Return to Video

चाइनिज राशीको बयान

  • 0:01 - 0:04
    तपाईंलाइ कुनै चाइनिज साथीले
    कहिल्यै सोधेका छन् -
  • 0:04 - 0:05
    "तपाईंको राशी के हो" ?
  • 0:06 - 0:08
    यो कुनै सानोतिनो गफको प्रश्न होइन ।
  • 0:08 - 0:10
    यदि तपाईंले भन्नुभो मेरो राशी "बाँदर" हो
  • 0:10 - 0:12
    उनीहरुले थाहा पाईहाल्छन्
  • 0:12 - 0:15
    तपाई २४, ३६, ४८, ६० मध्ये कुनै
    वर्षको हुनुभो ।
  • 0:15 - 0:16
    -----(हाँसो)-----
  • 0:16 - 0:20
    राशी सोध्नु भनेको विनम्र तरीकाले
    तपाईंको उमेर सोध्नु हो ।
  • 0:21 - 0:25
    आफ्नो राशीको बारेमा थाहा दिएर, तपाईं
    आफ्नो मूल्याङ्कन गर्ने मौका दिनुहुन्छ ।
  • 0:25 - 0:29
    मूल्याङ्कन गरिने कुराहरु हुन्छन् -
    तपाईंको भाग्य, दुर्भाग्य,
  • 0:29 - 0:31
    तपाईको व्यक्तित्व, पेशा,
  • 0:31 - 0:33
    र तपाईंको कुनै निश्चित वर्ष कस्तो हुन्छ।
  • 0:33 - 0:36
    यदि तपाईंले आफ्नो र आफ्नो जोडाको
    राशी भन्नुभयो भने ,
  • 0:36 - 0:40
    उनीहरुको दिमागमा तपाईंको व्यक्तिगत
    जीवनको चित्र बन्नेछ ।
  • 0:41 - 0:43
    हुनसक्छ तपाईंलाइ चाइनिज राशी
    चिन्हमा विश्वास नलाग्ला ।
  • 0:43 - 0:47
    एक चौथाई विश्व यसबाट प्रभावित भएकोले पनि,
  • 0:47 - 0:50
    धेरै थोरै त्यसको बारेमा थाहा
    पाउनु राम्रै होला ।
  • 0:50 - 0:53
    बास्तबमा चाइनिज राशी चिन्ह के हो त ?
  • 0:54 - 0:57
    प्रायः पश्चिमाहरु ग्रीक-रोमन
    राशिमा विश्वास गर्छन् ।
  • 0:57 - 0:59
    जहाँ, १२ महिनालाई राशिको रुपमा
    बाँडेको हुन्छ ।
  • 1:00 - 1:02
    चाइनिज राशी अलि फरक छ ।
  • 1:02 - 1:05
    यसमा जनावरहरुले प्रतिनिधित्व गर्ने
    १२ वर्षे चक्र हुन्छ,
  • 1:05 - 1:08
    जुन मुसाबाट सुरु भएर सुँगुरमा
    पुगेर टुंगिन्छ,
  • 1:08 - 1:11
    र यसमा ग्रहहरुको स्थानको कुनै अर्थ छैन ।
  • 1:12 - 1:17
    उदाहरणको लागि , यदि तपाईंको जन्म १९७५ मा
    भएको हो भने, तपाईंको राशी खरायो हो ।
  • 1:17 - 1:19
    त्यहाँ आफ्नो राशी देख्न सक्नुहुन्छ ?
  • 1:20 - 1:25
    चाइनिज पुर्खाहरुले जटिल सैद्धान्तिक
    ढाँचाको निर्माण गरे,
  • 1:25 - 1:30
    जुन यीन र यांग, ५ तत्वहरु, १२ राशीका
    जनावरको आधारमा छ ।
  • 1:30 - 1:32
    बिगतका हजारौं बर्ष देखि,
  • 1:32 - 1:37
    यो संस्कृतिले मानव निर्णय प्रक्रियामा
    ठुलो भूमिका खेलेको छ ।
  • 1:37 - 1:42
    जस्तो: नामकरण, विवाह, जन्म र
    एक अर्का प्रतिको व्यवहार
  • 1:42 - 1:45
    कतिपय लगाव साह्रै अचम्मको पनि छ ।
  • 1:46 - 1:51
    चाइनिजहरु विश्वास गर्छन् कि कुनै एक
    जनावर भन्दा अर्को राम्रो हुन्छ ।
  • 1:51 - 1:56
    त्यसैले बच्चा जन्माउन कुनै
    निश्चित बर्ष छान्छन्,
  • 1:56 - 2:01
    किन कि, उनीहरुलाई विश्वास छ,
    जनावरहरुको सही संयोगले
  • 2:01 - 2:03
    परिवारको समृद्धिमा वृद्धि गर्छ ।
  • 2:04 - 2:08
    हामी रोमान्टिक सम्बन्ध बनाउनु
    अघि समेत राशी हेर्छौं ।
  • 2:09 - 2:14
    मेरो राशी सुँगुर हो; रोमान्सको लागि उत्तम
    मेरो राशी हो - बाघ, बाख्रा र खरायो ।
  • 2:15 - 2:19
    चाइनिजहरु बिश्वास गर्छन् कि केही जनावरहरु
    प्राकृतिकरुप मैं शत्रू हुन्छन् ।
  • 2:20 - 2:23
    सुँगुर हुनाले मैंले सधैं सर्पसंग
    सतर्क हुनुपर्छ ।
  • 2:23 - 2:25
    सर्प राशी हुनेहरु हात उठाउनुस् त !
  • 2:26 - 2:27
    अहिले पछि भेटेर कुरा गरौंला ।
  • 2:27 - 2:29
    -----(हाँसो)-----
  • 2:29 - 2:32
    कुनै एउटा भन्दा अर्को जनावर भाग्यशाली
    हुने कुरामा हाम्रो विश्वास छ,
  • 2:32 - 2:34
    जस्तै: ड्रागन ।
  • 2:34 - 2:36
    पश्चिमेली परम्पराभन्दा फरक,
  • 2:36 - 2:40
    चाइनिज ड्रागनलाइ शक्ति, सामर्थ्य र
    सम्पन्नताको प्रतीकको रुपमा हेरिन्छ ।
  • 2:40 - 2:43
    हरेक व्यक्तिको ड्रागन राशीको बच्चाको
    सपना हुन्छ ।
  • 2:43 - 2:46
    ज्याक मा'का आमा-बुवा पक्कै
    गौरवान्वित हुनुपर्छ ।
  • 2:46 - 2:48
    तर केवल उनीहरुमात्रै होइन ।
  • 2:48 - 2:51
    सन् २०१२, ड्रागन राशिको वर्ष,
  • 2:51 - 2:53
    चाइना, हंगकंग र ताइवानको जन्मदरमा
  • 2:53 - 2:55
    ५% ले वृद्धि भएको थियो ।
  • 2:56 - 2:59
    त्यसको अर्थ अर्को १० लाख बच्चाको जन्म
  • 3:00 - 3:03
    छोरी भन्दा छोराको प्राथमिकताहुने
    पुरातन चलन अनुसार,
  • 3:03 - 3:08
    त्यो बर्षको केटा र केटीको अनुपात
    १२० : १०० भएको थियो ।
  • 3:08 - 3:10
    जब यी ड्रागन बच्चाहरु हुर्किने छन्,
  • 3:10 - 3:15
    उनीहरुले प्रेम र नोकरीको क्षेत्रमा कठिन
    भन्दा कठिन प्रतियोगिता गर्नुपर्ने छ ।
  • 3:16 - 3:20
    BBC र चाइनिज सरकारको
    प्रेस वक्तव्य अनुसार,
  • 3:20 - 3:25
    सन् २०१५को जनवरीमा शल्य क्रियाको
    संख्या अत्यन्त बढेको थियो ।
  • 3:25 - 3:26
    किन ?
  • 3:27 - 3:30
    किनकि त्यो घोडा वर्षको अन्तिम महिना थियो ।
  • 3:30 - 3:33
    घोडा धेरै मनपर्ने भएर होइन कि,
  • 3:33 - 3:36
    उनीहरु त्यसभन्दा पछि शुरुहुने अशुभ
    बाख्रा राशीबाट बच्न चाहन्थे ।
  • 3:36 - 3:37
    -----(हाँसो)-----
  • 3:37 - 3:40
    बाख्रा राशी हुनेले दु:खमनाउ नगर्नुहोला ।
  • 3:40 - 3:42
    उनीहरु बाख्रा राशी भए पनि
  • 3:42 - 3:44
    मभन्दा धेरै सफल छन् ।
  • 3:44 - 3:45
    -----(हाँसो)-----
  • 3:45 - 3:48
    बाघ अर्को अनिच्छित जनावर हो,
  • 3:48 - 3:50
    उनीहरुको अस्थिर स्वभावको कारणले ।
  • 3:50 - 3:54
    यी वर्षहरुमा चाइनिज जनसंख्या वृद्धि
    उल्लेखनीय
  • 3:54 - 3:55
    रुपमा ओरालो लाग्छ ।
  • 3:56 - 4:00
    कसैले यो राशीलाई उल्टोबाट हेर्नु आवश्यक छ।
  • 4:00 - 4:04
    किन कि, बाघ र बाख्रा राशीहुनेहरुले
    अत्यन्त कम प्रतियोगिता गरे पुग्छ ।
  • 4:04 - 4:06
    न उनै पो भाग्यशाली हुन् कि !
  • 4:08 - 4:13
    फोब्स पत्रिकाको विश्वका सर्वाधिक धनी
    ३०० मान्छेहरु सूची हेर्दा,
  • 4:13 - 4:15
    रमाइलो प्रसंग छ यहाँ,
  • 4:15 - 4:18
    सबैभन्दा बढी अनिच्छित बाघ र
    बाख्रा राशीहुनेहरु
  • 4:18 - 4:20
    तालिकामा सबैभन्दा माथि छन्,
  • 4:21 - 4:22
    ड्रागन हुने भन्दा पनि माथि !
  • 4:22 - 4:24
    त्यसैले हामीले विचार गर्नुपर्छ,
  • 4:24 - 4:28
    थोरैमा प्रतियोगिता हुनु नै राम्रो हो कि !
  • 4:28 - 4:30
    अन्तिम तर रोचक प्रसंग:
  • 4:30 - 4:33
    धेरै चाइनिजहरु लगानीको निर्णय,
  • 4:33 - 4:36
    आफ्नो राशी सूचकांकको आधारमा गर्छन् ।
  • 4:37 - 4:40
    राशी चिन्हमाथिको विश्वास
  • 4:40 - 4:42
    हजारौं बर्ष पुरानो भएपनि,
  • 4:43 - 4:46
    मूख्य निर्णय लिने बेलामा यसको प्रयोगको चलन
  • 4:46 - 4:50
    विगतका केही सताब्दिदेखि मात्रै
    भएको देखिन्छ ।
  • 4:50 - 4:54
    हाम्रा पुर्खाहरु गरिवी, सुक्खा, अनिकाल,
  • 4:54 - 4:58
    रोग र गृहयुद्धसंग संघर्ष गर्दैमा बिते ।
  • 4:58 - 5:04
    अहिले आएर चाइनिज जनसंख्यासंग
    समय, सम्पत्ति र प्रविधि छ,
  • 5:04 - 5:07
    र आफुले चाहेजस्तो जीवन जिउन सक्षम छन् ।
  • 5:08 - 5:11
    १.३ अरब जनसंख्याले गरेको सामूहिक निर्णयले
  • 5:11 - 5:16
    अस्थिर अर्थनीति र सबैकुराको
    मागमा असर गर्यो-
  • 5:16 - 5:20
    स्वास्थ्य सेवा, शिक्षा देखि लिएर सम्पत्ति
    र उपभोग्य सामग्री सम्म
  • 5:21 - 5:26
    जसरी चाइनाले अन्तरराष्ट्रिय अर्थनीति र
    सम्बन्धमा ठुलो भूमिका खेल्छ,
  • 5:26 - 5:30
    राशी एवं अन्य पुरातनमा आधारित
    चिनियाँ निर्णयले
  • 5:30 - 5:34
    विश्वभरीकै मानिसहरुलाई असर गर्दछ ।
  • 5:35 - 5:37
    बाँदर राशी हुने कोही छ ?
  • 5:38 - 5:41
    २०१६ बाँदर राशिको बर्ष हो
  • 5:41 - 5:47
    बाँदरहरु चलाख, जिज्ञासु, सृजनशील
    र उपद्रवी हुन्छन्
  • 5:47 - 5:48
    ---- धन्यवाद -----
  • 5:48 - 5:51
    ---- ताली -----
Title:
चाइनिज राशीको बयान
Speaker:
शाओलान हु
Description:

विश्व जनसंख्याको एकचौथाईले चाइनिज राशीको खुबै विचार गर्छ । तपाईं यसमा विश्वास गर्नुहुन्न भने पनि थाहा पाईराख्नु राम्रो भन्छिन् टेक्नोलोजिस्ट एवं व्यवसायी शाओलान हु । यो रमाइलो तथा जानकारीमुलक व्याख्यानमा शाओलान हु यस पुरातन प्रबिधिबारे बुझ्ने तरीका बताउनको साथै, आफ्नो व्यक्तित्व, जीविका, विवाह आदिको बारेमा गरिने विश्वासको बारेमा बताउछिन् । तपाईंको राशिले के भन्छ त ?

more » « less
Video Language:
English
Team:
closed TED
Project:
TEDTalks
Duration:
06:04
Deepak Basyal approved Nepali subtitles for The Chinese zodiac, explained
Guhanath Paudel गुहनाथ पौडेल accepted Nepali subtitles for The Chinese zodiac, explained
Guhanath Paudel गुहनाथ पौडेल edited Nepali subtitles for The Chinese zodiac, explained
Guhanath Paudel गुहनाथ पौडेल edited Nepali subtitles for The Chinese zodiac, explained
Guhanath Paudel गुहनाथ पौडेल edited Nepali subtitles for The Chinese zodiac, explained
Guhanath Paudel गुहनाथ पौडेल edited Nepali subtitles for The Chinese zodiac, explained
Guhanath Paudel गुहनाथ पौडेल edited Nepali subtitles for The Chinese zodiac, explained
Guhanath Paudel गुहनाथ पौडेल edited Nepali subtitles for The Chinese zodiac, explained
Show all

Nepali subtitles

Revisions

  • Revision 16 Edited
    Guhanath Paudel गुहनाथ पौडेल