1 00:00:03,836 --> 00:00:07,140 तथ्यलाई दृश्यमा प्रस्तुत गर्नु मेरो पनि आफ्नो कामको मुटुमा पर्छ। 2 00:00:07,678 --> 00:00:10,449 म विश्वव्यापी स्वास्थ्यका बारे पढाउंछु। 3 00:00:10,548 --> 00:00:13,231 र मलाई थाहा छ यसबारे तथ्यांक मात्र भएर पुग्दैन। 4 00:00:13,231 --> 00:00:17,920 मैले त्यसलाई यस्तो तरीकाले प्रस्तुत गर्न पर्छ की मानिसहरुले रमाइलो मानुन् र बुझुन्। 5 00:00:17,920 --> 00:00:22,303 अब म आफूले पहिले कहिल्यै नगरेको काम गर्न गैरहेको छु: 6 00:00:22,303 --> 00:00:25,182 त्यो हो तथ्यांकलाई वास्तविक धरातलमा एनिमेशनबाट प्रस्तुत गर्नु, 7 00:00:25,182 --> 00:00:28,526 त्यसका लागि मलाई यहांका यी साथीहरुको प्राविधिक सहयोग प्राप्त छ 8 00:00:29,311 --> 00:00:33,375 त शुरु गरौं: पहिले यो एक्सीस स्वास्थ्य को। 9 00:00:33,375 --> 00:00:38,640 औसत आयु २५ बर्ष देखि ७५ बर्ष सम्म। 10 00:00:38,640 --> 00:00:41,177 यहां मुनि अर्को एक्सिस बनाउं सम्पत्तिको: 11 00:00:41,177 --> 00:00:46,550 प्रतिव्यक्ति आय: ४००, ४,००० र ४०,००० डलर। 12 00:00:46,550 --> 00:00:50,334 भनेपछि गरिब र रोगीहरु यहां तल पर्ने भए, 13 00:00:50,334 --> 00:00:51,904 यता माथि चाहिं धनी र निरोगीहरु। 14 00:00:53,473 --> 00:00:58,520 अब म तपाईंलाई २०० बर्ष अघिको संसार देखाउंछु, 15 00:00:58,520 --> 00:01:00,291 सन् १८१० तिरको। 16 00:01:00,291 --> 00:01:01,962 यि भए संसारका सबै देशहरु: 17 00:01:01,962 --> 00:01:08,099 युरोप खैरो, एशिया रातो, मध्यपूर्व हरियो, साहारादेखि दक्षिणको अफ्रीका नीलो, 18 00:01:08,099 --> 00:01:09,622 र अमेरिकाज पहेंलो। 19 00:01:09,622 --> 00:01:13,300 देशको नामको आकारको फोकाले त्यहांको जनसंख्या जनाउंछ। 20 00:01:13,300 --> 00:01:17,375 र सन् १८१० मा यहां मुनि भिडभाड निकै थियो होइन त? 21 00:01:17,375 --> 00:01:19,409 सबै देशहरुमा रोग र गरिबी व्याप्त थियो, 22 00:01:19,409 --> 00:01:23,155 सबै देशमा मानिसहरुको औसत आयु ४० बर्षभन्दा मुनि थियो 23 00:01:23,155 --> 00:01:26,957 र खाली युके र नेदरल्याण्ड्स मात्र केहि राम्रो अवस्थामा थिए, 24 00:01:26,957 --> 00:01:28,553 तर त्यति धेरै पनि होइन। 25 00:01:28,553 --> 00:01:30,201 अब म यो विश्वलाई गतिशिल बनाउंछु। 26 00:01:31,970 --> 00:01:36,603 औद्योगीक क्रान्तिले युरोप र अन्यत्रका मुलुकलाई 27 00:01:36,603 --> 00:01:38,578 बांकी भन्दा टाढा लैजान्छ, 28 00:01:38,578 --> 00:01:41,433 तर एशिया र अफ्रीकामा उपनिवेश बनाइएका देशहरु 29 00:01:41,433 --> 00:01:43,610 यहां तल अल्झिएर बसेका छन्। 30 00:01:43,610 --> 00:01:47,421 पश्चिमा देशहरु विस्तारै विस्तारै निरोगी हुंदै जान्छन्। 31 00:01:47,467 --> 00:01:51,313 अब युद्धको र रोगको प्रभाव केहि विस्तारै हेरौं, 32 00:01:51,313 --> 00:01:52,936 पहिलो विश्वयुद्धको 33 00:01:52,936 --> 00:01:57,672 र स्पेनी फ्लू महामारीको। यसबेला कस्तो ठूलो विपद भएको रहेछ। 34 00:01:57,672 --> 00:02:02,403 अब तिब्र गतिमा अघि बढ्दै १९२० र १९३० को दशकतिर हेरौं। 35 00:02:02,403 --> 00:02:04,042 ग्रेट डिप्रेशन भनिएको महा-आर्थिक मन्दीको बेलामा पनि 36 00:02:04,119 --> 00:02:05,880 पश्चिमा देशहरु अघि बढी ने रहेका देखिन्छन् 37 00:02:05,880 --> 00:02:07,426 अझ बढी सम्पन्नता र निरोगीपन तिर। 38 00:02:07,426 --> 00:02:09,540 जापान र अरु देशहरु पछ्याउने प्रयास गर्छन् 39 00:02:09,540 --> 00:02:11,440 तर धेरैजसो देशहरु यहां तल तिर नै अड्कीएका छन्। 40 00:02:11,440 --> 00:02:15,117 अब, दोस्रो विश्व युद्धको वियोगहरु पछि 41 00:02:15,117 --> 00:02:18,512 सन् १९४८ को संसार हेर्न एकैछिन अडिऔं। 42 00:02:18,512 --> 00:02:22,926 १९४८ महान बर्ष थियो: लडाईं सकिएको थियो, 43 00:02:22,926 --> 00:02:26,098 हिउंदे ओलिम्पिक्सको पदक तालिकामा स्वीडेन शिर्षस्थानमा थियो 44 00:02:26,098 --> 00:02:27,675 र त्यही साल म पनि जन्में। 45 00:02:27,675 --> 00:02:30,763 तर संसारका देशहरु बीचको भिन्नताको खाडल 46 00:02:30,763 --> 00:02:32,463 पहिले कहिल्यै भन्दा बढी फराकिलो थियो। 47 00:02:32,463 --> 00:02:36,525 संयुक्त राज्य अमेरिका अग्रस्थानमा थियो, जापान त्यसलाई पछ्याउंदै थियो 48 00:02:36,555 --> 00:02:38,691 ब्रजील निकै पछाडी थियो, 49 00:02:38,691 --> 00:02:42,742 तेलधनबाट इरान केहि सम्पन्न हुंदै थियो तर औसत आयु अझै पनि कमै थियो 50 00:02:42,742 --> 00:02:45,559 र विशाल एशियाली अर्थतन्त्रहरु: 51 00:02:45,559 --> 00:02:47,943 चिन, भारत, पाकिस्तान, बांग्लादेश र इन्डोनेशिया 52 00:02:47,943 --> 00:02:50,343 तिनीहरु यहां मुनितिर अझै गरिब र रोगी नै थिए, 53 00:02:50,343 --> 00:02:52,371 तर अब हेर्नुस् के हुनेछ! 54 00:02:52,371 --> 00:02:53,962 लौ अब फेरि अघि बढौं। 55 00:02:53,962 --> 00:02:57,384 मेरो जीवनकालमै, पहिलेका उपनिवेशहरु स्वतन्त्र भएका छन्, 56 00:02:57,384 --> 00:03:00,188 र अन्तत: तिनीहरु विस्तारै निरोगी बन्न शुरु भएको छ 57 00:03:00,188 --> 00:03:00,950 झन निरोगी 58 00:03:00,950 --> 00:03:02,403 झन झन निरोगी। 59 00:03:02,403 --> 00:03:06,131 र सन् १९७० को दशकमा, एशिया र ल्याटिन अमेरिकाका देशहरु 60 00:03:06,131 --> 00:03:08,562 पश्चिमा देशहरुकै हाराहारीमा आउन थाले: 61 00:03:08,562 --> 00:03:10,715 तिनीहरु उदाउंदो अर्थतन्त्र बन्न पुगे। 62 00:03:10,715 --> 00:03:12,415 अफ्रीकाका केहि देशले तिनलाई पछ्याए 63 00:03:12,415 --> 00:03:14,454 तर केहि अफ्रीकीहरु भने गृहयुद्धको चपेटामा परे 64 00:03:14,454 --> 00:03:15,954 अरुलाई एचआइभीको मार पर्यो। 65 00:03:15,954 --> 00:03:18,454 र अब हामी अहिलेको विश्व देख्न सक्छौं, 66 00:03:18,454 --> 00:03:21,598 उपलब्ध भएसम्मको ताजा तथ्यांकहरुको दृश्यमा। 67 00:03:22,859 --> 00:03:25,440 अहिले धेरैजसो मानिसहरु बीचको भागमा छन्। 68 00:03:25,440 --> 00:03:28,068 तर यति नै बेला एकदम ठूला भिन्नताहरु पनि छन् 69 00:03:28,068 --> 00:03:30,237 धनी देशहरु र गरिब देशहरुका बीचमा 70 00:03:30,237 --> 00:03:34,098 र ति देशहरुभित्रै पनि ठूला असमानताहरु छन्। 71 00:03:34,098 --> 00:03:36,560 यि फोकाहरुले देशहरुको औसतलाई देखाउंछन् 72 00:03:36,560 --> 00:03:38,120 तर म तिनलाई विभाजीत गर्न सक्छु। 73 00:03:38,120 --> 00:03:41,160 चिनलाई लिउं, म यस्लाई प्रान्तहरुमा विभाजीत गर्छु। 74 00:03:41,160 --> 00:03:44,052 त्यो सांघाई भयो। 75 00:03:44,052 --> 00:03:47,680 त्यहां अहिले इटलीमा जत्तिकै सम्पत्ति र निरोगीपना छ। 76 00:03:47,680 --> 00:03:51,077 र यहां गरिब भित्री प्रान्त गुईझु छ, 77 00:03:51,077 --> 00:03:52,403 यो पाकिस्तान जस्तो छ। 78 00:03:52,403 --> 00:03:54,912 यस्लाई अझै थप टुक्रा पार्ने हो भने 79 00:03:54,912 --> 00:03:57,800 यहांका ग्रामिण भेकहरु अफ्रीकाको घाना जस्तै छन्। 80 00:04:01,100 --> 00:04:03,462 तैपनि, यत्तिका विशाल असमानताहरु अहिले विद्यमान छंदा छंदै 81 00:04:05,133 --> 00:04:06,805 हामीले गत दुईसय बर्षमा भएका उल्लेखनीय प्रगतिहरुलाई देख्यौं। 82 00:04:06,805 --> 00:04:08,741 त्यो ठूलो ऐतिहासिक खाडल 83 00:04:08,741 --> 00:04:10,449 जुन पश्चिम र बांकी विश्वका बीच थियो त्यो अब पुरिंदैछ। 84 00:04:10,449 --> 00:04:15,216 हामी नितान्त नयां एकिकरणमुखी संसार बन्न पुगेका छौं 85 00:04:15,216 --> 00:04:17,609 र म भविष्यको दिशामा स्पष्ट परिवर्तनहरु देखिरहेको छु 86 00:04:17,609 --> 00:04:20,496 सहायता, व्यापार, हरित प्रविधि र शान्ति सहितको। 87 00:04:20,496 --> 00:04:23,242 सबै देशहरुले त्यस्तो लक्ष्य हासिल गर्न एकदमै सम्भव छ 88 00:04:24,381 --> 00:04:25,520 जुन यो स्वस्थ र सम्पन्नहरुको कुनामा पर्छ। 89 00:04:27,689 --> 00:04:30,683 र यसरी वितेका केहि मिनेटमा तपाईंले जे देख्नु भयो 90 00:04:30,714 --> 00:04:33,602 त्यो विश्वका दुई सय देशहरुको 91 00:04:33,602 --> 00:04:36,160 दुई सय बर्ष र त्यो भन्दा पनि अघि देखिको कथा हो। 92 00:04:36,160 --> 00:04:40,200 त्यो देखाउनका लागि एकलाख बीस हजार अंकहरुको संयोजन गर्नु परेको थियो। 93 00:04:40,250 --> 00:04:43,000 गज्जब होइन त?