मस्तिष्क एउटा आश्चर्यजनक तथा जटिल अंग हो ।
आजकल धेरै मानिसहरु मस्तिष्कको बिषयमा
आकर्षित छन्,
तथापि उनीहरु मस्तिस्कको विशेषता,
यसको काम गराईको बिषयमा त्यति बर्णन
गर्न सक्दैनन्
किनकि हामी स्कुलमा
मस्तिष्कविज्ञान सिकाउदैनौं ।
त्यसको एउटा कारण हो - यस बिषयको
उपकरण नै यति जटिल र धेरै नै महँगो छ,
प्रमुख यूनीवर्सिटी वा ठुला संस्थानमा
मात्रै संचालन गर्न सकिन्छ ।
मस्तिस्कको बिषयमा प्रवेश पाउन,
आफ्नो जीवन नै समर्पण गर्न आवश्यक छ ,
ग्रयाजुएसन् पश्चात ६ १/२ बर्षको
अध्ययनपछि बल्ल
मस्तिष्क बैज्ञानिक बनेर ती उपकरण
चलाउन पाइन्छ ।
यो लाजलाग्दो बिषय हो किन कि
हामी मध्ये ५ मा १ जना
अर्थात् समग्र विश्वको २०% जनसंख्याको
मस्तिष्कमा गडबड भैसक्छ।
यसको कुनै उपचार पनि छैन ।
यो अवस्था देख्दा लाग्छ, हामीले पहिलेको
समयमा
फर्किएर केटा केटीहरुलाई न्युरोविज्ञान
सिकाउदै गरिनु आवश्यक देखिन्छ,
ताकी भविष्यमा
मस्तिष्क बैज्ञानिक बन्ने बिषयमा
विचार गरुन्
म स्नातक पढ्दै गर्दा, म र मेरो साथी
टीम मार्जुलोले विचार गर्यौं -
मस्तिष्क बिषय पढ्न प्रयोग हुने
जटिल उपकरणलाइ
सहज र सबैको पहुँचमा हुन सक्ने
बनाउन सक्यौं भने,
सिकारु वा स्कुल पढ्ने बिद्यार्थी,
वास्तविक रुपमा
न्युरोसाईन्सको आविस्कारमा
सहभागी हुन सक्छन्,
र हामीले त्यस्तै गर्यौं
केहि बर्ष अगाडी ब्याकयार्ड ब्रेन
कम्पनी स्थापना गर्यौं
हामी DIY न्युरोसाईन्स उपकरण
निर्माण गर्छौं,
आज हामी त्यसैको एउटा प्रदर्शनी गर्दैछौं
तपाईंहरुलाई हेर्न मन छ ?
कोहि एकजना मद्धत गर्न आउनुहोस त
तपाईंको शुभ नाम ?
(ताली)
साम केली:साम
ग्रेग गज: म तपाईंको दिमागको
रेकर्ड गर्दै छु
पहिला यस्तो गर्नुभएको छ ?
साम: छैन
ग्रेग: विज्ञानको नाममा तपाईंको
हात बढाउनुहोस
बाहुला अलिकति माथि सार्नुस त,
अब म तपाईंको हातमा Electrodes राख्दैछु
के हो यो, जस्तो लाग्दै छ होला
दिमाग रेकर्ड गर्ने भनेर हातमा के गरेको,
जस्तो लाग्दैछ होला, होइन ?
यतिखेर तपाईंको दिमागमा
८० बिलियन न्युरोन् छन्
तिनिहरुमार्फत इलेक्ट्रिक र केमिकल संदेश
प्रबाह भइरहेको छ
तपाईंले यसरी हात चलाउंदा यहाँ,
मोटर कोर्टेक्स नजिकका
न्युरोन्हरुले संदेश तलतर्फ प्रबाह गर्छन्
मस्तिस्कको बीचभाग हुँदै ती सन्देशहरु
स्पाईनल कर्ड र तल्लो मोटर कोर्टेक्स हुँदै
यहाँ मस्सलसम्म आइपुग्छन्
र यहाँ रहेका Electrodesहरुले
ती सन्देशहरु पक्रने छन्
र दिमागले गर्न गइरहेको क्रियाकलाप
हामी सुन्न सक्नेछौं
म यो मेसिन अन गर्दैछु
कहिले दिमागको आवाज सुन्नुभएको छ ?
साम: छैन
ग्रेग: आज प्रयास गरौँ.
हात खुम्च्याउनुहोस् त
(आवाज सुनिन्छ)
अहिले तपाईंले सुनेको आवाज
भर्खरै यो मोटरमा आएको आवाज हो
एकपटक फेरी हेरौं
म यहाँनेरी उभिएर
र म हाम्रो App खोल्दै छु
फेरी एकपटक हात खुम्च्याउनुहोस् त
(आवाज सुनिन्छ)
यहाँ, Spinal Cord हुदै मस्सलमा आइपुगेका
इलेक्ट्रिक संदेशहरुले
यहाँ, उनले हात चलाउंदा
यस उपकरणलाइ प्रभावित गर्दैछन्
यहानिर क्लिक गरेर एउटालाई
बिशेसरुपमा हेर्न सकिन्छ
अलि कडासंग हात खुम्च्याउनुस्
यहाँ रोकेर हेर्दा,
तपाईंको दिमागमा भैरहेको सम्भावित कार्यलाइ
यस यन्त्रले देखाउंदैछ
अझै अरु हेर्न मन छ?
(ताली)
अझ गहिरो अध्यन गरौँ
अर्को एक स्वयंसेवक चाहियो
तपाईको नाम के हो?
मिगेल गोनकल्वेस: मिगेल
ग्रेग: ठिक छ मिगेल
तपाईं यहाँनेरी उभिनुहोस
जब तपाईं यसरी हात चलाउनुहुन्छ,
तपाईंको दिमागले यहाँनेरी
संदेश प्रबाह गर्छ
तपाईंपनि आफ्नो हात चलाउनुहोस त
अब तपाईंको दिमागले तलतिर संदेश पठाऊदै छ
ठिक्क यहाँनजिक एउटा नशा छ
त्यसले यी तिनवोटा औंलाहरू चलाउँछ,
र यो छालाको यति धेरै नजिक छ, हामी
त्यो नसालाइ
उत्तेजित गराएर, दिमागले हात तर्फ
पठाइरहेको
संदेशलाइ हामी नक्कल गरेर उसको हातमा
पठाउन सक्छौं,
जसको कारण उसले हात चलाउदा,
उसको हात पनि आफैं चल्ने छ
अर्को अर्थले, हामी उसको स्वतन्त्रताको
हरण गर्ने छौं,
र आफ्नो हातमाथि उसको नियन्त्रण रहने छैन
बुझ्दै हुनुहुन्छ ?
अब तपाईंलाइ तारले जोडदै छु
(हाँसो)
म तपाईंको नसाखोज्दै छु,
सायद यहाँ हुनुपर्छ
एकछिनपछि के हुदैछ भनेर
चकित पर्नुहुनेछ
अब म अलिकति टाढा बसेर मानव मानव
बीचको तरंग जोड्दै छु
साम, हात खुम्च्याउनुहोस् त
एकपटक फेरी, एकदम ठिक छ .
अब म तपाईंलाइ तारले जोड्दै छु --
सुरुमा अलिकति अप्ठ्यारो लाग्नेछ
यस्तो लाग्नेछ -
(हाँसो)
जब तपाई आफ्नो स्वतन्त्रता गुमाउनुहुन्छ र
अरु कोहि तपाईंको माध्यम बन्छ
अनौठो लाग्छ नै
अब तपाईं आफ्नो हात स्वतन्त्र गर्नुहोस
साम, कस्तो लाग्दैछ?
आफ्नो हात चलाउनुहोस
म अझै यो यन्त्र अन गर्दै छैन .
त्यसैले हात खुम्च्याउन सक्नुहुन्छ
मिगेल, तपाई तयार हुनुहुन्छ?
मिगेल: एकदम तयार छु
ग्रेग: मैंले यन्त्र अन गरेको छु . अब हात
खुम्च्याउनुहोस त
केहि महसुस भयो?
मिगेल: अहँ, केहि भएन
ग्रेग: फेरी गर्नुस त
मिगेल: अलि अलि भयो
ग्रेग: अलि अलि ? (हाँसो)
एकछिन है त
फेरी गर्नुस त
(हाँसो)
ठिक छ ठिक छ
एकछिनमा फेरी गर्नुस है
यहाँ, यतिखेर, तपाईंको दिमागले
तपाईंको पाखुराको नियन्त्रण गर्दै छ,
साथ साथमा उसको पनि
एकपटक फेरी गर्नुस त
ठिक छ, ठिक छ (हाँसो)
मैंले तपाईंको हातको नियन्त्रण लिएँ भने,
के हुन्छ
हात खुकुलो गर्न सक्नुहुन्छ
के भयो?
केहि पनि भएन
किन?
किनकि, यो दिमागले गर्नुपर्छ
फेरी गर्नुस त
एकदम ठिक, राम्रो
सहभागिताको लागि धन्यवाद
अहिले संसारभर यहि हुँदैछ -
Electrophysiology!
हामी मस्तिस्क क्रान्ति लेराउँदै छौं
धन्यवाद
(ताली)