सङ्गित (प्रश्न) म सङ्ग दुईवटा प्रश्नहरु छन् । पहिलो प्रश्न दुःखको बारेमा छ । (मोजी) के को बारेमा ? (प्रश्न) दुःखको बारेमा (मोजी) के यो प्रश्न दुई प्रश्नहरुमध्य बढि महत्वपूर्ण छ । (मोजी) ती दुई प्रश्नहरुमध्य, सवैभन्दा राम्रो प्रश्न पहिला मलाई सोध्नुस । (मोजी) यदि तिमीले कम महत्वपूर्ण प्रश्न दियौ भने, (मोजी) तिम्रो मन अर्को प्रश्नको लागि कुरिरहेको हुन्छ । (प्र) ठीक छ, दोस्रो (हाँसो) त्यो दोस्रो प्रश्न सम्वन्धको बारेमा छ । (हाँसो) (मोजी) मलाई लाग्छ यो महत्वपूर्ण छ । (प्र) हो । (हाँसो) (मोजी) सम्वन्ध र त्यसपछि दुःख । (हाँसो) (मोजी) मैला ठट्टा मात्र गरेको । (प्र) यसको बारेमा कि जव म सम्बन्धमा हुन्छु, जब म नजिक भएको महशुस गर्छु, जब म त्यस ब्यक्ति प्रति अति घनिष्ट हुन्छु र बिछोडको अवस्था आउँछ । वा त्यस ब्यक्तिले मलाई पर धकल्छ, म पुरै बेकारी हुन्छु । (मोजी) हो, हो । (प्र) त्यस्तो भाव हुन्छ, यो स्वतः क्रिया भए जस्तो हुन्छ । यो आफै आउँछ । यो आफै आउँछ । (मोजी) किन तिनीहरुले तिमीलाई पर धकेल्छन् ? (प्र) किनकि म समाउन खोज्छु । (मोजी) के तपाईं केहि कुरा समाउन चाहानुहुन्छ ? अर्को ब्यक्तिको लागि यो आसाध्यै हुन्छ । केहि समयको लागमात्र राम्रो हुन्छ । केहि समयको लागमात्र राम्रो हुन्छ । यदि कोहि आफूलाई असुरक्षित महशुस गर्छ भने, हुन सक्छ, तिनीहरु यस्तै हुन्छन् । तिमी मलाई आवश्यक छ, तर केहि समय पछि यो अति हुन्छ । तिमीले कसैलाई पनि समाउने कोशिस नगर । तिमी माकुर हैन । (हाँसो) यो प्रतिक्रिया जुन भित्र आउँछ किनकि केहि अनुभव गर्छ । हुनसक्छ तपाईँ आफै आफ्नो लागि योग्य नहुनसक्छ, केहि प्रविधि (ढङ्ग) विना । त्योसो भए, यो राम्रे अवस्था हैन । तपाई यसको बारेमा जानकार हुनुपर्छ । त्यसो हैनकि तपाई स्वतः बलियो हुनुहुन्छ त्यस्तै गरेर । तर सम्वन्धले पनि सत्य पत्ता लगाउन केहि अवसरहरु प्रदान गर्छ, र हामीभित्र जे छ त्यो पत्ता लगाउनलाई अलि छिटो सम्झौता गर्नुपर्छ (प्र) हो, म देख्न सक्छु। तर यो अझै त्यहिँ छ । (मोजी) त्यसोभए यो राम्रो हो कि तपाई सतसगंमा आउनुभयो । किनभने त्यो आशक्तिको झुकावलाई अव हेर्न सुरु गर्नसक्नुहुन्छ । वा यो इन्कारको डर हुनसक्छ वा अरु यस्तै । सम्वन्धहरु कोशिस गरेरमात्र राम्रो हुंदैन, जस्तै तपाईले धेरै मिहिनेत गर्नुभयो । यो काम गर्दैन त्यस्तोतरिकाले । काम गर्दैन । त्यहाँ त स्वतन्त्रता चाहिन्छ । त्यहाँ त भित्रि शक्ति चाहिन्छ । स्पष्टता, ज्ञान — यस्तै सबै चाहिन्छ । यो यसरि काम गर्दैन, ‘कति तपाईले दिनुभयो’, ‘अनि मैले धेरै दिए’ । यो (भुक्तानि) पैशा तिरे जस्तो हैन । र जति तपाई कोशिस गर्नुहुन्छ, र कोशिस गर्नुहुन्छ, र तपाई भन्नुहुन्छ । यो काम गर्दैन, यसले झन् मानिसहरुलाई पर धकेलिदिन्छ । किनभने यो पनि कोशिस गर्नको लागि राम्रो हो । केहि आउनैपर्छ र त्यो चाहिँ स्वतन्त्रताको लागि हुनुपर्छ । यदि तपाईलाई यो कुराको चेतना भयो भने, अन्तज्र्ञानबाट थाहा हुन्छ कि कति खेर स्वतन्त्रको ठाउँ दिने भनेर । यो सबै कुरा आउँछ । मलाई बिश्वास छ कि तपाईले पनि यो ज्ञानलाई प्रयोगमा ल्याउनुहुन्छ । अब तपाई आउनुभएको छ र तपाई देख्नुहुन्छ कि त्यहाँ केहि तत्वले महशुस गरेको छ । ‘मैले यो बस्तुलाई आफ्नो बशमा राख्नुपर्छ ।’ यो स्वतन्त्रतासगँ पनि उस्तै हो । कहिलेकाँहि, तपाई महशुुस गर्नुहुन्छ, ‘अँ’ । जति सक्दो चाँडो तपाई सत्य अवस्थाको अनुभव गर्नुहुन्छ, तपाई आफ्नो विशालताको अनुभव गर्नुहुन्छ । केहि कुरा चल्न सक्छ, ‘कसरि म यसलाई राख्न सक्छु’ ? यो पनि त्यो जस्तै हो सम्वन्धमा । ‘कसरि म यसलाई राख्न सक्छु’ ? कसरि तपाई यसलाई राख्न सक्नुुहुन्छ ? सम्वन्ध कुनै चिज हैन राख्नको लागि । यो त तपाईंको स्वच्छताबाट आनन्द लिने हो । तपार्इंको आन्तरिक शक्तिमा, तपाईले भेटाउनुहुन्छ कि सबैचिज अरु बढि शुद्द हुनआउँछ । सबैचिज तपार्इंसगं हुन रुचाउँछ, जव तपाई भित्रबाट खालिपनको मनोशाय राख्नुहुन्छ । धेरै इरादाहरु राख्दा तनावको सृजना हुन्छ । जव तपाईं यो चाहानाबाट खालि हुनुहुन्छ, सबै जसो चाहानाहरुबाट । र यो कुनै दम्भ पनि हैन । यो भनेको, स्वभाविक अवस्थामा तपाईलाई केहि चाहिंदैन, तपाईंलाई कसैको स्वीकृति पनि चाहिँदैन। तपार्इं यो पनि महशुुस गर्नुहुन्न कि कसैले तपाईंलाई प्रेम गर्नुपर्छ । के तपाई यस्तो कल्पना गर्न सक्नुहुन्छ ? यस्तो अवस्थामा अवस्थित हुँदा तपाईलाई केहि पनि आवश्यक पर्दैन, तपाईंलाई कसैले माया पनि गर्नु पर्दैन । यो अत्यन्तै शान्त ठाँउ हो । यो अवस्थामा, तपार्इंको प्रेम धेरै निशर्त खुल्ला हुन्छ । धेरै ब्यापक, धेरै राम्रो, धेरै बलियो तर अहिलेको लागि, म तिमीलाई यसमा हाम फाल्नको लागि भन्दिन । म भन्छु, हेर त्यो के हो जसले यो महशुस गर्छ, ‘जे राम्रो हुन्छ, मैले त्यसललाई समात्नु पर्छ ।’ बस, त्यसलाई हेर । कोसले यो गर्दै छ ? यो कसलाई आवश्यक छ ? र यस्तो खाले प्रश्नहरुबाट धेरै शान्त रहनु । बस, शान्त रहू । वास्तवमा, म तपाईहरुलाई यो अभ्यास गर्नको लागि भन्छु । शायद मलाई भोलि भन्नु के हुन्छ भनेर । बस हेर र अनुभव गर, त्यो परिदृश्यलाई आफ्नो मनमा पुनःरचना गर । र हेर के कुरा आउँछ र अनुभव हुन्छ, ‘अँ । यदि तपाई एक्लिन गईरहनुभएको छ भने वा कसैले छाड्दै छ भने, केहि कुराले यस्तै ब्यहोरा गरिरहेको हुन्छ । बिचार गरेर हेर । के देखि डराईरहनुभएको छ ? यसको अन्तिम अवस्थासम्म धकेल । तिम्रो कल्पनको चरमविन्दुसम्म जाऊ र हेर के सबैभन्दा नारम्रो हुन्छ । सबैभन्दा नराम्रो अवस्थामा के हुन्छ ? यो कस्तो अनुभव हुन गाईरहेको छ ? अनि हेर को दुःखी हुन्छ ? अनि को दुःखी भईरहन्छ ? तर तपाई नबिर्सिनुकि तपाईले पनि यसलाई निरीक्षण गरिरहनुभएको छ । त्यसकारण यी तीनकुराहरु । पहिलो, तपाईं जे हुंदैछ भनेर कल्पना गर्नुहुन्छ, यदि तपाईको डर सत्य हुन आयो भने । तपाई आफूले राख्न चाहेको कुरा राख्न सक्नु हुन्न र तपाई पीडा अनुभव गर्नुहुन्छ । अघिनै, मैले तपाईको आँखामा हेंरे, मैले देखे, ‘अँ अँ, केहि चिजले तपाईलाई छोड्दैछ’ । अब जानुस र हेर्नुहोस् के हुन्छ । त्यसकारण यसकारण तपाई छोडिनु भयो, एक्लिनुभयो । ‘तपाई चाहानुहुन्न ।’ उसोभए अनुभव गर्नुस जे आउँछ । तर बर्तमान अवस्थामा पनि रहू जहाँबाट तपाई हेरिरहनुभएको छ । र भावसगँ पनि आफ्नो अवस्थामा रहू । हेर के हुन्छ । के बाट डराईरहनुभएको छ । यो धेरै बुद्घिमानी काम होः यसलाई हेरिरहँदा । र त्यसैले, कुनैपनि किसिमले तपाई नराम्रो भावको अनुभव गर्नुहुन्छ होला । के कल्पना गरेको थियो, त्यो हुन्छ भनेर । र त्यसपछि हेर, वास्तवमा को दुःखी भईरहेको छ । हेर, यदि तपाई पहिचान गर्नसक्नुहुन्छ भने को दःुखी भईरहेको छ भनेर । यद्यपि कथाहरुमा मात्र नफस, मात्र हेर । बर्तमान अवस्थामा रहू, तपाई यसलाई हेरिरहनुभएको छ भनेर, तर यहि समयमा सबैभन्दा राम्रो र साच्चिकै प्रयास गर यसलाई देख्नलाई र हेर्नलाई । यो जुनसुकै भावमा पनि गर्नसक्नुहुन्छ, जस्तो सुकै बिचारमा, तपाई गर्न सक्नुहुन्छ । अनि तपाई हेर्न सक्ने अवस्थामा आउनुहुन्छ तपाईको नाममा के कार्य भईरहेको छ भनेर । र पत्ता लगाऊ के तपाई त्यहि नै असलि हो ? वा यो मात्र कुनै प्रकारको चित्रण हो, जुन तपाईकै दिमागको प्रक्षेपण मात्र हो । र केहि खालि ठाउँ आउँनेछ । र त्यो खाली ठाउँ नै सबैभन्दा महत्वपूर्ण हुन्छ आफ्नो स्वभाविक अवस्थामा आउनलाई यस्तो अनुभवबाट नडराऊ । निमन्त्रणा गर बरु । अर्को पटक यस्तो अनुभव आउनको लागि निमन्त्रणा गर र त्यसलाई उत्कृष्ट मुक्का हानीदेऊ । उत्कृष्ट मुक्का फर्काऊ । उत्कर्षमा जाऊ । तर म त्यसलाई हेर्छु मात्र मेरो आँखाको माध्यमबाट । हेर्नुस । हस्तक्षेप नगर्नुस । मुल्याङ्कन नगर्नुस । उल्था नगर्नुस । हेर, यदि तपार्इं यसो गर्न सक्नुहुन्छ भने । यो यौटा कला हो जुन तपाईंले चांडै सिक्नुहुन्छ । किनभने तपाईंको हेराईको फल निकै मीठो हुन्छ । यो कुनै पनि सम्बन्धभन्दा मीठो हुन्छ, तपार्इंको स्वतन्त्रता पत्ता लगाउन । ‘अँ..,म स्वतन्त्र भए यी चिजबाट ।’ यो हैन कि मलाई यो चिज चाहिँदैन । तर सबैभन्दा महत्वपूर्ण के हो भने मैले त्यो दखे । यस्तो हुनुपर्छ भन्ने चाहाबाट म स्वतन्त्र भए । र अचम्म लाग्दो तरिकाले, अचम्मले जव त्यो ठाउँ सफा हुन्छ तपाई भित्र, कस्तो राम्रो आकर्षण पनि । मनिसहरु आउन चाहान्छन् । यदि तपाईको मनमा केहि विषयहरु वा मुद्दाहरु छन् भने । पहिल्यै तपाईको आँखा कसैमा छ, ‘अँ अँ’ र सम्पूर्ण राम्रा एकिकृति शक्तिहरु तपाईंले पाउन थाल्नुहुन्छ ... तर तिनीहरुले यसको गन्ध सुंघ्नेछन् । यदि तिनीहरु अन्तरज्ञानी रैछन् भने, तिनीहरुले गन्ध थाहापाउँछन्, ‘यो खतरा हुन्छ ।’ ‘तिनीले मलाई टाउकोमा हिर्काउँछिन् र मलाई भित्र तान्छिन् र म सकिनेछु ।’ तर, इमान्दिारी पूर्वक भन्दा, यो गर्ने सहि तरिका हो । जस्तो चिज पनि तपाईं अनुभव गर्नुहुन्छ यस्तो अवस्थामा तपाईको मन वा शान्तपानलाई पासोमा पारिदिन्छ जसको लागि तपाई डराईरहनुभएको छ, र यसकै लागि तपाई सुरक्षित हुन खोज्नुहुन्छ । हामी हाम्रो भयलाई बचाउन खोज्छौं र हाम्रो आशक्तिलाई, अनि हाम्रो असुरक्षिततालाई । र यो राम्रो हैन कि जीवनको यस्तो आवस्थामा गुज्रिनु, तपाईंलाई थाहा छ । मैले यो भन्नु पनि पर्दैन किनभने यसले धेरै जीवन ऊर्जा खर्च गराउँछ । त्यसकारणले, यहि नै बाटो हो यी कुराहरुबाट जानको लागि । यदि तपाईलाई मन पर्छ भने, यदि तपाईले साच्चिकै बुझ्नुभएको छ भने मैले के सोधेको छु, उसोभए यसलाई हेर । मलाई थाहा छैन यदि तपाई यसलाई गर्न सक्नुहुन्छ वास्तविक अवस्थाको बाहिरि परिस्थितिमा तर केहि मानिसले यसलाई गर्न सक्छन् । तिनीहरुले साच्चै नेतृत्व गर्न सक्छन् र सृजन । तिनीहरुले साच्चै नेतृत्व गर्न सक्छन् र सृजन । तिनीहरु साच्चै बर्तमानमा हुनसक्छन् र भित्र के भएको छ हेर्न सक्छन् । यदि तपाई यस्तो गर्न सक्नुहुन्छ भने, यो तपाईको लागि धैरै राम्रो अभ्यास हो । र कृपया, आउनुहोस्, र मलाई केहि प्रतिकृया दिनुहोस तपाईले के भेट्नुहुन्छ । (प्र) ठीक छ, हो, मलाई लाग्छ, म सक्छु । ...र यो नविर्सिनुकि तपाई पनि निरीक्षण गरिरहनुभएको छ .. मनसगं लडाईं नगर्नुस । २०६८ पौष २९ त्रिभुवनामाली, भारत