Return to Video

गाजाका घटनाहरु बाहिर लेराउन, किन म आफ्नो जीवन दाउमा लगाउछु

  • 0:02 - 0:04
    नमस्कार !!
  • 0:04 - 0:07
    यो मेरो पहिलो यात्रा हो,
  • 0:07 - 0:11
    जीवनमा पहिलो पटक म
    गाजा क्षेत्र भन्दा बाहिर छु ।
  • 0:11 - 0:13
    यहाँ उभिन पाउँदा साह्रै खुशी छु ।
  • 0:13 - 0:17
    (ताली)
  • 0:19 - 0:25
    मेरो लक्ष्य पायलट हुने थियो,
    विमान उडाउने,
  • 0:25 - 0:29
    स्वतन्त्रतापूर्वक आकाशमा उड्ने,
    आकाशलाई छुने,
  • 0:30 - 0:32
    तर त्यो पुरा भएन ।
  • 0:32 - 0:36
    किन कि, म गाजा क्षेत्रमा बस्छु, जहाँ
    एअरपोर्ट नै छैन ।
  • 0:37 - 0:40
    सबैतिरका बोर्डरहरु बन्द छन ।
  • 0:41 - 0:44
    हामी संसारकै ठुलो जेलमा बस्छौं ।
  • 0:45 - 0:50
    म मात्र एउटा काम गर्न सक्छु, त्यो हो
    आकाशतिर फर्केर हेर्नु ।
  • 0:50 - 0:54
    कुनै दिन, ४/५ घण्टा बत्तीआयो भने,
    हामी आफूलाई
  • 0:54 - 0:56
    भाग्यशाली सम्झिन्छौँ ।
  • 0:57 - 1:03
    चिसोबढेमा घर बाहिर वा छानामा आगो बाल्छौं
  • 1:03 - 1:05
    कहिले काहीं, त्यहि आगोमा खान पकाउछौं ।
  • 1:06 - 1:08
    मेरो मातृभूमिमा आउने पत्रकारहरुलाई
    त्यहाँको
  • 1:11 - 1:16
    घटनाको बास्तबिक स्थिति बुझ्न आवश्यक
    व्यवस्था मिलाउनु नै मेरो काम हो ।
  • 1:16 - 1:19
    धेरै बिहानिहरु, म पत्रकारहरु जम्मा गर्न
  • 1:19 - 1:21
    बोर्डर छेउ पुग्छु ।
  • 1:21 - 1:24
    पत्रकारहरुमाथि केहि घटना घटे वा,
  • 1:24 - 1:28
    पत्रकारहरुले प्रशारण गर्न चाहेको
    कुनै प्रसंग
  • 1:28 - 1:31
    सरकारले जानकारी दिन नचाहेमा
  • 1:31 - 1:33
    अप्ठ्यारो पर्न सक्छ ।
  • 1:35 - 1:38
    पत्रकारहरु, फिल्म निर्माता, समाचार
    संकलन सदस्यहरुलाइ
  • 1:38 - 1:43
    देशको विभिन्न ठाउंहरु देखाउनु,
    मेरो पेशागत कार्य हो ।
  • 1:44 - 1:48
    मलाई बिश्वास छ, पत्रकार र समाचार संकलन
    सदस्यहरु मात्रै नभएर,
  • 1:48 - 1:51
    गाजा पट्टिका समूदायसंगको सम्बन्ध नै
  • 1:51 - 1:54
    मेरो सफलताको कारण हो ।
  • 1:55 - 1:59
    आफ्नोबारेमा केहि भन्न नचाहने समूदायहरुलाइ
  • 2:00 - 2:04
    म कुनै जबर्जस्ति गर्दिन ।
  • 2:04 - 2:07
    म जस्तै, उनीहरुपनि मानव हुन् ।
  • 2:10 - 2:14
    पछिल्लो १० बर्षमा मैंले धेरै सम्बन्धहरु
    विस्तार गरेकी छु ।
  • 2:15 - 2:16
    त्यसैले,
  • 2:16 - 2:20
    म ती मानिसहरुसम्म पुगेर जानकारी
    लिन सक्षम छु,
  • 2:20 - 2:22
    जहाँ अरु पत्रकारहरु पुग्न सक्दैनन् ।
  • 2:22 - 2:28
    कतिपय अवस्थामा, मलाई लाग्छ, महिला भएकोले
    म संग अझ बढी शक्ति छ ।
  • 2:29 - 2:32
    मेरो समूदायका धेरै पुरुष पत्रकारहरु,
  • 2:32 - 2:36
    लागु औषध लतबारे मुख्य समाचार
    बनाउन चाहन्छन् ।
  • 2:37 - 2:41
    गाजामा जब सुरुङ्ग बन्यो, यो समस्या
    पनि त्यहीं बाट सुरु भो ।
  • 2:42 - 2:45
    गाजालाइ घेराबन्दी गरिएको समयमा
  • 2:45 - 2:47
    दैनिक जीवनका प्रमुख साधनहरु जस्तै :
    खाद्यान्न, निर्माण
  • 2:47 - 2:51
    रअरु आवश्यकताका सामाग्रीहरु
    यसै सुरुङ्गबाट लेराइन्थ्यो ।
  • 2:51 - 2:56
    अहिले इजिप्टतर्फको भाग बढीले बगाएकोले,
  • 2:56 - 2:58
    यो सुरुङ्ग प्रयोगमा छैन ।
  • 2:58 - 3:01
    तर यहि सुरुङ्ग लागु औषध तस्करीको
  • 3:01 - 3:04
    मार्ग बनेको छ र युवाहरु दुर्व्यसनमा
    फसेका छन् ।
  • 3:05 - 3:08
    प्यालिस्टेनी समूदायको चलनमा
  • 3:08 - 3:12
    पुरुषहरुलाई अर्काको घरमा प्रवेश निषेध छ ।
    त्यसैले पुरुष पत्रकारले,
  • 3:12 - 3:15
    यो प्रसंग संकलन गर्न सकेनन् ।
  • 3:15 - 3:17
    तर मैंले सकेँ ।
  • 3:19 - 3:22
    मैंले अशल श्रीमान पाएकी छु ।
  • 3:22 - 3:25
    समाजले गर्ने अनेक नकारात्मक
    टिकाटिप्पणीका बाबजुदपनि
  • 3:25 - 3:28
    उहाँले मेरो काममा सहयोग गर्नुहुन्छ ।
  • 3:29 - 3:32
    अहिले वहाँ २ बच्चाहरुसंग घरमा हुनुहुन्छ
  • 3:32 - 3:34
    र तेस्रो मेरो पेटमा हुर्कैदै छ ।
  • 3:35 - 3:40
    (ताली)
  • 3:41 - 3:44
    काममा हुँदा, हरेक २ घन्टामा
    म श्रीमानलाई फोन गर्छु
  • 3:44 - 3:45
    यदि मैंले फोन गरिन भने,
  • 3:45 - 3:48
    मेरो श्रोत व्यक्तिसंग सम्पर्क गर्नुहुन्छ,
  • 3:48 - 3:49
    जो मेरो विश्वासिलो छ र आवश्यक
  • 3:49 - 3:52
    स्थानसम्म पुग्ने व्यवस्था मिलाईदिने गर्छ ।
  • 3:57 - 3:59
    एक पटक गाजामा,
  • 3:59 - 4:04
    ब्रिटिस पत्रकार एलन जोनस्टोनको
    अपहरण भएको ताका
  • 4:04 - 4:08
    मलाई एउटा अमेरिकी पत्रिकाले गाजामा
  • 4:08 - 4:13
    अपहरणकारीसंग भेट गराईदिन भन्यो,
    र मैंले त्यसको व्यवस्ता मिलाएँ ।
  • 4:14 - 4:17
    त्यो पत्रकार र मलाई,
  • 4:17 - 4:20
    उनीहरु बसेको होटेलको बाहिर भेट्न बोलाए ।
  • 4:22 - 4:27
    उनीहरु आए र हामीलाई ऐना समेत कालो भएको
    कालो रंगको भ्यानमा लिएर गए,
  • 4:27 - 4:29
    उनीहरुले अनुहारमा मास्क लगाएका थिए ।
  • 4:31 - 4:37
    उनीहरुले हामीलाई टाढा लिएर गए,
    कुनै मध्ये क्षेत्रमा ।
  • 4:37 - 4:39
    हाम्रो फोन उनीहरुले लिए,
  • 4:39 - 4:44
    हामीले ती अपहरणकारीसंग खुला मैदानमा
    अन्तर्वार्ता लियौं ।
  • 4:46 - 4:47
    त्यो दिन म साह्रै डराएको थिएँ ,
  • 4:47 - 4:50
    र त्यो दिन म कहिले बिर्सिन सक्दिन ।
  • 4:52 - 4:55
    म जे गरिरहेको छु, किन गर्दैछु ?
  • 4:55 - 4:58
    मलाई लाग्छ, यदि मैले यो काम गरिन भने,
  • 4:58 - 5:03
    गाजा भित्रको अवस्था बारेमा
    संसार अनभिज्ञ हुन्छ ।
  • 5:04 - 5:08
    म तपाईंलाइ मेरो देशको अरु धेरै
    प्रसंगहरु सुनाउन सक्छु ।
  • 5:08 - 5:10
    ती सबै नराम्रा मात्रै पनि छैनन् ।
  • 5:11 - 5:16
    मलाई मेरो देशको माया लाग्छ ।
    त्यहाँकोअवस्था बिकराल,
  • 5:16 - 5:20
    घेराबन्दी, गरिबी, बेरोजगारीको डरलाग्दो
    अवस्थाबाट गुज्रीरहेको भएपनि
  • 5:20 - 5:21
    त्यहाँ अझै जीवन छ ।
  • 5:22 - 5:27
    त्यहाँपनि असाधारण सामर्थ्य
    र सपना भएका व्यक्तिहरु छन् ।
  • 5:28 - 5:32
    हामी संग राम्रो संगीत र बिशेष
    संगीत विद्यालय छ ।
  • 5:32 - 5:36
    हामीसंग पार्कर डान्सर छन्, जो भत्केको
    घर भित्र पनि नाचको अभ्यास गर्दछन् ।
  • 5:38 - 5:41
    गाजा नै अरब देशहरु मध्येको
    एक मात्र देश हो,
  • 5:41 - 5:45
    जहाँ मुस्लिम र क्रिस्चियन
    मिलेर बसेका छन् ।
  • 5:47 - 5:52
    (ताली)
  • 5:52 - 5:53
    युद्धको समयमा,
  • 5:53 - 5:57
    बच्चाहरुलाई छोडेर बिहानै घरबाट निस्कनु
  • 5:57 - 5:59
    सबै भन्दा कठिन कार्य हो ।
  • 5:59 - 6:03
    म हरेक दिन उनीहरुको फोटो खिच्ने गर्छु,
  • 6:03 - 6:07
    किनकि, मलाई थाहा छैन, फर्केर आइपुग्छु
    कि पुग्दीन ।
  • 6:08 - 6:14
    गाजामा समन्वयकर्ता र पत्रकार बन्नु
    खतरापूर्ण कार्य हो ।
  • 6:15 - 6:18
    जब म गोलि चलेको वा बम पढ़केको
    आवाज सुन्छु,
  • 6:18 - 6:21
    म त्यतै दौडीहाल्छु,
  • 6:21 - 6:25
    किनकि म घटनाको बारेमा जानकारीदिने
  • 6:25 - 6:29
    पहिलो व्यक्ति बन्न चाहन्छु ।
  • 6:32 - 6:36
    केटाकेटीहरु सानो हुँदा, जब हामी
    युद्धको आवाज सुन्थ्यौं,
  • 6:36 - 6:40
    हामी उनीहरुलाई यो पटाकाको आवाज हो
    भनेर सम्झाउथ्यौं ।
  • 6:40 - 6:43
    अब उनीहरु हुर्की सके, आफै बुझ्ने भइसके ।
  • 6:44 - 6:48
    म डरलाग्दा सपनाहरु देख्ने गर्छु,
  • 6:48 - 6:52
    किनकि युद्धको समयमा मैंले
  • 6:52 - 6:56
    धेरै युवाहरुको धेरै लाश देखेकोछु ।
  • 6:56 - 7:00
    हाला नाम गरेकी सानी केटीलाई अझै सम्झिन्छु,
  • 7:01 - 7:03
    उसको परिवारमा जीवित रहने उ एउटी मात्रै थिई
  • 7:04 - 7:07
    उसको तस्वीर म संग सधैं रहीरहने छ ।
  • 7:07 - 7:09
    म उसलाई कहिले बिर्सिन सक्दिन ।
  • 7:13 - 7:17
    यहाँ, तपाईंहरुको सामुन्ने उभिएर बोल्दा,
    म गौरवान्नित छु ।
  • 7:18 - 7:25
    संसारको एउटा सानो कुना गाजाको
    राम्रा नराम्रा कथाहरु
  • 7:25 - 7:29
    सुनाउन पाउँदा, मलाई गर्व लाग्दछ ।
  • 7:29 - 7:34
    यस क्षेत्रमा काम गर्ने गाजाको
    पहिलो महिला हो म ।
  • 7:34 - 7:38
    रमाइलो कुरा, मलाई "गाजाको राम्बो" भन्छन् ।
  • 7:38 - 7:41
    (हाँसो)
  • 7:41 - 7:46
    मलाई आशा छ, कुनै दिन, म मेरो देशका
    अरुपनि महिलाहरुको
  • 7:46 - 7:49
    प्रसंग सुनाउने अवसर पाउने छु ।
  • 7:49 - 7:53
    म आशा गर्दछु, कुनै दिन, यहि क्षेत्रमा
    आउन चाहने महिलाहरुलाई
  • 7:53 - 7:55
    मद्धत गर्न सक्नेछु ।
  • 7:55 - 8:00
    कहिले कहीं यस्तो पनि लाग्छ, अब
    म यो काम गर्न सक्दिन,
  • 8:00 - 8:02
    यहाँ भन्दा अगाडी जान सक्दिन ।
  • 8:02 - 8:05
    तर फेरी यी शब्दहरु सम्झिन्छु : -
  • 8:05 - 8:08
    "आफ्नो चुनौतीलाइ सिमित नगर,
    बरु सिमिततालाइ चुनौती गर ।
  • 8:08 - 8:12
    तिम्रो पाइला रोक्ने अधिकार कसैलाई नदेउ ।"
  • 8:14 - 8:15
    धन्यवाद !!
  • 8:15 - 8:22
    (ताली)
Title:
गाजाका घटनाहरु बाहिर लेराउन, किन म आफ्नो जीवन दाउमा लगाउछु
Speaker:
अमिरा हारोउडा
Description:

अमिरा हारोउडा गोलि चलेको वा बम पड्केको आवाज सुन्नासाथ त्यतै दौडीहाल्छिन । गाजा क्षेत्रकि महिला संचारकर्मी अमिरा भन्छिन - "म त्यो घटनास्थलमा पुग्ने पहिलो व्यक्ति बन्न चाहन्छु, किनकि त्यहाँको बिषयबस्तु बाहिर आउनुपर्छ ।" देशको डरलाग्दो अवस्थाको बाबजुदपनि, उनि बिदेशी संचारकर्मीलाइ युद्ध र घटनास्थलको पथ प्रदर्शन गराउने आफ्नो कामलाई मन पराउछिन । यो महत्वपुर्ण कुराकानीमा अमिरा गाजाका महिलाहरुको आवाज बाहिर प्रस्तुतगर्ने उनको आँटको कारण सुनाउदैछिन् ।

more » « less
Video Language:
English
Team:
closed TED
Project:
TEDTalks
Duration:
08:38

Nepali subtitles

Revisions Compare revisions