखाए, आमाहरूलार्इ
  • 5:31 - 5:34
    जस्तो बेलामा पनि सहयोग गर्ने बताए
  • 5:34 - 5:36
    हुन सक्छ उनीहरू त्यति सजिला छैनन ।
  • 5:36 - 5:38
    यी नयाँ समू्हहरू र परिवारहरूलार्इ
  • 5:38 - 5:40
    केही रकम दिर्इयो
  • 5:40 - 5:43
    जुन उनीहरूले चाहेको कुरामा खर्च गर्न सक्छन
  • 5:43 - 5:45
    र, एक परिवार रात्रीभोजका लागि निस्के।
  • 5:45 - 5:48
    धेरै पछि पहिलो पटक उनीहरू म्याकडोनाल्ड
  • 5:48 - 5:51
    गएँ, बसेँ, कुरा गरे, एक अर्कालार्इ सुने ।
  • 5:51 - 5:52
    अर्को परिवारले समूहलार्इ सोध्यो
  • 5:52 - 5:55
    कि उनीहरू परिवारलार्इ सहयोग गर्न सक्छन ?
  • 5:55 - 5:57
    र एक आमाले पैसा लिर्इन र उनले
  • 5:57 - 6:00
    त्यो पैसा सामाजिक व्यवसायमा प्रयोग गरिन
  • 6:00 - 6:03
    र, छोटो समयमा नै,
  • 6:03 - 6:05
    केहि नयाँ हुन थाल्यो -
  • 6:05 - 6:08
    समूह र कर्मचारीहरूबीच सम्बन्ध बन्यो
  • 6:08 - 6:11
    र, केहि मननयोग्य परिवर्तनहरू भए।
  • 6:11 - 6:13
    सायद यो आश्चर्यजनक होर्इन
  • 6:13 - 6:15
    कि एल्लाको यात्रामा केहि ठूला कदमहरू थिए
  • 6:15 - 6:17
    ती पछाडी गए, र अगाडि पनि
  • 6:17 - 6:19
    तर आज उनले आर्इटी कोर्श पूरा गरिसकिन,
  • 6:19 - 6:23
    उनी रोजगार भर्इन, बच्चाहरू स्कुल जानथाले।
  • 6:23 - 6:24
    र छिमेकीहरू जो पहिले
  • 6:24 - 6:27
    उनको परिवार त्यहाँबाट सरोस भन्ने चाहन्थे
  • 6:27 - 6:28
    अहिले उनीहरूसँग केहि
  • 6:28 - 6:29
    गुनासो छैन।
  • 6:29 - 6:31
    उनीहरूले केहि नयाँ मित्रताहरू बनाएका छन।
  • 6:31 - 6:35
    र, यी तिनै मानिसहरू जो यो परिवर्तनमा
  • 6:35 - 6:38
    संलग्न छन, उही परिवार, उही सहकर्मीहरू
  • 6:38 - 6:42
    तर यो सम्बन्धले परिवर्तनमा सघाउ पुर्यायो ।
  • 6:43 - 6:46
    अतः म एल्लाका बारे भन्दैछु, मलार्इ लाग्छ
  • 6:46 - 6:48
    कठिन समस्याहरू सुल्झाउनलार्इ सम्बन्धहरू
  • 6:48 - 6:50
    नै हामीसँग उपलब्ध विशेष स्रोतहरू हुन। तर
  • 6:50 - 6:54
    आज सम्बन्धहरू, राजनीति, सामाजिक नीतिहरू,
  • 6:54 - 6:57
    र कल्याणकारी संस्थाहरूले निर्क्यौल गर्छन।
  • 6:57 - 6:59
    र, मलार्इ बोध भयो कि यो फेर्नु जरूरी छ।
  • 7:00 - 7:02
    सम्बन्धहरूका बारेमा मलार्इ के लाग्छ?
  • 7:02 - 7:05
    म हामीबिच सामान्य मानवीय वन्धनका बारे
  • 7:05 - 7:08
    भन्दैछु, यो स्वामित्व, सम्बन्धको त्यस्तो
  • 7:08 - 7:11
    साँचो भाव हो, जसले एल्लालार्इ जस्तै नयाँ
  • 7:11 - 7:14
    गर्न, परिवर्तन हुन र खुशी हुन मद्दत गर्छ।
  • 7:14 - 7:15
    र, तपाइँलार्इ थाहा नै छ, संस्था चलाउने
  • 7:15 - 7:18
    र काम गर्नेले उनीहरू एल्ला र परिवारलार्इ
  • 7:18 - 7:20
    मद्दत गर्न कै लागि हुन, सम्बन्धका बारेमा
  • 7:20 - 7:22
    कुरा गर्न त पक्कै होर्इन, किनकी
  • 7:22 - 7:26
    सम्बन्ध स्पष्ट रूपमै कल्याणकारी विधीसम्मत
  • 7:26 - 7:29
    बेलायतमा बनाइए र विश्वभर आयात गरिए ।
  • 7:29 - 7:31
    विलियम बेभरिड्जका सहकर्मीहरू, जो पहिलो
  • 7:31 - 7:34
    कल्याणकारी राज्यका पहिलो अभियन्ता थिए र
  • 7:34 - 7:36
    बेभरिड्ज प्रतिवेदनका लेखकलार्इ औषत
  • 7:36 - 7:39
    भावनात्मक मान्छे थिए भन्ने गर्थे ।
  • 7:39 - 7:43
    बदलामा उनीहरू यस्तो संवेदनहीन प्रणाली र
  • 7:43 - 7:47
    कर्मचारीतन्त्रमा विश्वास गर्न पुगे।
  • 7:47 - 7:49
    र, आधुनिक राज्यका सामाजिक मुद्दाहरूमा
  • 7:49 - 7:51
    वेभरिड्जको प्रभावलार्इ नजरअन्दाज गर्न
  • 7:51 - 7:53
    कुनै पनि हालतमा सकिदैन।
  • 7:53 - 7:57
    बेभरिड्ज प्रतिवेदन छापिएको पहिलो सातामै
  • 7:57 - 7:59
    १ लाख प्रति बिक्री भएको थियो।
  • 7:59 - 8:02
    एकप्रतिका लागि मान्छेहरू रातभर लाम लागे।
  • 8:02 - 8:06
    त्यो देशैभरी, उपनिवेश राज्यहरू, यूरोपभरी
  • 8:06 - 8:07
    संयुक्तराज्य अमेरिकाभरी पढियो,
  • 8:07 - 8:09
    र, यसले ठूलो प्रभाब पनि पार्यो-
  • 8:09 - 8:13
    कल्याणकारीराज्यको योजना निर्माणमा।
  • 8:13 - 8:18
    संस्कृति, प्रशासनिकतन्त्र, संंस्था विश्व-
  • 8:18 - 8:20
    व्यापीरूपमा एउटै जस्ता देखिन्छन्।
  • 8:20 - 8:22
    ती हाम्रो एकदम सन्निकट छन,
  • 8:22 - 8:24
    जसलार्इ हामी देख्दा पनि देख्दैनौं।
  • 8:25 - 8:28
    यो भन्नु जरूरी छ कि २०औं शताब्दीमा ती
  • 8:28 - 8:31
    संस्थाहरू उल्लेखनीय रूपमा सफल थिए।
  • 8:31 - 8:34
    तिनले आयु बढाए, धेरै रोगहरू निराकरण गरे
  • 8:34 - 8:37
    र विश्वब्यापी शिक्षा एवं आवास उन्मुख गराए।
  • 8:38 - 8:40
    तर, ठिक त्यहि समय,
  • 8:40 - 8:43
    बेभरिड्जले आजको चूनौतीको बिजारोपण गरे।
  • 8:44 - 8:46
    मलार्इ दोश्रोकथा भन्ने अनुमति दिनुस
  • 8:46 - 8:51
    धुम्रपानका कारण भन्दा बढि मृत्युको कारण
  • 8:53 - 8:55
    के लाग्छ तपाइँलार्इ? एक्लोपन !
  • 8:56 - 9:01
    सरकारी तथ्याङ्कअनुसार, ६० वर्षका मान्छेहरू
  • 9:01 - 9:04
    हप्तामा ३ मा १ जनाको कसैसँग देखभेट हुँदैन।
  • 9:05 - 9:08
    ८लाख५० हजारमा, १० मध्य १ जनाले महिनाभर
  • 9:08 - 9:10
    कसैसँग पनि बोल्दैनन् ।
  • 9:11 - 9:13
    र, यो समस्या भएका हामी मात्र होर्इनौ
  • 9:13 - 9:16
    पूरै पश्चिमी देशमा यो समस्या छ ।
  • 9:16 - 9:18
    चीनजस्ता देशमा यो समस्या झन संवेदनशील छ
  • 9:18 - 9:22
    जहाँ तिब्रतर शहरीकरणले बृद्दहरूलार्इ
  • 9:22 - 9:23
    गाउँमै छाडेको छ।
  • 9:23 - 9:27
    बेभरिड्जले बनाएको र विश्वव्यापी भएको यो
  • 9:27 - 9:29
    विचारले यसखालका समस्या सम्बोधन गर्दैन।
  • 9:29 - 9:32
    एक्लोपन संबंधात्मक सामूहिक चुनौती हो
  • 9:32 - 9:36
    पूरानो तरिकाले यो सम्बोधन गर्न सकिदैन।
  • 9:36 - 9:39
    त्यसैले यो समस्या बुझ्न, केहिवर्ष पहिले
  • 9:39 - 9:42
    ६० बृद्दहरूको समूहसँग काम गर्न थाले
  • 9:42 - 9:44
    लन्डनमा, जहाँ म बस्छु।
  • 9:44 - 9:46
    म किनमेल गर्न गएँ, बिंगो खेलेँ
  • 9:46 - 9:48
    तर मुख्यरूपमा सुनेँ अवलोकन गरेँ।
  • 9:48 - 9:51
    म थाहा पाउन चाहन्थेँ के फरक गर्न सकिन्छ ?
  • 9:52 - 9:55
    तपैंले सोधे, उनीहरू २ चिज गर्न चाहन्छन्र।
  • 9:55 - 9:58
    उनीहरू कोही माथि गएर बत्ति फेरिदिउन वा
  • 9:58 - 10:00
    अस्पातालबाट बाहिरिदा साथी होस चाहन्छन।
  • 10:00 - 10:02
    चाहिएकोबेला व्यवहारिक सहयोग चाहन्छन।
  • 10:02 - 10:04
    र, उनीहरू रमाइलो गर्न चाहन्छन्।
  • 10:04 - 10:07
    बाहिर जान र अरूसँग रमाइलो गर्न चाहन्छन।
  • 10:07 - 10:11
    हामीले जस्तै साथी बनाउन चाहन्छन।
  • 10:11 - 10:14
    अनि हामीले फोन लियौ, र केहिमानिसहरू पनि
  • 10:14 - 10:17
    र, सेवा शुरू गर्यौ जसलार्इ 'सर्कल' भन्यौ
  • 10:17 - 10:20
    ० ८०० नम्बरको निशुल्क फोनसेवा शुरू गर्यौ
  • 10:20 - 10:23
    ताकी उनीहरुले सहयोग चाहिँदा फोन गर्न सकुन
  • 10:23 - 10:25
    थुप्रै कारणले उनीहरूले हामीलार्इ फोन गरे
  • 10:25 - 10:28
    पाल्तु जनावर विरामी हुँदा फोन गरे।
  • 10:28 - 10:31
    मोबाइल प्रयोग गर्न नजान्दा, डिभीडी बिग्रदा
  • 10:31 - 10:33
    अस्पतालबाट घर आउनका लागि साथी चाहिदा
  • 10:33 - 10:34
    उनीहरूले हामीलार्इ फोन गरेँ।
  • 10:34 - 10:38
    सर्कलले सामाजिक भित्रेपात्रो पनि बनाएको छ
  • 10:38 - 10:42
    बुनाइ, निशाना लगाइ, संग्रहालयभ्रमण, तातो-
  • 10:42 - 10:47
    बेलुन, जे भन्नुस, यी रमाइला चीजहरू जसले
  • 10:47 - 10:50
    मित्रताको गाँठो बाँधेको छ, यी चीजहरूलार्इ
  • 10:50 - 10:52
    मित्रताको सम्बन्धले प्रतिस्थापित गर्यो।
  • 10:53 - 10:55
    बेलिन्दाका बारेमा बताउन दिनुस ।
  • 10:55 - 10:59
    बेलिन्दा, सर्कलको सदस्य, नितम्ब शल्यक्रिया
  • 10:59 - 11:03
    गर्न अस्पाताल जाँदा सर्कलमा फोन गरिन।
  • 11:03 - 11:07
    डेमनले सोधे - कसरी सहयोग गर्न सक्छु?
  • 11:07 - 11:09
    बेलिन्दा भन्छिन- हैन ठिकै छ।
  • 11:09 - 11:11
    जोसेलिन किनमेल, टोनी बगैंचाको काम गर्छन
  • 11:11 - 11:14
    मेलिसा र जोय खाना पकाउन आउँदैछन
  • 11:14 - 11:17
    यसरी सर्कलका ५ जना सदस्य मिलेर
  • 11:17 - 11:19
    बेलिन्दाको स्याहार गर्छन।
  • 11:20 - 11:23
    ८० बर्षे बेलिन्दा, २५ वर्षको महशुस गर्छिन
  • 11:23 - 11:25
    तर उनले यो पनि भन्छिन कि
  • 11:25 - 11:29
    सर्कलमा पहिलो पटक आउँदा निकै अप्ठेरो भो,
  • 11:29 - 11:34
    तर पहिलो पटकदेखिको सामान्य हार्दिकताले
  • 11:34 - 11:37
    मित्रताको बलियो सम्बन्ध बनाउन पुग्यो।
  • 11:37 - 11:41
    यो सम्बन्धले महंगो सेवा प्रतिस्थापित गर्यो
  • 11:41 - 11:44
    सम्बन्धले नै यो सब पृथकता बनायो।
  • 11:46 - 11:48
    मलार्इ लाग्छ तीन तत्वहरू मिलेर नै
  • 11:49 - 11:51
    अचेलको सामाजिक समस्या समाधानका लागि
  • 11:52 - 11:54
    सम्बन्धलार्इ केन्द्रमा राख्न समर्थ हुन्छ।
  • 11:54 - 11:56
    पहिलो, समस्याका स्वरूपहरू
  • 11:56 - 11:59
    फेरिदा छन र समाधानका फरक उपाय आवश्यक छन।
  • 11:59 - 12:04
    दोश्रो, पैसा र जनशक्तिको आवश्यक प्रबन्ध
  • 12:04 - 12:05
    र, तेस्रो प्रविधी।
  • 12:06 - 12:09
    मैले पहिला दुर्इ तत्वका बारे बताइसके
  • 12:09 - 12:12
    प्रविधीले नै दृष्ट्रिकोण मापन र हजारौ
  • 12:12 - 12:14
    मानिसहरुलार्इ सघाउन सक्षमता राख्दछ।
  • 12:15 - 12:17
    हामीले प्रयोग गरेको यो प्रविधी सजिलो छ,
  • 12:17 - 12:21
    यो उपलब्ध डेटाबेस र मोबाइलफोनबाट बनेको छ
  • 12:21 - 12:23
    सर्कलले यहि विधी अपनाएको छ जसले स्थानीय-
  • 12:23 - 12:27
    समूहले हजार सदस्यसम्मलार्इ सघाउन सक्छ।
  • 12:27 - 12:30
    यसलार्इ अर्को संस्थासँग तुलना गर्न सकिन्छ
  • 12:30 - 12:31
    जुन १९७० मा बनाइएथे
  • 12:31 - 12:33
    जतिखेर यस्तो खाले विधी सम्भव थिएन
  • 12:33 - 12:37
    गुणस्तर वा दीगो जुन प्रविधीले सम्भव हुन्छ।
  • 12:38 - 12:41
    त्यसैले सम्बन्ध प्रविधीसँग जोडिएको छ
  • 12:41 - 12:44
    जसले बेभरिड्जको विधीलार्इ फेर्न सक्छ।
  • 12:44 - 12:47
    बेभरिड्जविधी संस्था र सिमित स्रोतका बारे छ
  • 12:47 - 12:50
    गुमनाम ब्यवस्थापकिय पहुँच।
  • 12:50 - 12:51
    मैले मेरो कार्यक्षेत्रमा देखेकी छु
  • 12:51 - 12:55
    कसरी स्रोतको ८०% मानिसहरूसम्म नपुगी
  • 12:55 - 12:57
    खर्च भैरहेको छ।
  • 12:57 - 12:58
    अधिकारीहरूले बढ्दै गएको प्रशासनिक
  • 12:59 - 13:01
    जटिलताको ब्यवस्थापन गर्नुपर्छ जुन
  • 13:01 - 13:05
    सेवाको पहुँचबाट मानिसहरूलार्इ रोकिरहेछ
  • 13:05 - 13:06
    वा, लाममा उभ्याइरहेछ।
  • 13:07 - 13:11
    र, हामीहरूको संबंधात्मक सर्कलको प्रारूप
  • 13:11 - 13:13
    यो तर्कको ठिक उल्टो छ।
  • 13:13 - 13:17
    यो भन्छ, जति धेरै मान्छे त्यति धेरै संबन्ध
  • 13:17 - 13:19
    र बलियो समाधान ।
  • 13:20 - 13:22
    म मेरो अन्तिम कथा भन्छु
  • 13:22 - 13:24
    जुन बेरोजगारी सम्बन्धी छ।
  • 13:25 - 13:28
    धेरै ठाउँहरूमा झैं बेलायतमा
  • 13:28 - 13:31
    हाम्रा कल्याणकारी राज्यहरू मानिसहरूलार्इ
  • 13:31 - 13:33
    काम दिलाउन र शिक्षा दिनका लागि
  • 13:33 - 13:35
    बनाइएका थिए, ताकी
  • 13:35 - 13:37
    उनीहरूलार्इ स्वस्थ राख्न सकियोस् ।
  • 13:37 - 13:40
    तर, यहाँपनि प्रणालीहरू असफल भैरहेछन
  • 13:40 - 13:41
    र, यसलार्इ ठीक पार्नका लागि
  • 13:41 - 13:45
    यी पुराना प्रणालीहरू प्रभावकारी बनाइँदैछ
  • 13:45 - 13:48
    जसले प्रक्रियालार्इ छोट्याएर मानिसलार्इ
  • 13:48 - 13:51
    विशेष्टीकरण गर्ने प्रयास भएका छन्।
  • 13:51 - 13:54
    यो संबंधात्मक विधीको उल्टो छ।
  • 13:55 - 13:59
    अनुमान गर्नुस् कतिले काम पाएका छन् अचेल?
  • 14:00 - 14:01
    भनसुनका आधारमा,
  • 14:01 - 14:06
    आज बेलायतमा धेरै जागिरको बिज्ञापन हुँदैन
  • 14:06 - 14:08
    साथीले तपाइँलार्इ जागिरकाे बारे भन्छ।
  • 14:08 - 14:10
    साथीले नै यसका लागि सिफारीश गर्छ। यो उन्नत
  • 14:10 - 14:15
    विविध सामाजिक संजालले काम पाउन सजिलो छ
  • 14:15 - 14:17
    सायद यहाँ उपस्थित केहिले सोच्दैहुनुहोला
  • 14:17 - 14:19
    "मैले बिज्ञापनबाटै जागिर पाएको हुँ।"
  • 14:19 - 14:22
    सायद कुनै साथीले त्यो एड देखाएको होला?
  • 14:22 - 14:24
    आवेदनका लागि प्रेरित गर्यो होला।
  • 14:24 - 14:25
    अनौठो नमान्नुस
  • 14:25 - 14:29
    जसलार्इ विविध संजाल आवश्यक छ,
  • 14:29 - 14:31
    ती नै यसबारे बेखबर छन् ।
  • 14:31 - 14:33
    यो थाहा पाउँदै,
  • 14:33 - 14:36
    लगानी र चालू प्रणालीको असफलता थाहापाउँदै
  • 14:36 - 14:39
    सम्बन्धलार्इ केन्द्रमा राखेर हामीले बनायौं
  • 14:39 - 14:44
    अरूहरूलार्इ भेट्ने प्रेरणा दिने सेवा बनायौ
  • 14:44 - 14:46
    काम भित्र वा बाहिरका मान्छेहरू
  • 14:46 - 14:47
    एकै संरचनामा काम गर्दै नयाँ अवसर
  • 14:47 - 14:49
    रोज्न सक्षम हुने प्रणाली बनायौं।
  • 14:50 - 14:54
    र, नयाँ प्रणालीको नतिजा पुरानो प्रणालीको
  • 14:54 - 14:56
    नतिजासँग तुलना गर्न गार्हो छ।
  • 14:56 - 14:58
    तर हाम्रा १ हजार सदस्यहरूसँगै
  • 14:58 - 15:01
    बिद्यमान प्रणालीभन्दा राम्रो गर्यौ।
  • 15:01 - 15:03
    त्यो मूल्यका आधारमा होस् या
  • 15:03 - 15:06
    प्रविधीको प्रयोगका आधारमा ।
  • 15:06 - 15:10
    तर सामाजिकसंजालले जस्तो संजाल बनाउन हैन।
  • 15:10 - 15:13
    हामीले मानिसहरूलार्इ आमनेसामने गरायौं।
  • 15:13 - 15:17
    साँचो सम्बन्ध बनायौ र काम भेट्न सघायौं।
  • 15:18 - 15:21
    १९४८ मा, जीवनको अन्त्यमा,
  • 15:21 - 15:23
    बेभरिड्जले तेस्रो प्रतिवेदन लेखे
  • 15:24 - 15:27
    उनले यसमा भने, उनले भयानक गल्ती गरे।
  • 15:28 - 15:32
    मानिसहरूलार्इ समुदायसँग बिच्छेद गराए।
  • 15:33 - 15:38
    उनले भने यस त्रुटीले मानिसहरूलार्इ
  • 15:38 - 15:40
    प्रशासनिकतन्त्र र संस्थाको बर्गिकरणमा
  • 15:40 - 15:44
    आफैलार्इ प्रतिबिम्बित गरायो।
  • 15:44 - 15:46
    र, मानव संबन्ध स्खलित बनाउँदै गयो।
  • 15:47 - 15:51
    तर दुर्भाग्य बेभरिड्जको अरू प्रतिवेदनभन्दा
  • 15:51 - 15:52
    तेस्रो प्रतिबेदन कमैले पढे।
  • 15:53 - 15:57
    तर आज मानिस र समुदायहरूलार्इ नयाँ प्रणाली
  • 15:57 - 16:01
    र नयाँ सेवाको केन्द्रमा ल्याउनु जरूरी छ ।
  • 16:02 - 16:04
    त्यो दृष्ट्रिकोण, संबंधात्मक कल्याण
  • 16:04 - 16:07
    हामीले यो पुरानो, जिर्ण, असुहाउँदो
  • 16:07 - 16:09
    मिति सकिएको प्रणाली छाड्नुपर्छ।
  • 16:09 - 16:12
    र, हामीले यो सामूहिक संबंधात्मक प्रणाली
  • 16:12 - 16:15
    जसले एल्लाको जस्तो परिवारलार्इ सहयोग गर्न
  • 16:15 - 16:17
    एक्लोपन हटाउने प्रणाली अंगिकार गर्नुपर्छ
  • 16:17 - 16:20
    यसले आधुनिक श्रमबजारमा मानिसहरूलार्इ सीपको
  • 16:20 - 16:21
    विशिष्टतासँगै काम दिन सक्छ।
  • 16:21 - 16:26
    यसले शिक्षा र स्वास्थ्य सम्बन्धी चूनौतीहरु
  • 16:26 - 16:30
    झैं अरू समस्याहरूको सम्बोधन गर्न सक्छ।
  • 16:30 - 16:33
    यो सबै सम्बन्धसँग सम्बन्धित छ ।
  • 16:33 - 16:36
    सम्बन्धहरू हामीसँग उपलब्ध जरूरी स्रोत हुन।
  • 16:36 - 16:38
    धन्यवाद ।
  • 16:38 - 16:41
    (ताली)
Title:
सामाजिक सेवाहरू समस्याग्रस्त छन् । हामी त्यो सुधार्न सक्छौं
Speaker:
हिलारी कोट्टाम
Description:

कहिलेकाही बेरोजगारी, लागूपदार्थ, खराब सम्बन्धहरू र केहि दुर्भाग्यका कारण एउटा परिवार अभावग्रस्त हुन्छ, अनि त्यहाँ सामाजिक सेवा प्रवाह गरी त्यसलार्इ अभावमुक्त गराउने ठानिन्छ । हिलारी कोट्टाम भन्छिन् – बेलायतमा यस्तो अभावग्रस्त परिवारका लागि विभिन्न ७० भन्दा बढी सेवाहरू उपलब्ध हुन्छन् तर ती मध्ये कुनै सेवाले केहि प्रभाव छाड्न सकेका छैनन । कोट्टाम जो स्वंय एक सामाजिक कार्यकर्ता हुन, उनले हामीहरूलार्इ यो जटिल र गम्भीर समस्याका समाधानका उपायका बारेमा सोच्न आग्रह गर्दैछिन। हामी कसरी यस्तो सहयोग चाहिएकाहरू र दिनेबीच सहयोगी र प्रेरक सम्बन्ध स्थापित गराउन सक्छौं ?

more » « less
Video Language:
English
Team:
closed TED
Project:
TEDTalks
Duration:
16:55

Nepali subtitles

Revisions