हरेक बसन्तमा, सैयौ
साहासी यात्रीहरु चोमोलुन्ग्मा,
अर्थात् माउन्ट एभ्रेस्ट,
चढ्ने सपना बुन्छन ।
उनीहरु सगरमाथाको घातक शिखर चढ्ने
अवसरको प्रतिक्षामा
बेस क्याम्पमा महिनौ बस्छन ।
तर उनीहरु सगरमाथा चढ्न किन
आफ्नो ज्यानको बाजी लाउछन ?
के त्यो चुनौतीको लागि हो?
कि प्राकृतिक
दृश्यको लागि?
कि आकाश चुम्ने अवसरको लागि ?
धेरैको लागि, त्यो सगरमाथा संसारको
सबैभन्दा अग्लो शिखर हुनाले गर्दछ ।
यहाँ एउटा महत्वपूर्ण भिन्नता छ ।
वास्तबमा मौना केया चै फेंद देखि
टुप्पोको हिसाबले सबैभन्दा अग्लो शिखर हो ।
तर समुन्द्री सतहबाट ८८५० मीटरको
उचाईमा रहेको,
सगरमाथाको उचाई संसारमा सबैभन्दा माथि छ ।
यो बिशाल ढाँचाको उत्पत्ति बुझ्नको लागि
हामीले पृथ्वीको गहिराइमा हेर्नुपर्छ
जहाँ महाद्वीप प्लेट्हरुको टक्राव पर्दछ ।
पृथ्वीको सतह सालिकको कवच जस्तै हुन्छ ।
पृथ्वीका सतहका खण्डहरु लगातार
एक अर्कामाथि,
मुनि र वरिपरि हलचल गर्छन ।
ति विशाल महाद्वीपीय प्लेटहरूको
हलचलको गति भने छिटो हुनेगर्दछ ।
तिनीहरु हरेक वर्ष ३ देखि ४ सेन्टीमिटर
सर्ने गर्छन,
जुन दर हाम्रो नंग बढ्ने दर समान हो ।
जब दुइ प्लेटको टक्राव हुन्छ,
एक प्लेटले अर्कोको माथि वा
मुनि धक्का दिन्छ,
सिमानाहरू कसिन्छ,
जसको कारणले खण्डहरु माथि उठ्छन ।
यसरी नै सगरमाथाको निर्माण भएको हो ।
५ करोड वर्ष पहिले, पृथ्वीको भारतीय
प्लेट उत्तर तिर सर्न थाल्यो र
निकै ठुलो यूरासियन प्लेटसंग टकरायो,
जसको कारणले त्यहाँको खण्डहरु
माथि उठ्न पुगे ।
सगरमाथा यी गतिबिधिको केन्द्रबिन्दुमा पर्छ,
जुन भारतीय-यूरासियन प्लेटहरुको
टक्राउ क्षेत्रको किनारामा पर्दछ ।
तर पर्वतहरु माथि उठ्नमा अरु
शक्तिहरुको पनि असर हुन्छ ।
जब पृथ्वीको जमिन माथि धकेलिन्छ,
तब हावाका झोक्काहरु पनि माथि उठछन् ।
माथि उठ्दै गरेका हावा चिसिएर
त्यसमा रहेका बाफहरु जम्छन र
ति पानी वा हिउँमा परिवर्तन हुन्छन ।
बिस्तारै बर्षा र हिमपातले जमिनको
सतहका चट्टानहरुलाई
टुक्राउदै जान्छ जुन प्रक्रियालाई
वेदरिङ्ग भनिन्छ ।
ओरालो बग्दै गरेको पानीले
ति टुक्रिएका चट्टानलाई
बगाएर भिरलाई खियाउदै जान्छ जसबाट
गहिरो घाटी र असमान पर्बतहरुको
निर्माण हुन्छ ।
यसरी जमिनको माथि उठ्ने र पहिरो जाने
सन्तुलित प्रक्रियाले पर्बतहरुलाई
आकार दिन्छ ।
तर यी हिमालयका आकाशीय पर्बतहरुको
तुलना ति
अपालचियाका समतल पहाडसंग
गर्दा हामीले देख्न सक्छौ
कि सबै पर्बतहरु एक समान
हुदैनन् ।
यसको एक कारण समय पनि हो ।
महाद्वीपीय प्लेटहरु टक्राउदा जमिनको
सतह माथि बढ्ने प्रक्रिया चाडो हुन्छ ।
पर्बतहरु भिरालो हुदै माथि बढ्दै जान्छन् ।
बिस्तारै गुरुत्वाकर्षण र पानीले
ती खियीदै जान्छन् ।
अन्ततः माथि बढ्ने भन्दा पहिरो
जाने प्रक्रिया धेरै हुन्छ
र भिरहरु चाडो खियीदै जान्छन् ।
पर्बतहरु बन्नुको अर्को कारण मौसम पनि हो ।
एकदमै ठण्डी मौसममा हिउँ
पुरै नपग्लेर
बिस्तारै बरफ बन्दै जान्छ ।
यसरी नै संसारभरि विभिन्न
ऊचाईमा मौसम अनुसार
हिउँले ढाकेको ठाउँहरु बन्छन ।
ठंड ध्रुवहरूमा बर्फिया सतह
समुद्री सतहको उचाइमा हुन्छन ।
भूमध्य रेखा नजिक बर्फिया सतह
बन्ने मौसमको लागि
कम्तिमा नि ५ किलोमीटर उकालो चढ्नुपर्छ ।
धेरै वजनको जमेको बर्फिया
सतह बिस्तारै बग्दै हिमनदी बन्छ जसले
तलको चट्टानहरुलाई पिस्दै लग्छ ।
पर्बतहरु जति भिरालो त्यति नै
चाडो बरफ तल बग्छ
र तलको चट्टानहरुलाई चाडो पिस्दै लग्छ ।
हिमनदीले जमिनको सतहलाई वर्षा र
नदीभन्दा चाडो खियाएर बगाउछ ।
पर्बतहरुको हिमनदीले सतहलाई
खियाएर यति चाडो बगाउछ कि
ति पर्वतका टुप्पाहरु
आराले काटेझैँ काटीन्छन् ।
त्यसो भए बर्फिया सगरमाथा कसरी
त्यति अग्लो हुनपुग्यो ?
सुरुमा महाद्वीपीय प्लेटहरूको टक्राउले
यो अग्लो हुन पुग्यो ।
दोश्रो, सगरमाथा उष्ण प्रदेशमा पर्दछ
जहाँ बर्फिया सतह अग्लो र
हिमनदी सानो हुन्छ
जसले जमिनको सतहलाई खियाउनु सक्दैन ।
यसरी सगरमाथा सही परिस्थितिहरूको कारणले
आफ्नो प्रभावशाली ऊँचाई बनाउन कायम छ ।
तर यो संधै कायम रहदैन ।
पृथ्वी परिवर्तनसिल छ जहाँ
महाद्वीपीय प्लेट, मौसम, र
खियाउने शक्तिले एक दिन सगरमाथाको
ऊँचाईलाई घटाउन सक्छ ।
अहिलेको लागि भने सगरमाथा साहसिक
यात्री र सपना बुन्ने मानिसहरुको लागि
प्रसिद्ध भैरहनेछ ।