प्रश्न- "ब्रह्माण्ड को सबै भन्दा आश्चर्यजनक सत्य के हो? हामिलाई भनिदिनुस" सबै भन्दा आश्चर्यजनक सत्य यो कुरा को ज्ञान होकी पृथ्वीको जीवहरु बनाउने अणु मान्छे को शरीर बनाउने अणुहरुको सुरुवात ताराहरुबाट भयो, यी ताराहरुले स-साना अणुहरुलाई मिलाए अरु विभिन्न ठुला अणुहरु बनाए- अत्यधिक तापमान अनि चापमा | यी मध्ये ठुला ताराहरु समय बित्दै जादा अस्थिर भए यी ताराहरु सानो हुदै गए, अनि पद्किदै, आफु भित्र भएका अणुहरु आकाशगंगा भरि फैलाए कार्बन, नाइट्रोजन, अक्सीजन अनि जीव र जीवनलाइ चाहिने अरु अधारभूत तत्व । यी परमाणुहरु बादलबन्दै फेरी एक अर्कासंग मिसिस्दै, सुर्यमण्डलको नयाँ पुस्ता जन्माए नया ताराहरु अनि जीव र जीवनको आधारभूत तत्वले भरिएका ग्रहहरु बनाए त्यसैले जब म रात को आकाशमा हेर्छु - हो मलाई थाहा छ , म यो ब्रह्माण्डको सानो अंश हुँ हामी यो ब्रह्माण्ड मा बस्छौं, तर यी भन्दामापनि महत्वपुर्ण सत्य यो हो कि हामी भित्र ब्रह्माण्ड छ जब म यो कुरा सोच्छु, आकाशमा हेर्छु ब्रह्माण्ड ठुलो भाकाले धेरै मान्छे आफुलाई सानो ठान्छन तर म आफुलाई ठुलो महसुस गर्छु, किन भने मेरो शरीरका अणुहरु माथिका ताराहरुबाट आएका छन् ताराहरु र मेरो सम्बन्ध छ हाम्रो यो जीवनमा सबैलाई सम्बन्द अनि सन्धर्भ चाहिन्छ, मान्छेलाई संसारमा भैरहेका कुराहरुमा सहभागी हुन मनलाग्छ यसरी बाँचेर मात्रैपनि मान्छेले जीवनमा ब्रह्माण्डसंग सम्बन्ध, सन्धर्भ र सहभागिता पाउछ।