Return to Video

लाउरा ट्रीस सल्लाह दिन्छिन्, हामी सबै धन्यवाद भन्न सिकौं

  • 0:00 - 0:04
    नमस्कार ! म यहाँ प्रशंसा, श्रद्धा र धन्यवादको
  • 0:04 - 0:07
    महत्व बारे यहाँहरु संग केहि कुरा गर्न आएको छु
  • 0:07 - 0:09
    र त्यसलाई निर्दिष्ट र यथार्थ पार्ने कोसिश का साथ |
  • 0:09 - 0:11
    र मलाई यसमा रुची यसरी आयो,
  • 0:11 - 0:14
    म हुर्कदै गर्दा र केहि बर्ष अघि सम्म पनि
  • 0:14 - 0:15
    मैले आफुमै केहि कुरा महसुस गरे
  • 0:15 - 0:17
    कि म भित्र कसैलाई धन्यवाद भन्ने इच्छा छ
  • 0:17 - 0:18
    मलाई उनीहरुको प्रशंसा गर्ने इच्छा छ,
  • 0:18 - 0:20
    मलाई उनीहरू ले मैले गरेको प्रशंसा ग्रहण गरुन भन्ने इच्छा छ
  • 0:20 - 0:22
    तर म यसै रोकिए |
  • 0:22 - 0:25
    अनि मैले आफैले सोधे, किन त?
  • 0:25 - 0:27
    मलाई शर्म भयो, धक महसुस भयो |
  • 0:27 - 0:29
    अनि एउटा प्रश्न उब्जियो,
  • 0:29 - 0:31
    के म मात्र हुँ त यस्तो गर्ने?
  • 0:31 - 0:32
    अनि मैले यसको छिनोफानो गर्ने निर्णय गरेँ |
  • 0:32 - 0:35
    म भाग्यमानी यस अर्थमा छु कि मैले पुनर्स्थापना केन्द्रमा काम गर्न पाए,
  • 0:35 - 0:38
    मैले दुर्व्यसन का कारणले जीवन र मृत्यु को सामना गरिरहेका व्यक्तिहरु संग भेट्ने मौका पाएँ |
  • 0:38 - 0:42
    कहिलेकाहीं त्यो सबको कारण एउटा अत्यन्त साधारण कुरा सम्म आइपुग्छ,
  • 0:42 - 0:47
    उनीहरू को भित्रि पिडा उनीहरू का पिता एक पटक पनि उनीहरुको गर्ब नगरी स्वर्गवास भए |
  • 0:47 - 0:49
    अनि उनीहरू आफ्ना परिवार, आफन्त र साथीभाईहरु बाट सुन्छन्
  • 0:49 - 0:52
    कि उनका पिताले सबैलाई उनी आफ्नो छोरा प्रति गर्ब गर्ने कुरा सबैलाई भनेका थिए,
  • 0:52 - 0:53
    तर आफ्नो छोरालाई कहिले भनेनन् |
  • 0:53 - 0:56
    त्यो किन भने उनलाई त्यो कुरा आफ्नो छोराले सुन्न पर्छ भन्ने थाहा नै थिएन |
  • 0:56 - 1:00
    त्यसैले मेरो प्रश्न, हामी आफुलाई चाहिने कुरा किन माग्दैनौं त ?
  • 1:00 - 1:02
    म एक जना पच्चीस बर्ष देखि विवाहित महासय लाई चिन्छु
  • 1:02 - 1:04
    जो आफ्नी पत्नी बाट सुन्न चाहन्छन कि
  • 1:04 - 1:07
    "तपाईलाई धन्यवाद आयआर्जन गरिदिएकोले ताकि म यी बालबच्चाको साथ मा घर बस्न सकें"
  • 1:07 - 1:08
    तर कहिले पनि माग्दैनन |
  • 1:08 - 1:10
    म एक जना महिलालाई चिन्छु हो यो काममा निपुण छिन |
  • 1:10 - 1:12
    उनि, हप्ता मा एक पटक आफ्ना श्रीमान् लै भन्छिन्,
  • 1:12 - 1:16
    "मैले यो घर र बालबच्चाहरु को लागि जे जे गरे त्यसको लागि तपाईले मलाई धन्यवाद दिनुहोस् भन्ने चाहान्छु"
  • 1:16 - 1:19
    अनि उनि भन्छन, "ओहो, यो अति सुन्दर हो, अति सुन्दर हो"
  • 1:19 - 1:21
    र प्रसंशा साँच्चिकै निष्कपट हुनुपर्छ,
  • 1:21 - 1:23
    तर पनि उनि त्यो जिम्मेवारी लिन्छिन् |
  • 1:23 - 1:26
    अनि मेरो एक जना साथी, अप्रिल, जो म संग शिशु कक्षा देखि छिन्,
  • 1:26 - 1:29
    उनि आफ्ना नानीहरु लाई आफ्नो काम गर्दा पनि धन्यवाद दिन्छिन् |
  • 1:29 - 1:31
    अनि उनले भनिन्, "म किन धन्यवाद नदिउँ, त्यो उनीहरू ले गर्नै पर्ने भएता पनि?
  • 1:31 - 1:33
    अब प्रश्न यो आउछ कि, म किन त्यो कुरा लाई रोकिरहेको थिए त?
  • 1:33 - 1:34
    अन्य व्यक्तिहरुले किन रोकिरहेका छन् त?
  • 1:34 - 1:37
    म किन "मलाई ठिक्क पाकेको सेकुवा मन पर्छ,
  • 1:37 - 1:40
    मलाई छ नंबर को जुत्ता चाहिन्छ," भन्छु, तर
  • 1:40 - 1:42
    "के तपाई मलाई यसरी प्रसंशा गर्नुहुन्छ?"
  • 1:42 - 1:46
    र त्यो किन कि म तपाईलाई मेरो बारे सम्वेदनशील तथ्य दिईरहेको छु |
  • 1:46 - 1:48
    म तपाईलाई म कहाँ असुरक्षित छु भनिरहेको छु |
  • 1:48 - 1:50
    म तपाईलाई मलाई तपाईको सहयोग कहाँ चाहिन्छ भनिरहेको छु |
  • 1:50 - 1:53
    र पनि म तपाई, मेरो निकटस्थ, लाई
  • 1:53 - 1:55
    शत्रु जस्तो व्यवहार गरिरहेको छु |
  • 1:55 - 1:57
    किनकि तपाईले त्यो तथ्य लाई के गर्नुहुन्छ भनेर?
  • 1:57 - 1:59
    तपाईले मलाई वेवास्था गर्न सक्नुहुन्छ |
  • 1:59 - 2:00
    तपाईले त्यसलाई दुरुपयोग गर्नसक्नु हुन्छ
  • 2:00 - 2:02
    अथवा तपाईले साच्चिकै मेरो आवश्यकता पुरा गर्न सक्नुहुन्छ |
  • 2:02 - 2:04
    अब मैले मेरो बाईक लाई बाईक पसल मा लगें - यो प्रसङ्ग मलाई मन पर्छ --
  • 2:04 - 2:07
    त्यहि बाईक, र उनीहरुले चक्कालाई सन्तुलित बनाउछन |
  • 2:07 - 2:09
    त्यो गर्ने मान्छे ले भन्यो, "तपाईलाई थाहा छ, जब तपाई चक्का लाई सन्तुलित पार्नु हुन्छ,
  • 2:09 - 2:10
    त्यसले त्यो बाईक लाई धेरै राम्रो बनाउछ |"
  • 2:10 - 2:12
    म त्यहि बाईक फिर्ता पाउछु,
  • 2:12 - 2:15
    र उनीहरुले त्यहि चक्काको सबै स-साना असन्तुलन हटाउछन्
  • 2:15 - 2:18
    त्यो म संग साढे-दुई बर्ष सम्म थियो, र अब एकाएक मेरो बाईक नयाँ जस्तै भयो |
  • 2:18 - 2:20
    त्यसैले म तपाईहरु लाई चुनौती दिनचाहान्छु |
  • 2:20 - 2:22
    म तपाईहरु आफ्नो चक्का सन्तुलित बनाउनुहोस भन्ने चाहान्छु :
  • 2:22 - 2:25
    आफुले सुन्न चाहेको प्रसंशा बारे इमान्दार हुनुहोस |
  • 2:25 - 2:27
    तपाई के सुन्न चाहनुहुन्छ ? घरमा आफ्नी श्रीमती संग जानुस
  • 2:27 - 2:29
    र उनलाई सोध्नुस, उनि के चाहिन्छिन ?
  • 2:29 - 2:31
    घरमा आफ्ना श्रीमान संग जानुस -- उनि के चाहन्छन ?
  • 2:31 - 2:34
    घर जानुस र यी प्रश्नहरु सोच्नुस र त्यसपछि आफु वरिपरी का अन्य लाई सहयोग गर्नुस् |
  • 2:34 - 2:35
    र त्यो एकदमै साधारण छ |
  • 2:35 - 2:37
    हामीले यसको वास्ता नै किन गर्ने र ?
  • 2:37 - 2:38
    हामी विश्व शान्ति को कुरा गर्छौ |
  • 2:38 - 2:41
    विभिन्न संस्कृति, विभिन्न भाषाहरु बाट हामी कसरी विश्व शान्ति प्राप्त गर्न सक्छौ ?
  • 2:41 - 2:45
    मलाई लाग्छ यो सब घर घर बाट सुरु हुन्छ, एउटै छाना मुनि |
  • 2:45 - 2:47
    त्यसैले हामी यसलाई आफ्नै आँगन बाट सुरु गरौं |
  • 2:47 - 2:49
    म यहाँ दर्शकदीर्घा सबै लाई धन्यवाद दिन चाहान्छु
  • 2:49 - 2:51
    एक महान पति, महान आमा,
  • 2:51 - 2:53
    साथीभाई, छोरीहरु अनि छोराहरु भईदिनु भएको मा |
  • 2:53 - 2:54
    तपाईहरुलाई कहिल्यै कसैले त्यसो भनेको छैन होला,
  • 2:54 - 2:56
    तर तपाईहरुले साँच्चिकै राम्रो काम गर्नुभएको छ |
  • 2:56 - 2:59
    र यहाँ उपस्थित भईदिनु भएको मा धेरै धन्यवाद, यहाँ आइदिएर
  • 2:59 - 3:02
    र आफ्ना विचारहरु द्वारा संसार मा परिवर्तन ल्याउनुभएको मा |
  • 3:02 - 3:04
    धन्यवाद |
  • 3:04 - 3:11
    (ताली)
Title:
लाउरा ट्रीस सल्लाह दिन्छिन्, हामी सबै धन्यवाद भन्न सिकौं
Speaker:
Laura Trice
Description:

यो ३-मिनेट को साधारण लाग्ने असाधारण प्रस्तुतिमा डा. लाउरा ट्रीस "धन्यवाद" भन्ने जादुमय शब्दको शक्ति माथि मन्थन गर्छिन -- मित्रता बढाउन, सम्बन्ध सुधार गर्न, अनि अर्को व्यक्तिलाई उनीहरू आफ्नो लागि कति महत्व राख्छन भन्ने जानकारी रहिरहोस भन्ने पक्का गराउन | प्रयास गर्नुस् |

more » « less
Video Language:
English
Team:
closed TED
Project:
TEDTalks
Duration:
03:11
Suresh Gautam added a translation

Nepali subtitles

Revisions