1 00:00:00,000 --> 00:00:07,000 सुभप्रभात। के छ त? सब ठिकठाक, हैन त? 2 00:00:07,000 --> 00:00:11,000 यी सबै कुराहरूले मलाई अचम्म र हैरान् तुल्यायो। 3 00:00:11,000 --> 00:00:15,000 वास्तवमा, म छोडेर जाँदैछु। (हाँसो)© 4 00:00:15,000 --> 00:00:19,000 यहाँ तीन बिषयहरू छन, हैन त,♫ 5 00:00:19,000 --> 00:00:23,000 सम्मेलनको तयारी, र यी प्रासङ्गिक पनि छन् 6 00:00:23,000 --> 00:00:25,000 मैले भन्न चाहेका कुरासित।¼ 7 00:00:25,000 --> 00:00:29,000 एउटा चाहिँ मानव सिर्जनशीलताको असाधारण प्रमाण 8 00:00:29,000 --> 00:00:32,000 हाम्रामा भएका सबै प्रस्तुतिहरूमा देखिएको छ 9 00:00:32,000 --> 00:00:35,000 र यहाँ उपस्थित सबै व्यक्तिहरूमा। मात्र यसको विविधता 10 00:00:35,000 --> 00:00:38,000 र यसको प्रकार। दोस्रो चाहिँ 11 00:00:38,000 --> 00:00:41,000 यसले हामीलाई एउटा यस्तो ठाउँमा पुर्र्याएको छ जहाँ अब अगाडि भविष्यमा के हुँदैछ भन्ने, 12 00:00:41,000 --> 00:00:43,000 हामीलाई केहि थाहा छैन। अनि यो 13 00:00:43,000 --> 00:00:45,000 कसरी सकिएला भन्ने केहि थाहा छैन। 14 00:00:45,000 --> 00:00:48,000 मलाई शिक्षामा रुचि छ -- 15 00:00:48,000 --> 00:00:51,000 वास्तवमा, मलाई के लाग्छ भने सबैलाई शिक्षामा रुचि हुन्छ। 16 00:00:51,000 --> 00:00:53,000 तपाईँलाई छैन त? मलाई चाहिँ यो खुब रमाईलो लाग्छ।€ 17 00:00:53,000 --> 00:00:56,000 यदि तपाईँ कुनै रात्रिभोजमा हुनुहुन्छ, र तपाईँले भन्नुभयो कि 18 00:00:56,000 --> 00:00:59,000 तपाईँ शिक्षा क्षेत्रमा काम गर्नुहुन्छ -- 19 00:00:59,000 --> 00:01:06,000 वास्तवमा, प्रष्टै छ, यदि तपाईँ शिक्षामा काम गर्नुहुन्छ भने, तपाईं प्राय: भोजमै भेटिनुहुन्न। 20 00:01:06,000 --> 00:01:09,000 (हाँसो) तपाईंलाई कसैले सोध्दैन। 21 00:01:09,000 --> 00:01:14,000 अनि तपाईँलाई फेरि कसैले सोध्दैन, उत्सुक भएर। त्यो मेरो लागि अचम्मको कुरा हो। 22 00:01:14,000 --> 00:01:16,000 तर यदि तपाईँ शिक्षामै काम गर्नुहुन्छ, अनि तपाईँले कसैलाई भन्नुभयो भने, 23 00:01:16,000 --> 00:01:18,000 तपाईँलाई थाहै छ, उनीहरू भन्छन, "तपाईँ के गर्नुहुन्छ?" 24 00:01:18,000 --> 00:01:20,000 अनि तपाईँ आफू शिक्षामा काम गर्छु भन्नुहुन्छ, 25 00:01:20,000 --> 00:01:24,000 तपाईँले उनीहरूको अनुहारको रङ्ग हराएको देख्नुहुनेछ। तिनीहरू यस्तो खाले कुरा गर्छन्, 26 00:01:24,000 --> 00:01:30,000 "हे भगवान," थाहा छ, "मै चाहिँ किन? मेरो साताभरिको यहि एउटा रात्रिभोजमा।" (हाँसो) 27 00:01:30,000 --> 00:01:32,000 तर यदि तपाईँले उनीहरूको शिक्षाको बारेमा सोध्नुभयो भने, 28 00:01:32,000 --> 00:01:34,000 उनीहरूले तपाईँलाई जकड्नेछन्। किनभने यो एउटा त्यस्तो कुरा हो 29 00:01:34,000 --> 00:01:37,000 जसले मानिसको भित्रसम्म छुन्छ, हैन त? 30 00:01:37,000 --> 00:01:40,000 धर्म, अनि पैसा र अन्य कुराहरू जस्तै।♫ 31 00:01:40,000 --> 00:01:44,000 मलाई शिक्षामा ठूलो रुचि छ, अनि मलाई लाग्छ हामी सबैलाई छ। 32 00:01:44,000 --> 00:01:46,000 यसमा हाम्रो एउटा ठूलो अन्तर्निहित स्वार्थ छ,♪ 33 00:01:46,000 --> 00:01:49,000 केहि मात्रामा यसको कारण, शिक्षा नै यस्तो चिज हो जसले 34 00:01:49,000 --> 00:01:52,000 हामीले ग्रहण गर्न नसक्ने भविष्यमा हामीलाई लैजान्छ। 35 00:01:52,000 --> 00:01:55,000 एक पटक सोच्नुस त, यस वर्ष विद्यालय शुरु गरेका केटाकेटीहरू 36 00:01:55,000 --> 00:02:01,000 सन २०६५ मा निवृत्त हुनेछन्। कसैलाई थाहा छैन -- 37 00:02:01,000 --> 00:02:04,000 गएका चार दिनमा यहाँ गरिएका सबै विशेषज्ञहरूका कुराहरूका बावजुद -- 38 00:02:04,000 --> 00:02:06,000 यो विश्व पाँच वर्षमा 39 00:02:06,000 --> 00:02:08,000 कस्तो देखिनेछ भनेर। तरै पनि हामी 40 00:02:08,000 --> 00:02:11,000 उनीहरूलाई त्यसका निम्ति पढाईरहनु पर्दछ। त्यसैले यो अनुमानविहीनता, मलाई लाग्छ, 41 00:02:11,000 --> 00:02:13,000 अद्भुत किसिमको छ।® 42 00:02:13,000 --> 00:02:15,000 र यसको तेस्रो कुरा के हो भने 43 00:02:15,000 --> 00:02:20,000 जे भएपनि, हामी सबै सहमत छौँ 44 00:02:20,000 --> 00:02:23,000 बच्चाहरूसँग हुने साँच्चै अद्भुत क्षमतामा -- 45 00:02:23,000 --> 00:02:25,000 उनीहरूको नवीनताको क्षमतामा। मेरो मतलव, हिजो राती सिरेनाले अचम्मै गरिन, 46 00:02:25,000 --> 00:02:28,000 हैन त? उनले के गर्न सक्दी रहिछन भन्ने हेर्दा त। 47 00:02:28,000 --> 00:02:33,000 र उनी अपवाद हुन, तर मलाई लाग्छ हैनन,अझ यसरी भनौं, 48 00:02:33,000 --> 00:02:36,000 सम्पूर्ण बचपनभरिमै अपवाद। 49 00:02:36,000 --> 00:02:39,000 तपाईँले त्यहाँ देख्नुभएको एउटा असाधारण रुपमा समर्पित व्यक्ति हो 50 00:02:39,000 --> 00:02:41,000 जोसँग एउटा प्रतिभा छ। र मेरो असहमति के छ भने, 51 00:02:41,000 --> 00:02:43,000 सबै बच्चाहरूसँग अथाह प्रतिभा हुन्छ।€ 52 00:02:43,000 --> 00:02:45,000 र हामी ती प्रतिभालाई अत्यन्त निर्ममतापूर्वक नष्ट गर्दिन्छौं। 53 00:02:45,000 --> 00:02:48,000 त्यसैले म शिक्षाको बारेमा कुरा गर्न चाहन्छु र 54 00:02:48,000 --> 00:02:51,000 म सिर्जनशीलताको बारेमा कुरा गर्न चाहन्छु। मेरो धारणा के हो भने 55 00:02:51,000 --> 00:02:54,000 अहिले शिक्षामा सिर्जनशीलताको महत्व पनि साक्षरताको जत्तिकै छ, 56 00:02:54,000 --> 00:02:58,000 र हामीले यसलाई उत्तिकै महत्वका साथ हेर्नु पर्छ। 57 00:02:58,000 --> 00:03:06,000 (ताली) धन्यवाद। वास्तवमा, मैले भन्न खोजेको त्यहि हो। 58 00:03:06,000 --> 00:03:10,000 धेरै धेरै धन्यवाद। (हाँसो) भनेपछि, अब १५ मिनेट बाँकि। 59 00:03:10,000 --> 00:03:17,000 अँ, म जन्मेको थिएँ ... अहँ। (हाँसो) 60 00:03:17,000 --> 00:03:21,000 मैले हालसालै एउटा गज्जबको कथा सुनेँ -- मलाई यो कथा भन्न रमाईलो लाग्छ -- 61 00:03:21,000 --> 00:03:25,000 चित्रकला कक्षामा बसेकी एउटी सानी नानीको कथा। छ वर्षकी नानी 62 00:03:25,000 --> 00:03:27,000 र उनी पछाडि बसेकी थिईन, चित्र कोर्दै, 63 00:03:27,000 --> 00:03:29,000 शिक्षीकाले भन्थिन कि ती नानीले कुनै कुरामा ध्यान दिन्नथिन, 64 00:03:29,000 --> 00:03:33,000 तर यो चित्रकलाको कक्षामा उनले ध्यान दिएकी थिईन। 65 00:03:33,000 --> 00:03:35,000 शिक्षीकालाई खुब अचम्म लागेछ र उनको छैउमा गईछन् 66 00:03:35,000 --> 00:03:38,000 र भनिछन, "तिमीले के को चित्र बनाई राखेको?" 67 00:03:38,000 --> 00:03:41,000 अनि ती नानीले भनिछन, "म ईश्वरको चित्र बनाउँदैछु।" 68 00:03:41,000 --> 00:03:44,000 अनि शिक्षीकाले भनिछन, "तर ईश्वर कस्ता छन भनेर त कसैलाई पनि थाहा छैन।"¼ 69 00:03:44,000 --> 00:03:51,000 अनि ती नानीले भनिछन, "एक मिनेटपछि सबैले थाहा पाउनेछन।" 70 00:03:51,000 --> 00:03:52,000 (हाँसो) 71 00:03:52,000 --> 00:03:57,000 जब मेरो छोरो बेलायतमा चार वर्षको थियो -- 72 00:03:57,000 --> 00:04:00,000 वास्तवमा भन्दा, उ जहाँतहिँ चार वर्षकै थियो। (हाँसो) 73 00:04:00,000 --> 00:04:06,000 यदि ठ्याक्कै भन्ने हो भने, जहाँसुकै गएपनि, उ त्यस वर्ष चार वर्षको थियो। 74 00:04:06,000 --> 00:04:08,000 ऊ नेटिभिटी प्लेमा थियो। 75 00:04:08,000 --> 00:04:11,000 तपाईँ त्यो कथा सम्झिनुहुन्छ? अहँ, त्यो धेरै लामो थियो। 76 00:04:11,000 --> 00:04:14,000 यो लामो कथा थियो। मेल गिब्सनले यसको शृङ्खलै बनाएका छन।♫ 77 00:04:14,000 --> 00:04:19,000 तपाईँले हेर्नुभएको होला: "नेटिभिटी २।" तर जेम्सले जोसेफको भूमिका पाएको थियो, 78 00:04:19,000 --> 00:04:22,000 जसले हामीलाई रोमाञ्चित बनाएको थियो।£ 79 00:04:22,000 --> 00:04:24,000 हामीले यसलाई एक मुख्य भूमिकाका रुपमा लिएका थियौँ। 80 00:04:24,000 --> 00:04:26,000 अनि त्यहाँ टी-सर्टमा बोलाईएका टन्नै एजेन्टहरूको भिड थियो: 81 00:04:26,000 --> 00:04:29,000 "जेम्स रबिन्सन जोसेफ नै हो!" (हाँसो) 82 00:04:29,000 --> 00:04:31,000 उसले बोल्नु पर्ने थिएन, तर तपाईँलाई थाहै छ त्यो खण्ड 83 00:04:31,000 --> 00:04:34,000 जहाँ तीन राजाहरू आउँछन्। उनीहरूले उपहारहरू लिएर आउँछन्, 84 00:04:34,000 --> 00:04:36,000 र उनीहरूले सुन, फ्रान्किन्सेन्स र मिर लिएर आउँछन्। 85 00:04:36,000 --> 00:04:38,000 यो साच्चैँ नै भयो। हामी त्यहाँ बसिराखेका थियौँ 86 00:04:38,000 --> 00:04:40,000 अनि मलाई लाग्छ उनीहरू कथाको क्रमबाट बाहिर गए, 87 00:04:40,000 --> 00:04:42,000 किनभने हामीले पछि त्यो बच्चासँग कुरा गर्दा भन्यौँ, 88 00:04:42,000 --> 00:04:44,000 "तिमीलाई ठिकै लाग्यो त?" अनि उसले भन्यो, "अँ, किन? केहि बिग्र्यो र?" 89 00:04:44,000 --> 00:04:46,000 उनीहरूले बद्लि गरे, त्यत्ति मात्रै हो। 90 00:04:46,000 --> 00:04:47,000 जे होस, ती तीनजना केटाहरू आए -- 91 00:04:47,000 --> 00:04:49,000 टाउकामा टावेल राखेका चार वर्षे बच्चाहरू -- 92 00:04:49,000 --> 00:04:52,000 अनि उनीहरूले ती बक्साहरू भुईँमा राखे, 93 00:04:52,000 --> 00:04:54,000 अनि पहिलो केटोले भन्यो, "मैले यहाँको लागि सुन ल्याएको छु।" 94 00:04:54,000 --> 00:04:57,000 अनि दोस्रो केटोले भन्यो, "मैले यहाँको लागि मिर ल्याएको छु।" 95 00:04:57,000 --> 00:05:11,000 अनि तेस्रो केटोले भन्यो, "फ्र्याङ्कले पठाएको।" (हाँसो) 96 00:05:11,000 --> 00:05:13,000 यी कुराहरूमा समानता के छ भने बच्चाहरू अवसर लिईहाल्छन्। 97 00:05:13,000 --> 00:05:16,000 उनीहरूले कुनै कुरा जानेनन भने पनि केहि चाहिँ गरिहाल्छन्। 98 00:05:16,000 --> 00:05:19,000 हैन त? उनीहरू गलत हुन डराउँदैनन्। 99 00:05:19,000 --> 00:05:24,000 अब, मैले भन्न खोजेको कुरा यो हैन कि गलत हुनु र सिर्जनशील हुनु भनेको एकै हो। 100 00:05:24,000 --> 00:05:25,000 हामीलाई यो थाहा छ कि, 101 00:05:25,000 --> 00:05:28,000 यदि तपाईँ गलत हुन तयार हुनुहुन्न भने, 102 00:05:28,000 --> 00:05:31,000 तपाईँ कुनै कुरामा कहिल्यै मौलिकता ल्याउन सक्नुहुन्न। 103 00:05:31,000 --> 00:05:34,000 यदि तपाईँ गलत हुन तयार हुनुहुन्न भने। अनि बच्चाहरू जब बयस्क भईसक्छन्, 104 00:05:34,000 --> 00:05:36,000 धेरैजसोले त्यो क्षमता गुमाईसकेका हुन्छन्। 105 00:05:36,000 --> 00:05:39,000 उनीहरू गलत हुनबाट डराउने हुन्छन्। 106 00:05:39,000 --> 00:05:41,000 अनि, हामी हाम्रा कम्पनीहरू पनि यसरी नै चलाउँछौँ।® 107 00:05:41,000 --> 00:05:44,000 हामी गल्तीहरूलाई नराम्रो रुपमा हेर्छौँ। अनि हामी अहिले 108 00:05:44,000 --> 00:05:47,000 यस्तो प्रकारको राष्ट्रिय शिक्षा पद्धति चलाउँदैछौँ जहाँ 109 00:05:47,000 --> 00:05:50,000 गल्ती भनेको तपाईँले गर्नैनहुने सबैभन्दा नराम्रो कुरा हो। 110 00:05:50,000 --> 00:05:53,000 र यसको परिणाम भने हामी मानिसलाई उनीहरूको सिर्जनशील क्षमताभन्दा 111 00:05:53,000 --> 00:05:56,000 बाहिर शिक्षा दिईराखेका छौं। पिकासोले एकपटक यसो भनेका थिए। 112 00:05:56,000 --> 00:05:59,000 उनले भनेका थिए कि सबै बच्चाहरू जन्मिँदा कलाकार हुन्छन्। 113 00:05:59,000 --> 00:06:03,000 समस्या भने हामी बढ्दै जाँदा पनि कलाकारनै रहिरहनु हो। म यसलाई पूर्ण विश्वास गर्छु कि, 114 00:06:03,000 --> 00:06:05,000 हामी सिर्जनशीलतातिर बढ्दैनौ, 115 00:06:05,000 --> 00:06:08,000 हामी यसबाट बाहिरतिर बढ्छौँ। अझ भन्दा, हामी यसबाट बाहिर शिक्षित हुन्छौँ। 116 00:06:08,000 --> 00:06:10,000 त्यसोभए किन यस्तो छ त? 117 00:06:10,000 --> 00:06:14,000 म करिब ५ बर्षअघिसम्म स्ट्र्याटफर्ड-अन-एभनमा बस्थेँ। 118 00:06:14,000 --> 00:06:16,000 वास्तवमा, हामी स्ट्र्याटफर्डबाट लस एञ्जलस सरेका हौँ। 119 00:06:16,000 --> 00:06:20,000 यसबाट यो परिवर्तन कति सजिलो भयो होला भनेर तपाईँले अनुमान गर्न सक्नुहुन्छ। 120 00:06:20,000 --> 00:06:22,000 (हाँसो) वास्तवमा, 121 00:06:22,000 --> 00:06:24,000 हामी एउटा स्निटरफिल्ड भन्ने ठाउँमा बस्थ्यौँ, 122 00:06:24,000 --> 00:06:26,000 स्ट्र्याटफर्डको केहि बाहिर मात्र, जहाँ 123 00:06:26,000 --> 00:06:31,000 शेक्सपियरका बाबु जन्मेका थिए। तपाईँ अर्को अचम्ममा पर्नु भयो? म चाहिँ परेको थिएँ है। 124 00:06:31,000 --> 00:06:33,000 तपाईँले शेक्सपियरका बाबु पनि थिए भनेर सोच्नुहुन्न, सोच्नुहुन्छ त? 125 00:06:33,000 --> 00:06:35,000 सोच्नु हुन्छ त? किनभने तपाईँ शेक्सपियर 126 00:06:35,000 --> 00:06:37,000 लाई बच्चाको रुपमा सोच्नुहुन्न, हैन त? 127 00:06:37,000 --> 00:06:40,000 सात वर्षका शेक्सपियर? मैले यो कुरा कहिल्यै सोचेको थिईन। मेरो मतलव, उनी 128 00:06:40,000 --> 00:06:42,000 एकपटक सात वर्षका त थिए नि। उनी 129 00:06:42,000 --> 00:06:51,000 कसैको अङ्ग्रेजी कक्षामा थिए, हैन त? त्यो कस्तो दिक्कलाग्दो हुन्थ्यो होला? 130 00:06:51,000 --> 00:07:05,000 (हाँसो) "अझ कडा परिश्रम गर्नुपर्छ।" उनका बाबुले सुत्न पठाउँदा, क्या त, 131 00:07:05,000 --> 00:07:08,000 शेक्सपियरलाई, "जाऊ सुत, चाँडै," 132 00:07:08,000 --> 00:07:10,000 विलियम शेक्सपियरलाई, "अनि त्यो कलम छोड्दे त। 133 00:07:10,000 --> 00:07:18,000 अनि त्यसरी कुरा गर्नु हुँदैन। यसले सबैलाई दोधारमा पार्छ।" 134 00:07:18,000 --> 00:07:23,000 (हाँसो) 135 00:07:23,000 --> 00:07:26,000 जे होस, हामी स्ट्र्याटफर्डबाट लस एञ्जलस गयौँ, 136 00:07:26,000 --> 00:07:30,000 र म, वास्तवमा, त्यो परिवर्तनका बारे एउटा शब्द भन्न चाहन्छु। 137 00:07:30,000 --> 00:07:33,000 मेरो छोरो आउन चाहेको थिएन। 138 00:07:33,000 --> 00:07:36,000 मेरो दुई बच्चा छन्। ऊ अहिले २१ वर्षको भयो, मेरी छोरी १६ वर्षकी छ। 139 00:07:36,000 --> 00:07:38,000 ऊ लस एञ्जलस आउन चाहेको थिएन। उसलाई यो ठाऊँ मन परेको थियो, 140 00:07:38,000 --> 00:07:43,000 तर बेलायतमा उसकी एकजना प्रेमिका थिई। सेरा, उसको जीवनकी प्रेमिका। 141 00:07:43,000 --> 00:07:45,000 ऊसले ऊनलाई चिनेको एकमहिना भएको थियो। 142 00:07:45,000 --> 00:07:48,000 ख्याल गर्नुस, ऊनीहरूले चौथो वार्षिकोत्सव मनाईसकेका थिए, 143 00:07:48,000 --> 00:07:52,000 किनभने १६ वर्षको हुँदा यो लामो समय हो।© 144 00:07:52,000 --> 00:07:54,000 जे होस, उसले हवाईजहाजमा साँच्चै चित्त दुखाएको थियो, 145 00:07:54,000 --> 00:07:56,000 अनि उसले भनेको थियो, "मैले सेराजस्तो अर्को केटी कहिल्यै भेटाउने छैन।" 146 00:07:56,000 --> 00:07:58,000 अनि हामीलाई भने यो कुराले खुशी लागिराखेको थियो, साँच्चै भन्दा, 147 00:07:58,000 --> 00:08:10,000 किनभने हामीले देश छोड्नुको मुख्य कारण ऊनी नै थिईन। 148 00:08:10,000 --> 00:08:13,000 (हाँसो) 149 00:08:13,000 --> 00:08:16,000 तर जब तपाईँ अमेरीका सर्नुहुन्छ तपाईँलाई केही कुराले छोप्छ 150 00:08:16,000 --> 00:08:18,000 र तपाईँ पृथ्वीमा जहाँ पुग्नुभयो भने पनि: 151 00:08:18,000 --> 00:08:22,000 विश्वका सबै शिक्षा पद्धतिमा उहि प्रकारका विषयगत तहहरू छन्। 152 00:08:22,000 --> 00:08:24,000 जुनसुकै ठाउँमा पनि। तपाईँ जहाँ गएपनि केहि फरक पर्दैन। 153 00:08:24,000 --> 00:08:26,000 तपाईँलाई यस्तो हुँदैन जस्तो लाग्ला, तर हैन। 154 00:08:26,000 --> 00:08:29,000 माथिल्लो तहमा गणित र भाषाहरू हुन्छन्, 155 00:08:29,000 --> 00:08:31,000 अनि मानविकी, अनि कलाहरू सबैभन्दा तल हुन्छन्। 156 00:08:31,000 --> 00:08:33,000 पृथ्वीको जुनसुकै ठाउँमा पनि। 157 00:08:33,000 --> 00:08:36,000 अनि प्राय:जसो सबै पद्दतिमा पनि, 158 00:08:36,000 --> 00:08:38,000 कलाहरूभित्र पनि अझ तहहरू हुन्छन्।¼ 159 00:08:38,000 --> 00:08:40,000 विद्यालयहरूमा साधारणतया कला र सङ्गीतलाई उपल्लो दर्जा दिईन्छ 160 00:08:40,000 --> 00:08:43,000 त्यसपछि नाटक र नृत्य। यो ग्रहमा एउटा पनि त्यस्तो शिक्षा पद्दति छैन जहाँ 161 00:08:43,000 --> 00:08:45,000 बच्चाहरूलाई हरेक दिन नृत्य सिकाईन्छ 162 00:08:45,000 --> 00:08:48,000 हामीले ऊनीहरूलाई गणित पढाएको जस्तै। किन? 163 00:08:48,000 --> 00:08:50,000 किन होइन त? मलाई लाग्छ यो कुरा अझ महत्वपूर्ण छ।♫ 164 00:08:50,000 --> 00:08:53,000 मलाई लाग्छ गणित एकदमै महत्वपूर्ण हो, तर नृत्यपनि उत्तिकै हो। 165 00:08:53,000 --> 00:08:56,000 बच्चाहरूलाई दियो भने जतिबेला पनि नाच्छन, हामी सबै नाच्छौँ। 166 00:08:56,000 --> 00:08:59,000 हामी सबैको शरीर छ, हैन त? मैले केहि विर्शेको त छैन नि? 167 00:08:59,000 --> 00:09:03,000 (हाँसो) साँचो भन्दा, के हुन्छ भने, 168 00:09:03,000 --> 00:09:05,000 जब बच्चाहरू बढ्दै जान्छन, हामी ऊनीहरूलाई क्रमिकरुपमा 169 00:09:05,000 --> 00:09:08,000 कम्मरदेखि माथितिर पढाउँदै जान्छौँ। अनि त्यसपछि हामी ऊनीहरूको टाउकोमा केन्द्रित हुन्छौँ। 170 00:09:08,000 --> 00:09:10,000 अनि विस्तारै एउटा भागतिर। 171 00:09:10,000 --> 00:09:14,000 यदि तपाईले एउटा वाह्यजीवको रुपमा शिक्षालाई हेर्नुपर्ने भएमा, 172 00:09:14,000 --> 00:09:17,000 अनि "के का लागि हो, सार्वजनिक शिक्षा?" भनेर भन्नुपर्ने भएमा, 173 00:09:17,000 --> 00:09:19,000 मलाई लाग्छ कि तपाईँ निश्कर्षमा पुग्नुहुन्छ -- यदि तपाईँले उत्पादन हेर्नुभयो भने, 174 00:09:19,000 --> 00:09:21,000 यसबाट को को साँच्चै सफल हुन्छन्, 175 00:09:21,000 --> 00:09:23,000 क कसले ऊनीहरूले गर्नुपर्ने सबै कुरा गर्छन्, 176 00:09:23,000 --> 00:09:26,000 क कसले सबै अङ्कहरू पाउँछन, कसले जित्छन् -- 177 00:09:26,000 --> 00:09:29,000 मलाई लाग्छ तपाईँ यो निष्कर्षमा पुग्नुपर्ने हुन्छ कि सार्वजनिक शिक्षाको सम्पूर्ण उद्देश्य 178 00:09:29,000 --> 00:09:30,000 विश्वभरि नै 179 00:09:30,000 --> 00:09:34,000 विश्वविद्यालयका प्राध्यापकहरू उत्पादन गर्नु हो, हैन त? 180 00:09:34,000 --> 00:09:36,000 ऊनीहरू नै हुन जो अग्र स्थानमा आउँछन्। 181 00:09:37,000 --> 00:09:40,000 अनि म पनि त्यस्तै एकजना थिएँ। (हाँसो)© 182 00:09:40,000 --> 00:09:44,000 अनि मलाई विश्वविद्यालयका प्राध्यापकहरू मन पर्छन, तर तपाईँलाई थाहा छ, 183 00:09:44,000 --> 00:09:48,000 हामीले ऊनीहरूलाई सम्पूर्ण मानव उपलब्धिकै चरमविन्दुको रुपमा राख्नु हुँदैन। 184 00:09:48,000 --> 00:09:50,000 ऊनीहरू जीवनको एउटा प्रकार मात्र हुन,® 185 00:09:50,000 --> 00:09:52,000 जीवनको अर्को प्रकार। तर तिनीहरू बरु जिज्ञासु हुन्छन्, 186 00:09:52,000 --> 00:09:54,000 अनि मैले यो कुरा ऊनीहरूलाई माया गरेर भनेको हुँ। 187 00:09:54,000 --> 00:09:57,000 मेरो अनुभवमा प्राध्यापकहरूको बारेमा एउटा रमाईलो कुरा छ -- 188 00:09:57,000 --> 00:10:00,000 सबैचाहिँ हैन, तर प्राय:जसो -- उनीहरू आफ्नो टाउकोले बाँच्छन्। 189 00:10:00,000 --> 00:10:02,000 ऊनीहरू त्यहाँ माथि बाँच्छन, र अलिकति एकातिर। 190 00:10:02,000 --> 00:10:06,000 एक प्रकारले ऊनीहरू, शाब्दिक रुपमा, शरीरविहीन हुन्छन्। 191 00:10:06,000 --> 00:10:08,000 ऊनीहरू आफ्नो शरीरलाई 192 00:10:08,000 --> 00:10:17,000 एक प्रकारको टाउकोको वाहन जसरी लिन्छन, हैन त? 193 00:10:17,000 --> 00:10:24,000 (हाँसो) यो ऊनीहरूको टाउकोलाई बैठकहरूमा लैजाने एउटा माध्यम हो। 194 00:10:24,000 --> 00:10:27,000 तपाईँ शरीरविहीनताको साँचो प्रमाण खोज्नुहुन्छ भने, 195 00:10:27,000 --> 00:10:30,000 तपाईँ आवाशीय सम्मेलनमा जानुस, 196 00:10:30,000 --> 00:10:32,000 वरिष्ठ प्राज्ञहरूको, 197 00:10:32,000 --> 00:10:35,000 अनि अन्तिम रातको डिस्कोमा जानुस। 198 00:10:35,000 --> 00:10:39,000 (हाँसो) अनि त्यहाँ तपाईँले देख्नुहुनेछ -- लोग्नेमान्छे र आईमाईहरू 199 00:10:39,000 --> 00:10:43,000 बेतालमा, अनियन्त्रित रुपमा शरीर बटारिरहेका, 200 00:10:43,000 --> 00:10:47,000 ता कि घर गएपछि यसको बारेमा एउटा लेखै लेख्न सकियोस भनेर अन्तिमसम्म पर्खिरहेका। 201 00:10:47,000 --> 00:10:53,000 अहिले हाम्रो शिक्षा पद्दती प्राज्ञिक क्षमताको अवधारणामा खडा छ। 202 00:10:53,000 --> 00:10:56,000 र यसको एउटा कारण छ। 203 00:10:56,000 --> 00:10:58,000 यो सबै पद्दति विश्वभरि त्यतिबेला आविश्कार गरिएको थियो जतिबेला 204 00:10:58,000 --> 00:11:00,000 सार्वजनिक शिक्षा नै थिएन, साँच्चै, १९औँ शताब्दी अगाडि। 205 00:11:00,000 --> 00:11:03,000 त्यतिबेला ती सबै कुराहरू औद्योगिकीकरणका 206 00:11:03,000 --> 00:11:04,000 आवश्यकताहरू पुर्ति गर्न शुरु गरिएका थिए। 207 00:11:04,000 --> 00:11:07,000 त्यसैले यो तहगत प्रणाली दुई विचारधाराहरूमा आधारित छ। 208 00:11:07,000 --> 00:11:11,000 प्रथम, कामका लागि सबैभन्दा बढी चाहिने विषयहरू 209 00:11:11,000 --> 00:11:13,000 माथि छन्। त्यसले गर्दा तपाईँलाई बच्चै हुँदा मृदुभावले 210 00:11:13,000 --> 00:11:15,000 तपाईँलाई मन पर्ने कुराहरूबाट टाढा लगिन्छ, 211 00:11:15,000 --> 00:11:17,000 यो आधारमा कि, तपाईँले ती काम गरेर 212 00:11:17,000 --> 00:11:20,000 कहिल्यै नोकरी पाउनुहुन्न। हो कि हैन? 213 00:11:20,000 --> 00:11:22,000 सङ्गीततिर नलाग, तिमी सङ्गीतकार बन्ने हैन; 214 00:11:22,000 --> 00:11:24,000 कलातिर नलाग, तिमी कलाकार बन्ने हैन। 215 00:11:25,000 --> 00:11:29,000 मिठो सुझाव -- अहिले, गम्भिर रुपले गलत। यो सम्पूर्ण विश्व 216 00:11:29,000 --> 00:11:30,000 एउटा क्रान्तिमा फसेको छ। 217 00:11:30,000 --> 00:11:33,000 र दोस्रो हो प्राज्ञिक क्षमता, जसले हाम्रो बौद्धिक दृष्टिकोणमाथि 218 00:11:33,000 --> 00:11:34,000 साँच्चै प्रभुत्व जमाएको छ, 219 00:11:34,000 --> 00:11:37,000 किनभने यो प्रणालीलाई विश्वविद्यालयहरूले ऊनीहरूको आफ्नै छविअनुसार रचना गरेका छन्। 220 00:11:37,000 --> 00:11:39,000 यदि तपाईँले यसबारेमा सोच्नु भयो भने, सार्वजनिक शिक्षाको 221 00:11:39,000 --> 00:11:41,000 विश्वभरिकै सम्पूर्ण पद्दति विश्वविद्यालयको प्रवेशको 222 00:11:41,000 --> 00:11:43,000 एउटा तन्काईएको प्रक्रिया हो। 223 00:11:43,000 --> 00:11:46,000 र यसको परिणाम के हो भने धेरै प्रतिभाशाली, मेधावी, 224 00:11:46,000 --> 00:11:48,000 सिर्जनशील व्यक्तिहरूले आफूलाई केहि हैन भन्ने सोच्छन्, 225 00:11:48,000 --> 00:11:50,000 किनभने ऊनीहरूले विद्यालयमा राम्रो गरिराखेका विषयहरूको 226 00:11:50,000 --> 00:11:54,000 केहि कदर गरिएन, अथवा वास्तवमै खराब मानिन्छ। 227 00:11:54,000 --> 00:11:56,000 र मलाई के लाग्छ भने हामी त्यो बाटोमा जान सक्दैनौँ। 228 00:11:56,000 --> 00:11:58,000 युनेस्कोका अनुसार, आउने ३० बर्षमा, 229 00:11:58,000 --> 00:12:01,000 ईतिहासको शुरूदेखि आजसम्म भएकाभन्दा धेरै 230 00:12:01,000 --> 00:12:03,000 व्यक्तिहरू शिक्षाबाट स्नातक हुनेछन्। 231 00:12:03,000 --> 00:12:05,000 धेरै व्यक्तिहरू, र यो हामीले कुरा गरेका 232 00:12:05,000 --> 00:12:07,000 सबै चिजहरूको मिश्रण हो -- 233 00:12:07,000 --> 00:12:10,000 प्रविधि र यसले काममा ल्याएको रुपान्तरण, अनि जनसङ्ख्या अध्ययन 234 00:12:10,000 --> 00:12:12,000 र जनसङ्ख्याको विशाल वृद्धि। 235 00:12:12,000 --> 00:12:15,000 एकाएक, उपाधिहरूको केहि मूल्य छैन। हैन त? 236 00:12:15,000 --> 00:12:19,000 म विद्यार्थी छँदा, तपाईँसँग उपाधि भए जागिर पाउनुहुन्थ्यो। 237 00:12:19,000 --> 00:12:22,000 यदि तपाईँको जागिर थिएन भने त्यो तपाईँले नचाहेर मात्र हुन्थ्यो। 238 00:12:22,000 --> 00:12:25,000 अनि मलाई, सोझै भन्दा, जागिरको ईच्छा थिएन। (हाँसो) 239 00:12:25,000 --> 00:12:30,000 तर अहिले उपाधि लिएका बच्चाहरू धेरैजसो 240 00:12:30,000 --> 00:12:31,000 भिडियो गेम खेल्न घर फर्किन्छन्, 241 00:12:31,000 --> 00:12:34,000 किनभने पहिले बीए चाहिने जागिरलाई अहिले एमए चाहिन्छ 242 00:12:34,000 --> 00:12:37,000 अनि एमए चाहिनेलाई पीएचडी चाहिन्छ। 243 00:12:37,000 --> 00:12:39,000 यो प्राज्ञिक स्फीतिको एउटा प्रक्रिया हो। 244 00:12:39,000 --> 00:12:41,000 र यसले पुरै शिक्षा पद्दति हाम्रो पैतालामुनितिर 245 00:12:41,000 --> 00:12:43,000 खस्किराखेको छ भन्ने दर्शाउँछ। हामीले हाम्रो बौद्धिक दृष्टिकोणबारे 246 00:12:43,000 --> 00:12:44,000 समस्त रुपमा पुनर्विचार गर्नुपर्छ। 247 00:12:44,000 --> 00:12:46,000 हामीले बुद्धिको बारेमा तीनओटा कुराहरू जानेका छौ। 248 00:12:46,000 --> 00:12:49,000 पहिलो, यसको विविधता। विश्वलाई हामीले यसलाई अनुभव गरेका 249 00:12:49,000 --> 00:12:51,000 हरेक तरिकाबाट हेर्दछौँ। हामी दृश्यमा सोच्छौँ, 250 00:12:51,000 --> 00:12:54,000 हामी आवाजमा सोच्छौँ, हामी सौन्दर्यमा सोच्छौँ। 251 00:12:54,000 --> 00:12:57,000 हामी अमूर्त ढाँचामा सोच्छौँ, हामी चालमा सोच्छौँ। 252 00:12:57,000 --> 00:12:59,000 दोस्रो, बुद्धि गतिशील छ। 253 00:12:59,000 --> 00:13:02,000 यदि तपाईँले मान्छेको दिमागको अन्तरक्रियालाई हेर्नुभयो भने, हामीले 254 00:13:02,000 --> 00:13:05,000 हिजो त्यतिका प्रस्तुतिहरूमा सुनेजस्तो, 255 00:13:05,000 --> 00:13:07,000 बुद्धि आश्चर्यजनक रुपले अन्तरक्रियात्मक छ। 256 00:13:07,000 --> 00:13:10,000 दिमाग कक्षहरूमा बिभाजित छैन। 257 00:13:10,000 --> 00:13:13,000 वास्तवमा, सिर्जनशीलता -- जसलाई मैले मुल्यवान मौलिक विचारहरू 258 00:13:13,000 --> 00:13:15,000 जान्ने प्रक्रियाको रुपमा परिभाषित गर्छु -- 259 00:13:15,000 --> 00:13:18,000 प्राय:जसो विभिन्न शास्त्रको वस्तुहरूलाई हेर्ने तरीकाहरुको 260 00:13:18,000 --> 00:13:21,000 अन्तरक्रियाबाट उत्पन्न हुन्छ। 261 00:13:21,000 --> 00:13:23,000 दिमाग जानिबुझिकनै -- वास्तवमा, 262 00:13:23,000 --> 00:13:26,000 दिमागका दुई भागहरूलाई जोड्ने कर्पस क्यालोसम नामको 263 00:13:26,000 --> 00:13:28,000 एउटा स्नायुरेसाको मुठो हुन्छ। यो महिलाहरूमा अलि मोटो हुन्छ। 264 00:13:28,000 --> 00:13:30,000 हिजोकी हेलेनलाई हेर्दा, सायद यहि कारणले महिलाहरू 265 00:13:30,000 --> 00:13:34,000 एकैपटक धेरैओटा काम राम्ररी गर्न सक्छन् भन्ने मलाई लाग्छ। 266 00:13:34,000 --> 00:13:36,000 किनभने तपाईँ त्यस्तो हुनुहुन्छ, हैन त? 267 00:13:36,000 --> 00:13:39,000 यसको अनुसन्धानको एउटा पाटो छ, तर मैले आफ्नै जीबनबाट यो कुरा जानेको छु। 268 00:13:39,000 --> 00:13:41,000 यदि मेरी श्रीमतीले घरमा खाना बनाउँदैछिन भने -- 269 00:13:41,000 --> 00:13:45,000 जुनचाहिँ धेरैजसो हुन्न, धन्न। (हाँसो) 270 00:13:45,000 --> 00:13:48,000 तर तपाईँलाई थाहा छ, ऊनले पकाउँदैछिन् -- हैन, ऊनले केहि-केहि चाहिँ राम्रै पकाउँछिन् -- 271 00:13:48,000 --> 00:13:50,000 तर यदि ऊनले पकाउँदैछिन भने, तपाईँलाई थाहा छ, 272 00:13:50,000 --> 00:13:52,000 ऊनले फोनमा कसैसित कुरा गरिरहेकि हुन्छिन्, 273 00:13:52,000 --> 00:13:55,000 केटाकेटीहरूसित कुरा गरिराखेकि हुन्छिन, छत लिपिराखेकी हुन्छिन्, 274 00:13:55,000 --> 00:13:58,000 उनी यहाँ ओपन-हार्ट सर्जरी गरिराखेकी हुन्छिन्। 275 00:13:58,000 --> 00:14:01,000 यदि मैले पकाउँदै छु भने, ढोका बन्द हुन्छ, केटाकेटीहरू बाहिर हुन्छन्, 276 00:14:01,000 --> 00:14:04,000 फोन उठिराखेको हुन्छ, अनि ऊनी आउँदा पनि मलाई दिक्क लाग्छ। 277 00:14:04,000 --> 00:14:17,000 म भन्छु, "टेरी, कृपया, मैले यहाँ अण्डा पकाईराखेको छु। एकैछिन पर्ख न।"(हाँसो) 278 00:14:17,000 --> 00:14:19,000 वास्तवमा, पुरानो दार्शनिक कुरा छ नि, 279 00:14:19,000 --> 00:14:22,000 यदि जङ्गलमा एउटा रुख ढल्छ र कसैले सुन्दैन, 280 00:14:22,000 --> 00:14:25,000 ढलेकै हो त? त्यो पुरानो कटुस सम्झिनुहुन्छ? 281 00:14:25,000 --> 00:14:28,000 मैले हालसालै एउटा गज्जबको टि-सर्ट देखेको थिएँ जसमा लेखेको थियो, "यदि एउटा लोग्नेमान्छेले 282 00:14:28,000 --> 00:14:31,000 जङ्गलमा आफ्नो मनको कुरा भन्छ, र कुनै आईमाईले सुन्दैन भने, 283 00:14:31,000 --> 00:14:40,000 तबपनि ऊ गलत हुन्छ त?" (हाँसो) 284 00:14:40,000 --> 00:14:42,000 अनि बुद्धिको बारेमा तेस्रो कुरा हो, 285 00:14:43,000 --> 00:14:45,000 यो पृथक छ। मैले अहिले एउटा किताब लेख्दै छु 286 00:14:45,000 --> 00:14:47,000 "एपिफानी" नामको, जुन व्यक्तिहरूले ऊनीहरूको प्रतिभा कसरी पत्ता लगाए 287 00:14:47,000 --> 00:14:49,000 भन्ने कुराको एउटा अन्तर्वार्ताको शृङ्खलामा आधारित छ। 288 00:14:49,000 --> 00:14:51,000 मान्छेहरु कसरी त्यहाँसम्म पुगे भन्ने कुराले मलाई आकर्षित गरेको छ। 289 00:14:51,000 --> 00:14:54,000 यो मैले एउटी बिचित्रकी महिलासँग 290 00:14:54,000 --> 00:14:56,000 गरेका कुराबाट प्रेरित छ जसको बारेमा सायद धेरै व्यक्तिहरूले 291 00:14:56,000 --> 00:14:58,000 सुनेका छैनन होला, ऊनको नाम हो गिलियन लिने, 292 00:14:58,000 --> 00:15:00,000 तपाईँले सुन्नुभएको थियो त? कसैकसैले सुनेका छन्। ऊनी एउटा कोरियोग्राफर हुन् 293 00:15:00,000 --> 00:15:02,000 र ऊनको काम सबैलाई थाहा छ। 294 00:15:02,000 --> 00:15:04,000 ऊनले "क्याट्स" अनि "फ्यान्टम अफ द ओपेरा" बनाएकि थिईन्। 295 00:15:04,000 --> 00:15:08,000 ऊनी बिचित्रकी छन। म वेलायतमा रोयल ब्यालेटको समितिमा बस्थेँ। 296 00:15:08,000 --> 00:15:10,000 तपाईँलाई थाहै छ। 297 00:15:10,000 --> 00:15:12,000 जे होस, गिलियन र मैले एकदिन संगै खाना खायौँ अनि मैले भने, 298 00:15:12,000 --> 00:15:14,000 "गिलियन, तपाईँ कसरी नृत्यकर्मी बन्नुभयो त?" अनि उनले भनिन" 299 00:15:14,000 --> 00:15:16,000 यो रोचक थियो, जब ऊनी विद्यालयमा थिईन्, 300 00:15:16,000 --> 00:15:19,000 ऊनी साँच्चै निराश थिईन। अनि त्यो विद्यालयले, सन ३०को दशक तिर, 301 00:15:19,000 --> 00:15:21,000 ऊनका आमाबाबुहरूलाई लेख्यो, "हामीलाई लाग्छ 302 00:15:21,000 --> 00:15:23,000 गिलियनको सिकाई क्षमतामा समस्या छ।" ऊनी एकाग्र हुन सक्दिनन्, 303 00:15:23,000 --> 00:15:25,000 ऊनी धेरै चञ्चल थिइन। मलाई लाग्छ अहिले तिनीहरूले उनलाई 304 00:15:25,000 --> 00:15:29,000 एडीएचडी थियो भन्थे होलान्। हैन त? तर यो १९३० तिरको कुरा हो, 305 00:15:29,000 --> 00:15:32,000 अनि त्यतिबेला एडीएचडीको आविश्कार नै भएको थिएन। 306 00:15:32,000 --> 00:15:35,000 त्यतिबेला यो एउटा उपलब्ध अवस्था थिएन। (हाँसो) 307 00:15:35,000 --> 00:15:39,000 कसैलाई यो हुन्छ भन्ने कुरा कसैलाई थाहै थिएन। 308 00:15:39,000 --> 00:15:43,000 जे होस, ऊनी विशेषज्ञकहाँ देखाउन गईन। अनि, त्यो भब्य कोठा, 309 00:15:43,000 --> 00:15:46,000 र ऊनि आमासँग गएकी थिईन्, 310 00:15:46,000 --> 00:15:49,000 अनि उनलाई एउटा छेउको कुर्सीमा लगेर बसाईयो, 311 00:15:49,000 --> 00:15:51,000 अनि ऊनी २० मिनेटसम्म एक्लै बसिराखिन जतिबेला 312 00:15:51,000 --> 00:15:53,000 त्यो मान्छेले ऊनकी आमासँग गिलियनलाई विद्यालयमा भएका 313 00:15:53,000 --> 00:15:57,000 ऊनका सबै समस्याहरूका बारेमा कुरा गर्र्यो। अन अन्तिममा -- 314 00:15:57,000 --> 00:15:59,000 ऊनले मान्छेहरूलाई अलमल्याएकाले, 315 00:15:59,000 --> 00:16:01,000 ऊनको गृहकार्य सधै ढीलो हुन्थ्यो, अनि यस्तै यस्तै, 316 00:16:01,000 --> 00:16:04,000 आठ वर्षकी सानी बच्ची -- अन्त्यमा, डाक्टर गएर 317 00:16:04,000 --> 00:16:06,000 गिलियनको छेउमा बस्यो अनि भन्यो, "गिलियन्, 318 00:16:06,000 --> 00:16:08,000 मैले तिम्रो आमाले भनेका सबै कुराहरू सुनेँ, 319 00:16:08,000 --> 00:16:10,000 र म ऊहाँसँग एकान्तमा कुरा गर्न चाहन्छु।" 320 00:16:10,000 --> 00:16:13,000 ऊसले भन्यो, "यहिँ पर्ख है, हामी आईहाल्छौँ, धेरै बेर लाग्दैन।" 321 00:16:13,000 --> 00:16:15,000 अनि ऊनीहरू ऊनलाई छाडेर गए। 322 00:16:15,000 --> 00:16:17,000 तर ऊनीहरू कोठाबाट बाहिर जाँदा उसले उसको टेबलमा भएको 323 00:16:17,000 --> 00:16:19,000 रेडियो खोल्यो। अनि जब तिनीहरू 324 00:16:19,000 --> 00:16:21,000 कोठाबाहिर गए, ऊसले ऊनको आमालाई भन्यो, 325 00:16:21,000 --> 00:16:24,000 "उँभिनुस र ऊनलाई हेर्नुस।" र ऊनीहरू कोठाबाट निस्किने बित्तीकै, 326 00:16:24,000 --> 00:16:28,000 ऊनले भनिन, ऊनी ऊभिईन, अनि सङ्गीतसँगै चल्न थालिन्। 327 00:16:28,000 --> 00:16:30,000 ऊनीहरूले केहि मिनेटसम्म हेरे 328 00:16:30,000 --> 00:16:33,000 अनि ऊ ऊनकी आमातिर फर्केर भन्यो, 329 00:16:33,000 --> 00:16:37,000 "श्रीमती लिने, गिलियन बिरामी छैनन, ऊनी नर्तकी हुन्। 330 00:16:37,000 --> 00:16:39,000 ऊनलाई नृत्य विद्यालयमा लैजानुस।" 331 00:16:39,000 --> 00:16:41,000 मैले भनेँ, "अनि के भयो?" 332 00:16:41,000 --> 00:16:44,000 ऊनले भनिन, "पठाउनुभयो। त्यो कति रमाईलो थियो भन्ने म तपाईँलाई भन्नै सक्दिन। 333 00:16:44,000 --> 00:16:46,000 हामी त्यो कोठामा गयौँ त्यहाँ सबै म जस्ता मान्छेहरूले 334 00:16:46,000 --> 00:16:49,000 भरिएको थियो। स्थिर बसिराख्न नसक्ने मान्छेहरू। 335 00:16:49,000 --> 00:16:52,000 सोच्नका लागि चल्नैपर्ने मान्छेहरू ।" सोच्नका लागि चल्नुपर्नेहरू । 336 00:16:52,000 --> 00:16:54,000 ऊनीहरू ब्याले नाच्थे, ट्याप नाच्थे, ज्याज नाच्थे, 337 00:16:54,000 --> 00:16:56,000 आधुनिक नाच्थे, समकालीन नाच्थे । 338 00:16:56,000 --> 00:16:59,000 अन्तत: ऊनी रोयल ब्याले विद्यालयका लागि छानिईन, 339 00:16:59,000 --> 00:17:01,000 ऊनी एकल कलाकार बनिन, ऊनले रोयल ब्यालेमा 340 00:17:01,000 --> 00:17:03,000 गज्जबको पेशा पाईन। अन्तत: ऊनी 341 00:17:03,000 --> 00:17:05,000 रोयल ब्याले स्कूलबाट स्नातक भईन् र 342 00:17:05,000 --> 00:17:08,000 आफ्नै कम्पनी शुरु गरिन -- द गिलियन लिने डान्स कम्पनी -- 343 00:17:08,000 --> 00:17:11,000 एन्ड्रु लोयड वेबरलाई भेटिन। ऊनी ईतिहासकै सबैभन्दा बढी 344 00:17:11,000 --> 00:17:13,000 सफल साङ्गीतिक थिएटर निर्माणका लागि जिम्मेबार छिन् 345 00:17:13,000 --> 00:17:18,000 ऊनले दसौँ लाखलाई आनन्द दिएकी छन्, 346 00:17:18,000 --> 00:17:21,000 अनि ऊनी करोडपति छिन् । अरु कोहि भएको भए 347 00:17:21,000 --> 00:17:25,000 ऊनलाई उपचार गर्थ्यो होला अनि ऊनलाई 348 00:17:25,000 --> 00:17:27,000 चुप लाग्न भन्थ्यो होला। 349 00:17:27,000 --> 00:17:30,000 अब, मलाई लाग्छ ... (ताली) मैले के सोच्छु भने: 350 00:17:30,000 --> 00:17:32,000 अल गोरले हिजो राती पर्यावरणको बारेमा, 351 00:17:32,000 --> 00:17:35,000 अनि राचेल कार्सनले शुरु गरेको क्रान्तिको बारेमा बोले । 352 00:17:35,000 --> 00:17:39,000 मलाई विश्वास छ भविष्यको लागि हाम्रो एकमात्र आशा 353 00:17:39,000 --> 00:17:42,000 भनेको मानव पर्यावरणको नयाँ अवधारणा अपनाउने नै हो, 354 00:17:42,000 --> 00:17:46,000 यस्तो अवधारणा जसमा हामी मानव क्षमताको सम्पन्नताको 355 00:17:46,000 --> 00:17:48,000 नयाँ धारणा बनाउँन शुरु गर्नेर्छौँ। 356 00:17:48,000 --> 00:17:52,000 हाम्रो शिक्षा पद्दतिले हाम्रो दिमागलाई यसरी खाईदिएको छ 357 00:17:52,000 --> 00:17:54,000 कि हामी पृथ्वीलाई खान्छौँ: एउटा विशेष क्रयवस्तुका लागि। 358 00:17:54,000 --> 00:17:57,000 र भविष्यमा, यसले हामीलाई काम दिने छैन । 359 00:17:57,000 --> 00:18:00,000 हामीले आधारभूत सिद्धान्तहरूलाई पुनर्विचार गर्नुपर्छ 360 00:18:00,000 --> 00:18:02,000 जसमा हामी हाम्रा बच्चाहरूलाई शिक्षा दिँदैछौँ । जोनास साल्कको 361 00:18:02,000 --> 00:18:06,000 एउटा गज्जबको भनाई छ नि, ऊनले भनेका छन, "यदि सबै कीराहरू 362 00:18:06,000 --> 00:18:09,000 पृथ्वीबाट हराउनुपर्ने भए, 363 00:18:09,000 --> 00:18:12,000 ५० वर्षभित्र पृथ्वीका सबै जीवहरू खत्तम हुनेथियो । 364 00:18:12,000 --> 00:18:15,000 यदि पृथ्वीबाट सबै मान्छेहरू हराए भने, 365 00:18:15,000 --> 00:18:19,000 ५० वर्षभित्र सबै जीवहरू फस्टाउने छन्।" 366 00:18:19,000 --> 00:18:21,000 अनि ऊनले ठीक भनेका छन्। 367 00:18:21,000 --> 00:18:24,000 टेडले मानव कल्पनाको उपहारलाई सम्मान गर्छ। 368 00:18:24,000 --> 00:18:28,000 हामीले यो उपहार वुद्धिमानीपूर्वक प्रयोग गर्नेबारे सचेत हुनुपर्छ, 369 00:18:28,000 --> 00:18:31,000 अनि हामीले केहि परिदृश्यहरूलाई हटाईदिनुपर्छ 370 00:18:31,000 --> 00:18:34,000 जसको बारेमा हामीले कुरा गरेका छौँ। र हामीले यसो गर्ने 371 00:18:35,000 --> 00:18:38,000 एउटै मात्र तरिका भनेको हाम्रा सृजनशील क्षमताहरूलाई 372 00:18:38,000 --> 00:18:40,000 तिनीहरूका सम्पन्नताअनुसार हेर्ने, र हाम्रा 373 00:18:40,000 --> 00:18:43,000 बच्चाहरूलाई तिनीहरूका आशाको रुपमा हेर्ने नै हो । र हाम्रो काम 374 00:18:43,000 --> 00:18:46,000 ऊनीहरूको सम्पूर्ण पक्षलाई शिक्षित गर्नु हो, जसद्वारा उनीहरूले भविष्यलाई सामना गर्न सकून्। 375 00:18:46,000 --> 00:18:49,000 -- जे होस -- हामीले भविष्य नदेखौँला, 376 00:18:49,000 --> 00:18:52,000 तर ऊनीहरूले देख्नेछन् । र हाम्रो काम भनेको ऊनीहरूलाई 377 00:18:52,000 --> 00:18:54,000 यसमा केही गर्न सहयोग गर्ने हो । धेरै धेरै धन्यवाद ।