कुनै अपरचित व्यक्ति वा कुनै छिमेकी भेट हुदा, हामी अभिवादनस्वरूप केही कुरा सोध्दछौं । "के छ? कस्तो छ ? आजको दिन रमाइलो छ है ? तपाईंलाइ के लागेको छ.. " यस्सो हेर्दा, यी कुराहरु बेमतलबका जस्ता लाग्छन् । यीनले विशेष अर्थ पनि राख्दैनन् । तपाईंलाइ कस्तो छ, वा आजको दिन जे जस्तो छ, त्यसले फरक पार्दैन । तर यसको अर्कै महत्व छ । यिनीहरुको सामाजिक अर्थ छ । यी कुराहरु सोध्नुको अर्थ हो: त्यस्तै कामना । मलाई अपरिचित संग कुरा गर्न आनन्द आउँछ । म आँखामा हेरेर, उनीहरुको हालखबर सोध्छु, मद्दत गर्न तयार हुन्छु, कुरा सुन्छु । विभिन्न कथाहरु सुन्ने मौका पाउछु । लगभग ७ बर्ष अगाडिदेखि, मैंले यी कुराहरु लिपिबद्ध गर्न थालेको छु । यसको कारण खोतल्न थालेको छु । यसबाट मैंले निकै सुन्दर कुराहरु भैरहेको अनुभव गरेको छु । लगभग काव्यमय हुदैछ । यसबाट अत्यन्त गहीरो अनुभव हुदैछ, अप्रत्याशित सुख मिल्दै छ । तिनले गहिरो भावनात्मक सम्बन्ध जोड्दैछन् । स्वतन्त्रताको अनुभब दिदैछन् । एकदिनको कुरा हो, न्यूयोर्कको एउटा सडकमा रातो बत्ती बल्ने प्रतीक्षा गर्दै थिएँ । अझ भनौ, बर्षातको पानी बग्ने पाइपमाथि उभिएको थिएँ, मानौ यतैबाट छिटो पुगिन्छ । मेरो छेवैमा एकजना बृद्ध मानिस उभिएका थिए । लामो ओभरकोट, पुरानो खालको टोप लगाएको त्यो बृद्ध मान्छे चलचित्रको मान्छे जस्तै देखिन्थ्यो । उसले मलाई भन्यो - "त्यहाँ नउभ्भ / बेपत्ता होलाऊ " के भन्या होला त्यो ? तैपनि, मैंले उसले भने जस्तै गरें म पेटीमा झरें । हास्दै उसले भन्यो - "ठीक गर्यौ।" आँखा झिमिक्क गर्दा, तिमी बेपत्ता भैसक्न केही बेर हुन्न " यो प्रसङ्ग हाँसो उठ्दो थियो रमाइलो पनि थियो । मलाई बचाउन पाएकोमा उ प्रशन्न थियो । केहीबेर सन्नाटा छायो । केहि बेरमा मलाई लाग्यो, एउटा व्यक्तिको रुपमा मेरो उपस्थिति कसैले अनुभब गर्यो र बचाउन आवश्यक पनि ठानियें । दु:खको कुरा, संसारको धेरै भागमा अपरिचितहरु डरलाग्दा हुन्छन, र उनीहरुको बिश्वास गर्न हुन्न भन्ने मान्यता छ । तर अधिकांश अपरिचितहरु डरलाग्दा हुदैनन् । कुनै बिषय बस्तु नभएकोले संगै हुँदा हामीलाई अप्ठ्यारो लाग्छ । हामीलाई उनीहरुको नियत थाहा हुदैन । त्यसैले सजिलोको लागि, हामी उनीहरुलाई "अपरिचित"को खोल ओडाएर आफु निर्धक्क हुन खोज्छौं । मेरो एउटा ४ बर्षकी छोरी छ । बाटोमा कुनै मान्छेसंग जब म बोल्छु, मेरो छोरी मलाई सोध्द्छे - तपाईंले त्यो मान्छे लाइ चिन्नुभाको छ ? म भन्छु - "छैन, ती हाम्रा छिमेकी हुन्" "तिनीहरु तपाईंको साथी हुन्?" "होइन, तर मित्रवत बन्नु राम्रो हो" मलाई लाग्छ, प्रत्येक चोटी दुइपटक मैंले उसलाई यसोभनेकै हुन्छु, किन कि एउटी महिला हुनाको नाताले । अर्को, बाटोमा हिड्ने सबै व्यक्तिको नियत राम्रै हुन्छ भन्न सकिन्न । मित्रवत् बन्नु राम्रो हो, र कतिखेर नबन्ने हो, त्यो सिक्नुपर्छ । तर त्यसो भन्दैमा डराउनुपर्ने केही कारण छैन । डराउनुको सट्टा आफ्नो विवेक प्रयोग गर्नुको २ वटा ठुला फाइदाहरु छन्: पहिलो - डरबाट मुक्ति । यस विषयमा कुरा गर्दा - कसैको बारेमा धारणा बनाएर बस्नु भन्दा प्रत्यक्ष अनुभव गर्नु नै राम्रो हो । हाम्रो दिमाग वर्गीकरण गर्न पोख्त छ । जब कोही मानिस अगाडी देखिन्छ, उनीहरुको बारेमा थाहा पाउन छोटो उपाय खोज्छ हामी : पुरुष, महिला, युवा, बृद्ध, खैरो, कालो, अपरचित, मित्रको रुपमा पूर्व जानकारी खोतल्न थाल्छ । यो छिटो छरितो तरिका हो, तर यसले पूर्वाग्रहको बाटोमा लैजान्छ। यसको अर्थ, हामी कुनै पनि व्यक्तिलाई एउटा छुटै व्यक्तिको रुपमा हेर्दैनौं मलाई एक अमेरिकी अनुसन्धानकर्ताको सम्झना आउँछ, जो एक्लै मध्य एशिया र अफ्रिकाको भ्रमण गर्नेगर्थिन् । एउटा पूर्ण अपरिचितको रुपमा उनी गाउँ, शहरमा पुग्थिन् । उनको कुनै नातेदार थिएन, कुनै सम्पर्क थिएन, एउटा शुद्ध विदेशी । उनको बाँच्ने तरिका थियो : उनलाई छुट्टै र वास्तविक रुपमा हेर्ने एउटा मान्छे खोज्ने । त्यस्तो गर्न सक्नुभयो भने, अरुले पनि तपाईंलाइ त्यस्तै नजरले हेर्नेछन् । स्व बिबेक प्रयोग गर्नुको दोस्रो फाइदा भनेको आत्मीयता हो । मलाई थाहा छ - यो अलि अनौठो लाग्ने कुरा हो - अपरिचितसंग आत्मीयता । तर यस्तो छोटो कुराकानीले समाजसेवीहरुको भाषामा भनिने "क्षणीक घनिष्टता" को महसुश हुन्छ । यो एउटा छोटो अनुभब हो जहाँ, भावनात्मक अनुभूतिको अर्थ तथा महत्व रहन्छ । यो यस्तो शुन्दर अनुभूति हो, जुन कहिले बाटो काट्न उभिएको ढलबाट ती बूढा मान्छेले बचाएको घटना सम्झिंदा वा काममा जाँदा रेलमा भेटिने मान्छेसंग कुरा गर्दा आफू पनि त्यही समाजको सदस्य भएको अनुभव गर्दा भेटिन्छ । कहिले कहीं, यो प्रसंग अझ गहिरो हुन्छ । अनुसन्धानकर्ताहरुले भनेअनुसार मानिसहरु आफ्नो साथीहरु वा परिवारका सदस्य संग भन्दा अपरिचितसंग कुरा गर्दा अझ बढी खुलस्त तथा इमान्दार भएर आफ्नो भित्री कुरा गर्ने गर्छन् - अपरिचितहरुले नै उनीहरुलाई बढी बुज्दछन् । यस्तोकुरा लाइ संचार माध्यमले बढो शोकपूर्वक सुनाउछन् । "अपरिचितहरुले आफ्नो जीवनसाथीले भन्दा बढी बुज्दछन्" । गज्ज़बको "हेड लाइन" छैन त? मेरो बिचारमा यहाँ महत्वपूर्ण कुरा नै छुटेको छ । अध्ययनहरुले भन्न खोजेको महत्वपूर्ण कुरा- यस्ता साना कुराकानी कत्तिको उपयोगी छ; यसबाट प्राप्त हुने आत्मीयताको मान्छेलाइ त्यतिनै खाँचो छ जति परिवार र साथीहरुबाट प्राप्त हुन्छ। अपरिचितहरुसंग राम्रोसंग सम्पर्क बनाउन केले गर्दा सम्भव हुन्छ ? यसका दुईवटा कारण छन्: पहिलो छ - शीघ्र वार्तालाप । यसबाट कुनै निष्कर्ष निस्किदैन । दोहोराएर भेट नहुने कुनै पनि मानिससंग सोझो कुरा गर्न सकिन्छ, कि कसो ? त्यसो भन्न सकिन्छ । दोश्रो कारण अझ रोचक छ । आफ्नो नजिक भएका मानिससंग कुरा गर्दा हामी पूर्वाग्रही हुन्छौं । हामी उनीहरुले कुरा बुझ्ने अपेक्षा राख्छौं। हामी बुझे होला भन्ठान्छौं र मनको कुरा बुझून् भन्ने सोच्छौं । कल्पना गरौँ, तपाईं एउटा पार्टीमा हुनुहुन्छ र तपाईंलाइ चाडै हिड्न मनलागेको कुरा नबुझेर तपाईंको परिवार वा साथीले जाऊ भनेन भन्ने कुराको कल्पना गर्न सक्नुहुन्न । अनि तपाईं मनमनै भन्नुहुन्छ - "अघिदेखि आँखा सन्काइ रहेको छु त" उता अपरिचितसंग कुरा गर्दा शून्यबाट सुरु गर्नुपर्छ । हामी उनीहरुलाई हामी को हो, उनीहरुलाई भेटेर कस्तो लागिरहेछ भनेर आफ्नो सबै कुरा सुनाउछौं; आफ्ना गोप्य कुराहरु खोल्छौं । त्यसको अर्थ के भयो त ? भन्दा कहिले कहीं, उनीहरुले हामी भन्दा राम्रै कुरा बुझिदिन्छ्न पक्कै पनि यहाँसम्म आइपुग्दा हामीले अपरिचितसंग कुरा गर्नुको अर्थ बुझ्यौं । तर यसले काम कसरी गर्छ त ? त्यहाँ केहि अलिखित नियमहरु छन् जसको पालना गर्नुपर्छ । देश वा संस्कृति अनुसार नियमहरु फरकफरक हुन्छन् । अमेरिकाको धेरैजसो भागमा, मानिसहरु शिष्टाचार र गोपनीयताको सन्तुलन रहोस भन्ने विचार गर्दछन् । यसलाई उनीहरु "शिस्ट उपेक्षा" भन्छन् । मानौं सडकमा दुई जना विपरीत दिशाबाट एक अर्काको नजीक आउदैछन् । परैबाट उनीहरु एक अर्कालाई देखादेख गर्दछन् । यो सामाजिकता वा शिस्टाचार हो । जसै उनीहरु एक अर्काको नजीक पुग्छन्, एक अर्काको सहजताको लागि अलि टाढा हेर्छन् । कुनै अरु संस्कृतिमा मानिसहरु एक अर्कासंग संगत नगर्न हदै पार गर्दछन् । डेनमार्कका मानिसले भनेको - अपरिचितसंग वार्तालाप गर्न यतिसम्म चाहन्नन् कि, बसमा उनीहरु आफ्नो स्टप भन्दा पर पुग्न तयार हुन्छन्, तर आफू अगाडी भएको मान्छेसंग बाटो माग्दैनन् । आफ्नो झोला अगाडी सारेर वा सांकेतिक रुपमा अगाडी जानुपरेको संकेत गर्छन्, तर बाटो माग्न दुई शब्द बोल्दैनन् । मैंले सुनेको, इजिप्टमा, अतिथि सत्कारको यति ठुलो महत्व छ कि, अपरिचितको उपेक्षा गर्नुलाई साह्रै अशिष्ट मानिन्छ । अपरिचितहरु एक अर्कासंग एक घुट्को पानी पनि साटासाट गर्न सक्छन् । अथवा भनौ, तपाईले कसैसंग बाटो सोध्नुभयो भने उनीहरुले तपाईंलाइ कफि खुवाउन घर लग्ने समेत सम्भावना हुन्छ । यस्ता अलिखित नियमहरु तब मात्रै अनुभव हुन्छन्, जब उनीहरु दु:खि देखिन्छन् वा तपाई नया ठाउंमा पुगेर के गर्दा ठिक होला भन्ने कुराको भेउ पाउने कोशिस गर्दै हुनुहुन्छ । कहिले कहीं यी नियम तोड्नलाई केही कार्य नै गर्नुपर्छ । कुरा प्रस्ट भएको छैन भने म प्रस्ट पार्छु, है त? हेर्नुस् कसरी अगाडी बढ्ने । पहिले तपाईंलाई हेरिरहेको मान्छे खोज्नुस् । यो पहिलो सकारात्मक संकेत हो । त्यसपछिको पहिलो काम हो - मीठो मुस्कान । तपाईं नजिक आउदै गरेको मानिसलाई हेरर मुस्कुराउनुहोस् । हेर्नुहोस अनि के हुन्छ । अर्को छ त्रिकोणीय विधि । तपाई हुनुहुन्छ, अपरिचित त्यहाँ छ, त्यहाँ तेस्रो कुनै वस्तु हुनुपर्छ जसलाई देखेर दुवैले प्रतिक्रिया जनाउन मिलोस् । जस्तै: कुनै पेन्टिंग, वा सडकमा भाषण दिंदै गरेको कुनै मान्छे, वा अनौठो पहिरन भएको कुनै मानिस । प्रयास गर्नुहोस् । तेस्रो वस्तुमा प्रतिक्रिया जनाउनुहोस् र हेर्नुस, वार्तालाप सुरु हुन्छ कि ? अर्को तरिका छ - प्रतिक्रिया जनाउने । साधारणतया यसमा प्रशंसा गर्ने गरिन्छ । मलाई अरु मान्छेको जुत्ता याद गर्न खुब मन पर्छ । यतिखेर मैंले एकदम राम्रो जुत्ता लगाईरहेको त छैन तर जुत्ताहरु एकदमै राम्रा हुन्छन् । जुत्ताको प्रशंसा गर्नु स्वाभाविक पनि देखिन्छ । मान्छेहरु आफ्नो राम्रो जुत्ताको बारेमा सुनाउन सधैं उत्सुक पनि हुन्छन् । तपाईंहरुले बच्चाहरु एवं कुकुरहरुको तरिका त पक्कै प्रयोग गरिसक्नुभएको होला । बाटोमा नचिनेको मान्छेसंग कुरागर्नु असहज पनि हुन्छ उनीहरुले कस्तो प्रतिक्रिया जनाउछन् थाहाहुन्न तर उनीहरुको बच्चा वा कुकुरसंग सधैं कुरा गर्न सकिन्छ मानिसको लागि बच्चा वा कुकुर सामाजिक सम्बाहक हुन्, र तिनीहरुप्रति जनाएको प्रतिक्रियाबाट उनीहरु कुरा गर्न कतिको उत्सुक छन्, थाहा हुन्छ अन्तिम तथा चुनौतीपूर्ण अर्को तरिका छ - खुलासा गर्नु । यो तरिका अति सम्वेदनशील छ तर यो निकै उपयोगी हुनसक्छ । अर्कोपल्ट कुनै अपरिचित संग कुरा गर्दा तपाईंलाइ सहज महशुस भयो भने आफ्नो कुनै व्यक्तिगत कुरा सुनाउनुहोस् कुनै नितान्त व्यक्तिगत कुरा तपाइलाई अनुभब होला, केही मानिसले तपाईंलाइ सहजै बुज्न सक्छन् । कहिलेकहीं कुराकानीको क्रममा मानिसहरु प्रश्न गर्छन् - तपाईंको बुवा के काम गर्नुहुन्छ, कहाँ हुनुहुन्छ ? कहिले कहिँ म उनीहरुलाइ वास्तविक कुरा भन्छु मेरो बुवा म सानै हुँदा बित्नुभएको थियो । यस्तो समयमा उनीहरु पनि आफ्नो यस्तै कुनै घटना सुनाउने गर्छन् । हामी अपरिचित हुदा हुदै पनि एक अर्का प्रति घनिष्ट हुन पुग्छौं । कुरा बुझिहाल्नुभयो । जब अपरिचितसंग कुरा गर्नुहुन्छ तपाईं दैनिकीमा मिठो हस्तक्षेप गर्दै हुनुहुन्छ स्वयंको र उसको पनि । तपाई अनपेक्षित सम्बन्ध जोड्दै हुनुहुन्छ । यदि तपाई अपरिचित संग कुरा गर्नुहुन्न भने यी सबै अवसर गुमाउदै हुनुहुन्छ । हामी आफ्ना केटाकेटीहरुलाई अपरिचितको बारेमा सम्झाउन धेरै समय खर्च गर्छौं । बरु हामी आफैंलाई सिकाउन समय खर्च गरे, कसो होला ? एक अर्का प्रति ससंकित हुने मनाशिकताबाट हामीलाइ मुक्ति मिल्दछ । हामी परिवर्तनको कारण बन्न सक्छौ । धन्यवाद ! ................. ताली ...................