हरेक बसन्तमा, सैयौ साहासी यात्रीहरु चोमोलुन्ग्मा, अर्थात् माउन्ट एभ्रेस्ट, चढ्ने सपना बुन्छन । उनीहरु सगरमाथाको घातक शिखर चढ्ने अवसरको प्रतिक्षामा बेस क्याम्पमा महिनौ बस्छन । तर उनीहरु सगरमाथा चढ्न किन आफ्नो ज्यानको बाजी लाउछन ? के त्यो चुनौतीको लागि हो? कि प्राकृतिक दृश्यको लागि? कि आकाश चुम्ने अवसरको लागि ? धेरैको लागि, त्यो सगरमाथा संसारको सबैभन्दा अग्लो शिखर हुनाले गर्दछ । यहाँ एउटा महत्वपूर्ण भिन्नता छ । वास्तबमा मौना केया चै फेंद देखि टुप्पोको हिसाबले सबैभन्दा अग्लो शिखर हो । तर समुन्द्री सतहबाट ८८५० मीटरको उचाईमा रहेको, सगरमाथाको उचाई संसारमा सबैभन्दा माथि छ । यो बिशाल ढाँचाको उत्पत्ति बुझ्नको लागि हामीले पृथ्वीको गहिराइमा हेर्नुपर्छ जहाँ महाद्वीप प्लेट्हरुको टक्राव पर्दछ । पृथ्वीको सतह सालिकको कवच जस्तै हुन्छ । पृथ्वीका सतहका खण्डहरु लगातार एक अर्कामाथि, मुनि र वरिपरि हलचल गर्छन । ति विशाल महाद्वीपीय प्लेटहरूको हलचलको गति भने छिटो हुनेगर्दछ । तिनीहरु हरेक वर्ष ३ देखि ४ सेन्टीमिटर सर्ने गर्छन, जुन दर हाम्रो नंग बढ्ने दर समान हो । जब दुइ प्लेटको टक्राव हुन्छ, एक प्लेटले अर्कोको माथि वा मुनि धक्का दिन्छ, सिमानाहरू कसिन्छ, जसको कारणले खण्डहरु माथि उठ्छन । यसरी नै सगरमाथाको निर्माण भएको हो । ५ करोड वर्ष पहिले, पृथ्वीको भारतीय प्लेट उत्तर तिर सर्न थाल्यो र निकै ठुलो यूरासियन प्लेटसंग टकरायो, जसको कारणले त्यहाँको खण्डहरु माथि उठ्न पुगे । सगरमाथा यी गतिबिधिको केन्द्रबिन्दुमा पर्छ, जुन भारतीय-यूरासियन प्लेटहरुको टक्राउ क्षेत्रको किनारामा पर्दछ । तर पर्वतहरु माथि उठ्नमा अरु शक्तिहरुको पनि असर हुन्छ । जब पृथ्वीको जमिन माथि धकेलिन्छ, तब हावाका झोक्काहरु पनि माथि उठछन् । माथि उठ्दै गरेका हावा चिसिएर त्यसमा रहेका बाफहरु जम्छन र ति पानी वा हिउँमा परिवर्तन हुन्छन । बिस्तारै बर्षा र हिमपातले जमिनको सतहका चट्टानहरुलाई टुक्राउदै जान्छ जुन प्रक्रियालाई वेदरिङ्ग भनिन्छ । ओरालो बग्दै गरेको पानीले ति टुक्रिएका चट्टानलाई बगाएर भिरलाई खियाउदै जान्छ जसबाट गहिरो घाटी र असमान पर्बतहरुको निर्माण हुन्छ । यसरी जमिनको माथि उठ्ने र पहिरो जाने सन्तुलित प्रक्रियाले पर्बतहरुलाई आकार दिन्छ । तर यी हिमालयका आकाशीय पर्बतहरुको तुलना ति अपालचियाका समतल पहाडसंग गर्दा हामीले देख्न सक्छौ कि सबै पर्बतहरु एक समान हुदैनन् । यसको एक कारण समय पनि हो । महाद्वीपीय प्लेटहरु टक्राउदा जमिनको सतह माथि बढ्ने प्रक्रिया चाडो हुन्छ । पर्बतहरु भिरालो हुदै माथि बढ्दै जान्छन् । बिस्तारै गुरुत्वाकर्षण र पानीले ती खियीदै जान्छन् । अन्ततः माथि बढ्ने भन्दा पहिरो जाने प्रक्रिया धेरै हुन्छ र भिरहरु चाडो खियीदै जान्छन् । पर्बतहरु बन्नुको अर्को कारण मौसम पनि हो । एकदमै ठण्डी मौसममा हिउँ पुरै नपग्लेर बिस्तारै बरफ बन्दै जान्छ । यसरी नै संसारभरि विभिन्न ऊचाईमा मौसम अनुसार हिउँले ढाकेको ठाउँहरु बन्छन । ठंड ध्रुवहरूमा बर्फिया सतह समुद्री सतहको उचाइमा हुन्छन । भूमध्य रेखा नजिक बर्फिया सतह बन्ने मौसमको लागि कम्तिमा नि ५ किलोमीटर उकालो चढ्नुपर्छ । धेरै वजनको जमेको बर्फिया सतह बिस्तारै बग्दै हिमनदी बन्छ जसले तलको चट्टानहरुलाई पिस्दै लग्छ । पर्बतहरु जति भिरालो त्यति नै चाडो बरफ तल बग्छ र तलको चट्टानहरुलाई चाडो पिस्दै लग्छ । हिमनदीले जमिनको सतहलाई वर्षा र नदीभन्दा चाडो खियाएर बगाउछ । पर्बतहरुको हिमनदीले सतहलाई खियाएर यति चाडो बगाउछ कि ति पर्वतका टुप्पाहरु आराले काटेझैँ काटीन्छन् । त्यसो भए बर्फिया सगरमाथा कसरी त्यति अग्लो हुनपुग्यो ? सुरुमा महाद्वीपीय प्लेटहरूको टक्राउले यो अग्लो हुन पुग्यो । दोश्रो, सगरमाथा उष्ण प्रदेशमा पर्दछ जहाँ बर्फिया सतह अग्लो र हिमनदी सानो हुन्छ जसले जमिनको सतहलाई खियाउनु सक्दैन । यसरी सगरमाथा सही परिस्थितिहरूको कारणले आफ्नो प्रभावशाली ऊँचाई बनाउन कायम छ । तर यो संधै कायम रहदैन । पृथ्वी परिवर्तनसिल छ जहाँ महाद्वीपीय प्लेट, मौसम, र खियाउने शक्तिले एक दिन सगरमाथाको ऊँचाईलाई घटाउन सक्छ । अहिलेको लागि भने सगरमाथा साहसिक यात्री र सपना बुन्ने मानिसहरुको लागि प्रसिद्ध भैरहनेछ ।