Return to Video

केन रबिन्सनका भनाईअनुसार विद्यालयहरूले सिर्जनशीलताको विनाश गर्छन्

  • 0:00 - 0:07
    सुभप्रभात। के छ त? सब ठिकठाक, हैन त?
  • 0:07 - 0:11
    यी सबै कुराहरूले मलाई अचम्म र हैरान् तुल्यायो।
  • 0:11 - 0:15
    वास्तवमा, म छोडेर जाँदैछु। (हाँसो)©
  • 0:15 - 0:19
    यहाँ तीन बिषयहरू छन, हैन त,♫
  • 0:19 - 0:23
    सम्मेलनको तयारी, र यी प्रासङ्गिक पनि छन्
  • 0:23 - 0:25
    मैले भन्न चाहेका कुरासित।¼
  • 0:25 - 0:29
    एउटा चाहिँ मानव सिर्जनशीलताको असाधारण प्रमाण
  • 0:29 - 0:32
    हाम्रामा भएका सबै प्रस्तुतिहरूमा देखिएको छ
  • 0:32 - 0:35
    र यहाँ उपस्थित सबै व्यक्तिहरूमा। मात्र यसको विविधता
  • 0:35 - 0:38
    र यसको प्रकार। दोस्रो चाहिँ
  • 0:38 - 0:41
    यसले हामीलाई एउटा यस्तो ठाउँमा पुर्र्याएको छ जहाँ अब अगाडि भविष्यमा के हुँदैछ भन्ने,
  • 0:41 - 0:43
    हामीलाई केहि थाहा छैन। अनि यो
  • 0:43 - 0:45
    कसरी सकिएला भन्ने केहि थाहा छैन।
  • 0:45 - 0:48
    मलाई शिक्षामा रुचि छ --
  • 0:48 - 0:51
    वास्तवमा, मलाई के लाग्छ भने सबैलाई शिक्षामा रुचि हुन्छ।
  • 0:51 - 0:53
    तपाईँलाई छैन त? मलाई चाहिँ यो खुब रमाईलो लाग्छ।€
  • 0:53 - 0:56
    यदि तपाईँ कुनै रात्रिभोजमा हुनुहुन्छ, र तपाईँले भन्नुभयो कि
  • 0:56 - 0:59
    तपाईँ शिक्षा क्षेत्रमा काम गर्नुहुन्छ --
  • 0:59 - 1:06
    वास्तवमा, प्रष्टै छ, यदि तपाईँ शिक्षामा काम गर्नुहुन्छ भने, तपाईं प्राय: भोजमै भेटिनुहुन्न।
  • 1:06 - 1:09
    (हाँसो) तपाईंलाई कसैले सोध्दैन।
  • 1:09 - 1:14
    अनि तपाईँलाई फेरि कसैले सोध्दैन, उत्सुक भएर। त्यो मेरो लागि अचम्मको कुरा हो।
  • 1:14 - 1:16
    तर यदि तपाईँ शिक्षामै काम गर्नुहुन्छ, अनि तपाईँले कसैलाई भन्नुभयो भने,
  • 1:16 - 1:18
    तपाईँलाई थाहै छ, उनीहरू भन्छन, "तपाईँ के गर्नुहुन्छ?"
  • 1:18 - 1:20
    अनि तपाईँ आफू शिक्षामा काम गर्छु भन्नुहुन्छ,
  • 1:20 - 1:24
    तपाईँले उनीहरूको अनुहारको रङ्ग हराएको देख्नुहुनेछ। तिनीहरू यस्तो खाले कुरा गर्छन्,
  • 1:24 - 1:30
    "हे भगवान," थाहा छ, "मै चाहिँ किन? मेरो साताभरिको यहि एउटा रात्रिभोजमा।" (हाँसो)
  • 1:30 - 1:32
    तर यदि तपाईँले उनीहरूको शिक्षाको बारेमा सोध्नुभयो भने,
  • 1:32 - 1:34
    उनीहरूले तपाईँलाई जकड्नेछन्। किनभने यो एउटा त्यस्तो कुरा हो
  • 1:34 - 1:37
    जसले मानिसको भित्रसम्म छुन्छ, हैन त?
  • 1:37 - 1:40
    धर्म, अनि पैसा र अन्य कुराहरू जस्तै।♫
  • 1:40 - 1:44
    मलाई शिक्षामा ठूलो रुचि छ, अनि मलाई लाग्छ हामी सबैलाई छ।
  • 1:44 - 1:46
    यसमा हाम्रो एउटा ठूलो अन्तर्निहित स्वार्थ छ,♪
  • 1:46 - 1:49
    केहि मात्रामा यसको कारण, शिक्षा नै यस्तो चिज हो जसले
  • 1:49 - 1:52
    हामीले ग्रहण गर्न नसक्ने भविष्यमा हामीलाई लैजान्छ।
  • 1:52 - 1:55
    एक पटक सोच्नुस त, यस वर्ष विद्यालय शुरु गरेका केटाकेटीहरू
  • 1:55 - 2:01
    सन २०६५ मा निवृत्त हुनेछन्। कसैलाई थाहा छैन --
  • 2:01 - 2:04
    गएका चार दिनमा यहाँ गरिएका सबै विशेषज्ञहरूका कुराहरूका बावजुद --
  • 2:04 - 2:06
    यो विश्व पाँच वर्षमा
  • 2:06 - 2:08
    कस्तो देखिनेछ भनेर। तरै पनि हामी
  • 2:08 - 2:11
    उनीहरूलाई त्यसका निम्ति पढाईरहनु पर्दछ। त्यसैले यो अनुमानविहीनता, मलाई लाग्छ,
  • 2:11 - 2:13
    अद्भुत किसिमको छ।®
  • 2:13 - 2:15
    र यसको तेस्रो कुरा के हो भने
  • 2:15 - 2:20
    जे भएपनि, हामी सबै सहमत छौँ
  • 2:20 - 2:23
    बच्चाहरूसँग हुने साँच्चै अद्भुत क्षमतामा --
  • 2:23 - 2:25
    उनीहरूको नवीनताको क्षमतामा। मेरो मतलव, हिजो राती सिरेनाले अचम्मै गरिन,
  • 2:25 - 2:28
    हैन त? उनले के गर्न सक्दी रहिछन भन्ने हेर्दा त।
  • 2:28 - 2:33
    र उनी अपवाद हुन, तर मलाई लाग्छ हैनन,अझ यसरी भनौं,
  • 2:33 - 2:36
    सम्पूर्ण बचपनभरिमै अपवाद।
  • 2:36 - 2:39
    तपाईँले त्यहाँ देख्नुभएको एउटा असाधारण रुपमा समर्पित व्यक्ति हो
  • 2:39 - 2:41
    जोसँग एउटा प्रतिभा छ। र मेरो असहमति के छ भने,
  • 2:41 - 2:43
    सबै बच्चाहरूसँग अथाह प्रतिभा हुन्छ।€
  • 2:43 - 2:45
    र हामी ती प्रतिभालाई अत्यन्त निर्ममतापूर्वक नष्ट गर्दिन्छौं।
  • 2:45 - 2:48
    त्यसैले म शिक्षाको बारेमा कुरा गर्न चाहन्छु र
  • 2:48 - 2:51
    म सिर्जनशीलताको बारेमा कुरा गर्न चाहन्छु। मेरो धारणा के हो भने
  • 2:51 - 2:54
    अहिले शिक्षामा सिर्जनशीलताको महत्व पनि साक्षरताको जत्तिकै छ,
  • 2:54 - 2:58
    र हामीले यसलाई उत्तिकै महत्वका साथ हेर्नु पर्छ।
  • 2:58 - 3:06
    (ताली) धन्यवाद। वास्तवमा, मैले भन्न खोजेको त्यहि हो।
  • 3:06 - 3:10
    धेरै धेरै धन्यवाद। (हाँसो) भनेपछि, अब १५ मिनेट बाँकि।
  • 3:10 - 3:17
    अँ, म जन्मेको थिएँ ... अहँ। (हाँसो)
  • 3:17 - 3:21
    मैले हालसालै एउटा गज्जबको कथा सुनेँ -- मलाई यो कथा भन्न रमाईलो लाग्छ --
  • 3:21 - 3:25
    चित्रकला कक्षामा बसेकी एउटी सानी नानीको कथा। छ वर्षकी नानी
  • 3:25 - 3:27
    र उनी पछाडि बसेकी थिईन, चित्र कोर्दै,
  • 3:27 - 3:29
    शिक्षीकाले भन्थिन कि ती नानीले कुनै कुरामा ध्यान दिन्नथिन,
  • 3:29 - 3:33
    तर यो चित्रकलाको कक्षामा उनले ध्यान दिएकी थिईन।
  • 3:33 - 3:35
    शिक्षीकालाई खुब अचम्म लागेछ र उनको छैउमा गईछन्
  • 3:35 - 3:38
    र भनिछन, "तिमीले के को चित्र बनाई राखेको?"
  • 3:38 - 3:41
    अनि ती नानीले भनिछन, "म ईश्वरको चित्र बनाउँदैछु।"
  • 3:41 - 3:44
    अनि शिक्षीकाले भनिछन, "तर ईश्वर कस्ता छन भनेर त कसैलाई पनि थाहा छैन।"¼
  • 3:44 - 3:51
    अनि ती नानीले भनिछन, "एक मिनेटपछि सबैले थाहा पाउनेछन।"
  • 3:51 - 3:52
    (हाँसो)
  • 3:52 - 3:57
    जब मेरो छोरो बेलायतमा चार वर्षको थियो --
  • 3:57 - 4:00
    वास्तवमा भन्दा, उ जहाँतहिँ चार वर्षकै थियो। (हाँसो)
  • 4:00 - 4:06
    यदि ठ्याक्कै भन्ने हो भने, जहाँसुकै गएपनि, उ त्यस वर्ष चार वर्षको थियो।
  • 4:06 - 4:08
    ऊ नेटिभिटी प्लेमा थियो।
  • 4:08 - 4:11
    तपाईँ त्यो कथा सम्झिनुहुन्छ? अहँ, त्यो धेरै लामो थियो।
  • 4:11 - 4:14
    यो लामो कथा थियो। मेल गिब्सनले यसको शृङ्खलै बनाएका छन।♫
  • 4:14 - 4:19
    तपाईँले हेर्नुभएको होला: "नेटिभिटी २।" तर जेम्सले जोसेफको भूमिका पाएको थियो,
  • 4:19 - 4:22
    जसले हामीलाई रोमाञ्चित बनाएको थियो।£
  • 4:22 - 4:24
    हामीले यसलाई एक मुख्य भूमिकाका रुपमा लिएका थियौँ।
  • 4:24 - 4:26
    अनि त्यहाँ टी-सर्टमा बोलाईएका टन्नै एजेन्टहरूको भिड थियो:
  • 4:26 - 4:29
    "जेम्स रबिन्सन जोसेफ नै हो!" (हाँसो)
  • 4:29 - 4:31
    उसले बोल्नु पर्ने थिएन, तर तपाईँलाई थाहै छ त्यो खण्ड
  • 4:31 - 4:34
    जहाँ तीन राजाहरू आउँछन्। उनीहरूले उपहारहरू लिएर आउँछन्,
  • 4:34 - 4:36
    र उनीहरूले सुन, फ्रान्किन्सेन्स र मिर लिएर आउँछन्।
  • 4:36 - 4:38
    यो साच्चैँ नै भयो। हामी त्यहाँ बसिराखेका थियौँ
  • 4:38 - 4:40
    अनि मलाई लाग्छ उनीहरू कथाको क्रमबाट बाहिर गए,
  • 4:40 - 4:42
    किनभने हामीले पछि त्यो बच्चासँग कुरा गर्दा भन्यौँ,
  • 4:42 - 4:44
    "तिमीलाई ठिकै लाग्यो त?" अनि उसले भन्यो, "अँ, किन? केहि बिग्र्यो र?"
  • 4:44 - 4:46
    उनीहरूले बद्लि गरे, त्यत्ति मात्रै हो।
  • 4:46 - 4:47
    जे होस, ती तीनजना केटाहरू आए --
  • 4:47 - 4:49
    टाउकामा टावेल राखेका चार वर्षे बच्चाहरू --
  • 4:49 - 4:52
    अनि उनीहरूले ती बक्साहरू भुईँमा राखे,
  • 4:52 - 4:54
    अनि पहिलो केटोले भन्यो, "मैले यहाँको लागि सुन ल्याएको छु।"
  • 4:54 - 4:57
    अनि दोस्रो केटोले भन्यो, "मैले यहाँको लागि मिर ल्याएको छु।"
  • 4:57 - 5:11
    अनि तेस्रो केटोले भन्यो, "फ्र्याङ्कले पठाएको।" (हाँसो)
  • 5:11 - 5:13
    यी कुराहरूमा समानता के छ भने बच्चाहरू अवसर लिईहाल्छन्।
  • 5:13 - 5:16
    उनीहरूले कुनै कुरा जानेनन भने पनि केहि चाहिँ गरिहाल्छन्।
  • 5:16 - 5:19
    हैन त? उनीहरू गलत हुन डराउँदैनन्।
  • 5:19 - 5:24
    अब, मैले भन्न खोजेको कुरा यो हैन कि गलत हुनु र सिर्जनशील हुनु भनेको एकै हो।
  • 5:24 - 5:25
    हामीलाई यो थाहा छ कि,
  • 5:25 - 5:28
    यदि तपाईँ गलत हुन तयार हुनुहुन्न भने,
  • 5:28 - 5:31
    तपाईँ कुनै कुरामा कहिल्यै मौलिकता ल्याउन सक्नुहुन्न।
  • 5:31 - 5:34
    यदि तपाईँ गलत हुन तयार हुनुहुन्न भने। अनि बच्चाहरू जब बयस्क भईसक्छन्,
  • 5:34 - 5:36
    धेरैजसोले त्यो क्षमता गुमाईसकेका हुन्छन्।
  • 5:36 - 5:39
    उनीहरू गलत हुनबाट डराउने हुन्छन्।
  • 5:39 - 5:41
    अनि, हामी हाम्रा कम्पनीहरू पनि यसरी नै चलाउँछौँ।®
  • 5:41 - 5:44
    हामी गल्तीहरूलाई नराम्रो रुपमा हेर्छौँ। अनि हामी अहिले
  • 5:44 - 5:47
    यस्तो प्रकारको राष्ट्रिय शिक्षा पद्धति चलाउँदैछौँ जहाँ
  • 5:47 - 5:50
    गल्ती भनेको तपाईँले गर्नैनहुने सबैभन्दा नराम्रो कुरा हो।
  • 5:50 - 5:53
    र यसको परिणाम भने हामी मानिसलाई उनीहरूको सिर्जनशील क्षमताभन्दा
  • 5:53 - 5:56
    बाहिर शिक्षा दिईराखेका छौं। पिकासोले एकपटक यसो भनेका थिए।
  • 5:56 - 5:59
    उनले भनेका थिए कि सबै बच्चाहरू जन्मिँदा कलाकार हुन्छन्।
  • 5:59 - 6:03
    समस्या भने हामी बढ्दै जाँदा पनि कलाकारनै रहिरहनु हो। म यसलाई पूर्ण विश्वास गर्छु कि,
  • 6:03 - 6:05
    हामी सिर्जनशीलतातिर बढ्दैनौ,
  • 6:05 - 6:08
    हामी यसबाट बाहिरतिर बढ्छौँ। अझ भन्दा, हामी यसबाट बाहिर शिक्षित हुन्छौँ।
  • 6:08 - 6:10
    त्यसोभए किन यस्तो छ त?
  • 6:10 - 6:14
    म करिब ५ बर्षअघिसम्म स्ट्र्याटफर्ड-अन-एभनमा बस्थेँ।
  • 6:14 - 6:16
    वास्तवमा, हामी स्ट्र्याटफर्डबाट लस एञ्जलस सरेका हौँ।
  • 6:16 - 6:20
    यसबाट यो परिवर्तन कति सजिलो भयो होला भनेर तपाईँले अनुमान गर्न सक्नुहुन्छ।
  • 6:20 - 6:22
    (हाँसो) वास्तवमा,
  • 6:22 - 6:24
    हामी एउटा स्निटरफिल्ड भन्ने ठाउँमा बस्थ्यौँ,
  • 6:24 - 6:26
    स्ट्र्याटफर्डको केहि बाहिर मात्र, जहाँ
  • 6:26 - 6:31
    शेक्सपियरका बाबु जन्मेका थिए। तपाईँ अर्को अचम्ममा पर्नु भयो? म चाहिँ परेको थिएँ है।
  • 6:31 - 6:33
    तपाईँले शेक्सपियरका बाबु पनि थिए भनेर सोच्नुहुन्न, सोच्नुहुन्छ त?
  • 6:33 - 6:35
    सोच्नु हुन्छ त? किनभने तपाईँ शेक्सपियर
  • 6:35 - 6:37
    लाई बच्चाको रुपमा सोच्नुहुन्न, हैन त?
  • 6:37 - 6:40
    सात वर्षका शेक्सपियर? मैले यो कुरा कहिल्यै सोचेको थिईन। मेरो मतलव, उनी
  • 6:40 - 6:42
    एकपटक सात वर्षका त थिए नि। उनी
  • 6:42 - 6:51
    कसैको अङ्ग्रेजी कक्षामा थिए, हैन त? त्यो कस्तो दिक्कलाग्दो हुन्थ्यो होला?
  • 6:51 - 7:05
    (हाँसो) "अझ कडा परिश्रम गर्नुपर्छ।" उनका बाबुले सुत्न पठाउँदा, क्या त,
  • 7:05 - 7:08
    शेक्सपियरलाई, "जाऊ सुत, चाँडै,"
  • 7:08 - 7:10
    विलियम शेक्सपियरलाई, "अनि त्यो कलम छोड्दे त।
  • 7:10 - 7:18
    अनि त्यसरी कुरा गर्नु हुँदैन। यसले सबैलाई दोधारमा पार्छ।"
  • 7:18 - 7:23
    (हाँसो)
  • 7:23 - 7:26
    जे होस, हामी स्ट्र्याटफर्डबाट लस एञ्जलस गयौँ,
  • 7:26 - 7:30
    र म, वास्तवमा, त्यो परिवर्तनका बारे एउटा शब्द भन्न चाहन्छु।
  • 7:30 - 7:33
    मेरो छोरो आउन चाहेको थिएन।
  • 7:33 - 7:36
    मेरो दुई बच्चा छन्। ऊ अहिले २१ वर्षको भयो, मेरी छोरी १६ वर्षकी छ।
  • 7:36 - 7:38
    ऊ लस एञ्जलस आउन चाहेको थिएन। उसलाई यो ठाऊँ मन परेको थियो,
  • 7:38 - 7:43
    तर बेलायतमा उसकी एकजना प्रेमिका थिई। सेरा, उसको जीवनकी प्रेमिका।
  • 7:43 - 7:45
    ऊसले ऊनलाई चिनेको एकमहिना भएको थियो।
  • 7:45 - 7:48
    ख्याल गर्नुस, ऊनीहरूले चौथो वार्षिकोत्सव मनाईसकेका थिए,
  • 7:48 - 7:52
    किनभने १६ वर्षको हुँदा यो लामो समय हो।©
  • 7:52 - 7:54
    जे होस, उसले हवाईजहाजमा साँच्चै चित्त दुखाएको थियो,
  • 7:54 - 7:56
    अनि उसले भनेको थियो, "मैले सेराजस्तो अर्को केटी कहिल्यै भेटाउने छैन।"
  • 7:56 - 7:58
    अनि हामीलाई भने यो कुराले खुशी लागिराखेको थियो, साँच्चै भन्दा,
  • 7:58 - 8:10
    किनभने हामीले देश छोड्नुको मुख्य कारण ऊनी नै थिईन।
  • 8:10 - 8:13
    (हाँसो)
  • 8:13 - 8:16
    तर जब तपाईँ अमेरीका सर्नुहुन्छ तपाईँलाई केही कुराले छोप्छ
  • 8:16 - 8:18
    र तपाईँ पृथ्वीमा जहाँ पुग्नुभयो भने पनि:
  • 8:18 - 8:22
    विश्वका सबै शिक्षा पद्धतिमा उहि प्रकारका विषयगत तहहरू छन्।
  • 8:22 - 8:24
    जुनसुकै ठाउँमा पनि। तपाईँ जहाँ गएपनि केहि फरक पर्दैन।
  • 8:24 - 8:26
    तपाईँलाई यस्तो हुँदैन जस्तो लाग्ला, तर हैन।
  • 8:26 - 8:29
    माथिल्लो तहमा गणित र भाषाहरू हुन्छन्,
  • 8:29 - 8:31
    अनि मानविकी, अनि कलाहरू सबैभन्दा तल हुन्छन्।
  • 8:31 - 8:33
    पृथ्वीको जुनसुकै ठाउँमा पनि।
  • 8:33 - 8:36
    अनि प्राय:जसो सबै पद्दतिमा पनि,
  • 8:36 - 8:38
    कलाहरूभित्र पनि अझ तहहरू हुन्छन्।¼
  • 8:38 - 8:40
    विद्यालयहरूमा साधारणतया कला र सङ्गीतलाई उपल्लो दर्जा दिईन्छ
  • 8:40 - 8:43
    त्यसपछि नाटक र नृत्य। यो ग्रहमा एउटा पनि त्यस्तो शिक्षा पद्दति छैन जहाँ
  • 8:43 - 8:45
    बच्चाहरूलाई हरेक दिन नृत्य सिकाईन्छ
  • 8:45 - 8:48
    हामीले ऊनीहरूलाई गणित पढाएको जस्तै। किन?
  • 8:48 - 8:50
    किन होइन त? मलाई लाग्छ यो कुरा अझ महत्वपूर्ण छ।♫
  • 8:50 - 8:53
    मलाई लाग्छ गणित एकदमै महत्वपूर्ण हो, तर नृत्यपनि उत्तिकै हो।
  • 8:53 - 8:56
    बच्चाहरूलाई दियो भने जतिबेला पनि नाच्छन, हामी सबै नाच्छौँ।
  • 8:56 - 8:59
    हामी सबैको शरीर छ, हैन त? मैले केहि विर्शेको त छैन नि?
  • 8:59 - 9:03
    (हाँसो) साँचो भन्दा, के हुन्छ भने,
  • 9:03 - 9:05
    जब बच्चाहरू बढ्दै जान्छन, हामी ऊनीहरूलाई क्रमिकरुपमा
  • 9:05 - 9:08
    कम्मरदेखि माथितिर पढाउँदै जान्छौँ। अनि त्यसपछि हामी ऊनीहरूको टाउकोमा केन्द्रित हुन्छौँ।
  • 9:08 - 9:10
    अनि विस्तारै एउटा भागतिर।
  • 9:10 - 9:14
    यदि तपाईले एउटा वाह्यजीवको रुपमा शिक्षालाई हेर्नुपर्ने भएमा,
  • 9:14 - 9:17
    अनि "के का लागि हो, सार्वजनिक शिक्षा?" भनेर भन्नुपर्ने भएमा,
  • 9:17 - 9:19
    मलाई लाग्छ कि तपाईँ निश्कर्षमा पुग्नुहुन्छ -- यदि तपाईँले उत्पादन हेर्नुभयो भने,
  • 9:19 - 9:21
    यसबाट को को साँच्चै सफल हुन्छन्,
  • 9:21 - 9:23
    क कसले ऊनीहरूले गर्नुपर्ने सबै कुरा गर्छन्,
  • 9:23 - 9:26
    क कसले सबै अङ्कहरू पाउँछन, कसले जित्छन् --
  • 9:26 - 9:29
    मलाई लाग्छ तपाईँ यो निष्कर्षमा पुग्नुपर्ने हुन्छ कि सार्वजनिक शिक्षाको सम्पूर्ण उद्देश्य
  • 9:29 - 9:30
    विश्वभरि नै
  • 9:30 - 9:34
    विश्वविद्यालयका प्राध्यापकहरू उत्पादन गर्नु हो, हैन त?
  • 9:34 - 9:36
    ऊनीहरू नै हुन जो अग्र स्थानमा आउँछन्।
  • 9:37 - 9:40
    अनि म पनि त्यस्तै एकजना थिएँ। (हाँसो)©
  • 9:40 - 9:44
    अनि मलाई विश्वविद्यालयका प्राध्यापकहरू मन पर्छन, तर तपाईँलाई थाहा छ,
  • 9:44 - 9:48
    हामीले ऊनीहरूलाई सम्पूर्ण मानव उपलब्धिकै चरमविन्दुको रुपमा राख्नु हुँदैन।
  • 9:48 - 9:50
    ऊनीहरू जीवनको एउटा प्रकार मात्र हुन,®
  • 9:50 - 9:52
    जीवनको अर्को प्रकार। तर तिनीहरू बरु जिज्ञासु हुन्छन्,
  • 9:52 - 9:54
    अनि मैले यो कुरा ऊनीहरूलाई माया गरेर भनेको हुँ।
  • 9:54 - 9:57
    मेरो अनुभवमा प्राध्यापकहरूको बारेमा एउटा रमाईलो कुरा छ --
  • 9:57 - 10:00
    सबैचाहिँ हैन, तर प्राय:जसो -- उनीहरू आफ्नो टाउकोले बाँच्छन्।
  • 10:00 - 10:02
    ऊनीहरू त्यहाँ माथि बाँच्छन, र अलिकति एकातिर।
  • 10:02 - 10:06
    एक प्रकारले ऊनीहरू, शाब्दिक रुपमा, शरीरविहीन हुन्छन्।
  • 10:06 - 10:08
    ऊनीहरू आफ्नो शरीरलाई
  • 10:08 - 10:17
    एक प्रकारको टाउकोको वाहन जसरी लिन्छन, हैन त?
  • 10:17 - 10:24
    (हाँसो) यो ऊनीहरूको टाउकोलाई बैठकहरूमा लैजाने एउटा माध्यम हो।
  • 10:24 - 10:27
    तपाईँ शरीरविहीनताको साँचो प्रमाण खोज्नुहुन्छ भने,
  • 10:27 - 10:30
    तपाईँ आवाशीय सम्मेलनमा जानुस,
  • 10:30 - 10:32
    वरिष्ठ प्राज्ञहरूको,
  • 10:32 - 10:35
    अनि अन्तिम रातको डिस्कोमा जानुस।
  • 10:35 - 10:39
    (हाँसो) अनि त्यहाँ तपाईँले देख्नुहुनेछ -- लोग्नेमान्छे र आईमाईहरू
  • 10:39 - 10:43
    बेतालमा, अनियन्त्रित रुपमा शरीर बटारिरहेका,
  • 10:43 - 10:47
    ता कि घर गएपछि यसको बारेमा एउटा लेखै लेख्न सकियोस भनेर अन्तिमसम्म पर्खिरहेका।
  • 10:47 - 10:53
    अहिले हाम्रो शिक्षा पद्दती प्राज्ञिक क्षमताको अवधारणामा खडा छ।
  • 10:53 - 10:56
    र यसको एउटा कारण छ।
  • 10:56 - 10:58
    यो सबै पद्दति विश्वभरि त्यतिबेला आविश्कार गरिएको थियो जतिबेला
  • 10:58 - 11:00
    सार्वजनिक शिक्षा नै थिएन, साँच्चै, १९औँ शताब्दी अगाडि।
  • 11:00 - 11:03
    त्यतिबेला ती सबै कुराहरू औद्योगिकीकरणका
  • 11:03 - 11:04
    आवश्यकताहरू पुर्ति गर्न शुरु गरिएका थिए।
  • 11:04 - 11:07
    त्यसैले यो तहगत प्रणाली दुई विचारधाराहरूमा आधारित छ।
  • 11:07 - 11:11
    प्रथम, कामका लागि सबैभन्दा बढी चाहिने विषयहरू
  • 11:11 - 11:13
    माथि छन्। त्यसले गर्दा तपाईँलाई बच्चै हुँदा मृदुभावले
  • 11:13 - 11:15
    तपाईँलाई मन पर्ने कुराहरूबाट टाढा लगिन्छ,
  • 11:15 - 11:17
    यो आधारमा कि, तपाईँले ती काम गरेर
  • 11:17 - 11:20
    कहिल्यै नोकरी पाउनुहुन्न। हो कि हैन?
  • 11:20 - 11:22
    सङ्गीततिर नलाग, तिमी सङ्गीतकार बन्ने हैन;
  • 11:22 - 11:24
    कलातिर नलाग, तिमी कलाकार बन्ने हैन।
  • 11:25 - 11:29
    मिठो सुझाव -- अहिले, गम्भिर रुपले गलत। यो सम्पूर्ण विश्व
  • 11:29 - 11:30
    एउटा क्रान्तिमा फसेको छ।
  • 11:30 - 11:33
    र दोस्रो हो प्राज्ञिक क्षमता, जसले हाम्रो बौद्धिक दृष्टिकोणमाथि
  • 11:33 - 11:34
    साँच्चै प्रभुत्व जमाएको छ,
  • 11:34 - 11:37
    किनभने यो प्रणालीलाई विश्वविद्यालयहरूले ऊनीहरूको आफ्नै छविअनुसार रचना गरेका छन्।
  • 11:37 - 11:39
    यदि तपाईँले यसबारेमा सोच्नु भयो भने, सार्वजनिक शिक्षाको
  • 11:39 - 11:41
    विश्वभरिकै सम्पूर्ण पद्दति विश्वविद्यालयको प्रवेशको
  • 11:41 - 11:43
    एउटा तन्काईएको प्रक्रिया हो।
  • 11:43 - 11:46
    र यसको परिणाम के हो भने धेरै प्रतिभाशाली, मेधावी,
  • 11:46 - 11:48
    सिर्जनशील व्यक्तिहरूले आफूलाई केहि हैन भन्ने सोच्छन्,
  • 11:48 - 11:50
    किनभने ऊनीहरूले विद्यालयमा राम्रो गरिराखेका विषयहरूको
  • 11:50 - 11:54
    केहि कदर गरिएन, अथवा वास्तवमै खराब मानिन्छ।
  • 11:54 - 11:56
    र मलाई के लाग्छ भने हामी त्यो बाटोमा जान सक्दैनौँ।
  • 11:56 - 11:58
    युनेस्कोका अनुसार, आउने ३० बर्षमा,
  • 11:58 - 12:01
    ईतिहासको शुरूदेखि आजसम्म भएकाभन्दा धेरै
  • 12:01 - 12:03
    व्यक्तिहरू शिक्षाबाट स्नातक हुनेछन्।
  • 12:03 - 12:05
    धेरै व्यक्तिहरू, र यो हामीले कुरा गरेका
  • 12:05 - 12:07
    सबै चिजहरूको मिश्रण हो --
  • 12:07 - 12:10
    प्रविधि र यसले काममा ल्याएको रुपान्तरण, अनि जनसङ्ख्या अध्ययन
  • 12:10 - 12:12
    र जनसङ्ख्याको विशाल वृद्धि।
  • 12:12 - 12:15
    एकाएक, उपाधिहरूको केहि मूल्य छैन। हैन त?
  • 12:15 - 12:19
    म विद्यार्थी छँदा, तपाईँसँग उपाधि भए जागिर पाउनुहुन्थ्यो।
  • 12:19 - 12:22
    यदि तपाईँको जागिर थिएन भने त्यो तपाईँले नचाहेर मात्र हुन्थ्यो।
  • 12:22 - 12:25
    अनि मलाई, सोझै भन्दा, जागिरको ईच्छा थिएन। (हाँसो)
  • 12:25 - 12:30
    तर अहिले उपाधि लिएका बच्चाहरू धेरैजसो
  • 12:30 - 12:31
    भिडियो गेम खेल्न घर फर्किन्छन्,
  • 12:31 - 12:34
    किनभने पहिले बीए चाहिने जागिरलाई अहिले एमए चाहिन्छ
  • 12:34 - 12:37
    अनि एमए चाहिनेलाई पीएचडी चाहिन्छ।
  • 12:37 - 12:39
    यो प्राज्ञिक स्फीतिको एउटा प्रक्रिया हो।
  • 12:39 - 12:41
    र यसले पुरै शिक्षा पद्दति हाम्रो पैतालामुनितिर
  • 12:41 - 12:43
    खस्किराखेको छ भन्ने दर्शाउँछ। हामीले हाम्रो बौद्धिक दृष्टिकोणबारे
  • 12:43 - 12:44
    समस्त रुपमा पुनर्विचार गर्नुपर्छ।
  • 12:44 - 12:46
    हामीले बुद्धिको बारेमा तीनओटा कुराहरू जानेका छौ।
  • 12:46 - 12:49
    पहिलो, यसको विविधता। विश्वलाई हामीले यसलाई अनुभव गरेका
  • 12:49 - 12:51
    हरेक तरिकाबाट हेर्दछौँ। हामी दृश्यमा सोच्छौँ,
  • 12:51 - 12:54
    हामी आवाजमा सोच्छौँ, हामी सौन्दर्यमा सोच्छौँ।
  • 12:54 - 12:57
    हामी अमूर्त ढाँचामा सोच्छौँ, हामी चालमा सोच्छौँ।
  • 12:57 - 12:59
    दोस्रो, बुद्धि गतिशील छ।
  • 12:59 - 13:02
    यदि तपाईँले मान्छेको दिमागको अन्तरक्रियालाई हेर्नुभयो भने, हामीले
  • 13:02 - 13:05
    हिजो त्यतिका प्रस्तुतिहरूमा सुनेजस्तो,
  • 13:05 - 13:07
    बुद्धि आश्चर्यजनक रुपले अन्तरक्रियात्मक छ।
  • 13:07 - 13:10
    दिमाग कक्षहरूमा बिभाजित छैन।
  • 13:10 - 13:13
    वास्तवमा, सिर्जनशीलता -- जसलाई मैले मुल्यवान मौलिक विचारहरू
  • 13:13 - 13:15
    जान्ने प्रक्रियाको रुपमा परिभाषित गर्छु --
  • 13:15 - 13:18
    प्राय:जसो विभिन्न शास्त्रको वस्तुहरूलाई हेर्ने तरीकाहरुको
  • 13:18 - 13:21
    अन्तरक्रियाबाट उत्पन्न हुन्छ।
  • 13:21 - 13:23
    दिमाग जानिबुझिकनै -- वास्तवमा,
  • 13:23 - 13:26
    दिमागका दुई भागहरूलाई जोड्ने कर्पस क्यालोसम नामको
  • 13:26 - 13:28
    एउटा स्नायुरेसाको मुठो हुन्छ। यो महिलाहरूमा अलि मोटो हुन्छ।
  • 13:28 - 13:30
    हिजोकी हेलेनलाई हेर्दा, सायद यहि कारणले महिलाहरू
  • 13:30 - 13:34
    एकैपटक धेरैओटा काम राम्ररी गर्न सक्छन् भन्ने मलाई लाग्छ।
  • 13:34 - 13:36
    किनभने तपाईँ त्यस्तो हुनुहुन्छ, हैन त?
  • 13:36 - 13:39
    यसको अनुसन्धानको एउटा पाटो छ, तर मैले आफ्नै जीबनबाट यो कुरा जानेको छु।
  • 13:39 - 13:41
    यदि मेरी श्रीमतीले घरमा खाना बनाउँदैछिन भने --
  • 13:41 - 13:45
    जुनचाहिँ धेरैजसो हुन्न, धन्न। (हाँसो)
  • 13:45 - 13:48
    तर तपाईँलाई थाहा छ, ऊनले पकाउँदैछिन् -- हैन, ऊनले केहि-केहि चाहिँ राम्रै पकाउँछिन् --
  • 13:48 - 13:50
    तर यदि ऊनले पकाउँदैछिन भने, तपाईँलाई थाहा छ,
  • 13:50 - 13:52
    ऊनले फोनमा कसैसित कुरा गरिरहेकि हुन्छिन्,
  • 13:52 - 13:55
    केटाकेटीहरूसित कुरा गरिराखेकि हुन्छिन, छत लिपिराखेकी हुन्छिन्,
  • 13:55 - 13:58
    उनी यहाँ ओपन-हार्ट सर्जरी गरिराखेकी हुन्छिन्।
  • 13:58 - 14:01
    यदि मैले पकाउँदै छु भने, ढोका बन्द हुन्छ, केटाकेटीहरू बाहिर हुन्छन्,
  • 14:01 - 14:04
    फोन उठिराखेको हुन्छ, अनि ऊनी आउँदा पनि मलाई दिक्क लाग्छ।
  • 14:04 - 14:17
    म भन्छु, "टेरी, कृपया, मैले यहाँ अण्डा पकाईराखेको छु। एकैछिन पर्ख न।"(हाँसो)
  • 14:17 - 14:19
    वास्तवमा, पुरानो दार्शनिक कुरा छ नि,
  • 14:19 - 14:22
    यदि जङ्गलमा एउटा रुख ढल्छ र कसैले सुन्दैन,
  • 14:22 - 14:25
    ढलेकै हो त? त्यो पुरानो कटुस सम्झिनुहुन्छ?
  • 14:25 - 14:28
    मैले हालसालै एउटा गज्जबको टि-सर्ट देखेको थिएँ जसमा लेखेको थियो, "यदि एउटा लोग्नेमान्छेले
  • 14:28 - 14:31
    जङ्गलमा आफ्नो मनको कुरा भन्छ, र कुनै आईमाईले सुन्दैन भने,
  • 14:31 - 14:40
    तबपनि ऊ गलत हुन्छ त?" (हाँसो)
  • 14:40 - 14:42
    अनि बुद्धिको बारेमा तेस्रो कुरा हो,
  • 14:43 - 14:45
    यो पृथक छ। मैले अहिले एउटा किताब लेख्दै छु
  • 14:45 - 14:47
    "एपिफानी" नामको, जुन व्यक्तिहरूले ऊनीहरूको प्रतिभा कसरी पत्ता लगाए
  • 14:47 - 14:49
    भन्ने कुराको एउटा अन्तर्वार्ताको शृङ्खलामा आधारित छ।
  • 14:49 - 14:51
    मान्छेहरु कसरी त्यहाँसम्म पुगे भन्ने कुराले मलाई आकर्षित गरेको छ।
  • 14:51 - 14:54
    यो मैले एउटी बिचित्रकी महिलासँग
  • 14:54 - 14:56
    गरेका कुराबाट प्रेरित छ जसको बारेमा सायद धेरै व्यक्तिहरूले
  • 14:56 - 14:58
    सुनेका छैनन होला, ऊनको नाम हो गिलियन लिने,
  • 14:58 - 15:00
    तपाईँले सुन्नुभएको थियो त? कसैकसैले सुनेका छन्। ऊनी एउटा कोरियोग्राफर हुन्
  • 15:00 - 15:02
    र ऊनको काम सबैलाई थाहा छ।
  • 15:02 - 15:04
    ऊनले "क्याट्स" अनि "फ्यान्टम अफ द ओपेरा" बनाएकि थिईन्।
  • 15:04 - 15:08
    ऊनी बिचित्रकी छन। म वेलायतमा रोयल ब्यालेटको समितिमा बस्थेँ।
  • 15:08 - 15:10
    तपाईँलाई थाहै छ।
  • 15:10 - 15:12
    जे होस, गिलियन र मैले एकदिन संगै खाना खायौँ अनि मैले भने,
  • 15:12 - 15:14
    "गिलियन, तपाईँ कसरी नृत्यकर्मी बन्नुभयो त?" अनि उनले भनिन"
  • 15:14 - 15:16
    यो रोचक थियो, जब ऊनी विद्यालयमा थिईन्,
  • 15:16 - 15:19
    ऊनी साँच्चै निराश थिईन। अनि त्यो विद्यालयले, सन ३०को दशक तिर,
  • 15:19 - 15:21
    ऊनका आमाबाबुहरूलाई लेख्यो, "हामीलाई लाग्छ
  • 15:21 - 15:23
    गिलियनको सिकाई क्षमतामा समस्या छ।" ऊनी एकाग्र हुन सक्दिनन्,
  • 15:23 - 15:25
    ऊनी धेरै चञ्चल थिइन। मलाई लाग्छ अहिले तिनीहरूले उनलाई
  • 15:25 - 15:29
    एडीएचडी थियो भन्थे होलान्। हैन त? तर यो १९३० तिरको कुरा हो,
  • 15:29 - 15:32
    अनि त्यतिबेला एडीएचडीको आविश्कार नै भएको थिएन।
  • 15:32 - 15:35
    त्यतिबेला यो एउटा उपलब्ध अवस्था थिएन। (हाँसो)
  • 15:35 - 15:39
    कसैलाई यो हुन्छ भन्ने कुरा कसैलाई थाहै थिएन।
  • 15:39 - 15:43
    जे होस, ऊनी विशेषज्ञकहाँ देखाउन गईन। अनि, त्यो भब्य कोठा,
  • 15:43 - 15:46
    र ऊनि आमासँग गएकी थिईन्,
  • 15:46 - 15:49
    अनि उनलाई एउटा छेउको कुर्सीमा लगेर बसाईयो,
  • 15:49 - 15:51
    अनि ऊनी २० मिनेटसम्म एक्लै बसिराखिन जतिबेला
  • 15:51 - 15:53
    त्यो मान्छेले ऊनकी आमासँग गिलियनलाई विद्यालयमा भएका
  • 15:53 - 15:57
    ऊनका सबै समस्याहरूका बारेमा कुरा गर्र्यो। अन अन्तिममा --
  • 15:57 - 15:59
    ऊनले मान्छेहरूलाई अलमल्याएकाले,
  • 15:59 - 16:01
    ऊनको गृहकार्य सधै ढीलो हुन्थ्यो, अनि यस्तै यस्तै,
  • 16:01 - 16:04
    आठ वर्षकी सानी बच्ची -- अन्त्यमा, डाक्टर गएर
  • 16:04 - 16:06
    गिलियनको छेउमा बस्यो अनि भन्यो, "गिलियन्,
  • 16:06 - 16:08
    मैले तिम्रो आमाले भनेका सबै कुराहरू सुनेँ,
  • 16:08 - 16:10
    र म ऊहाँसँग एकान्तमा कुरा गर्न चाहन्छु।"
  • 16:10 - 16:13
    ऊसले भन्यो, "यहिँ पर्ख है, हामी आईहाल्छौँ, धेरै बेर लाग्दैन।"
  • 16:13 - 16:15
    अनि ऊनीहरू ऊनलाई छाडेर गए।
  • 16:15 - 16:17
    तर ऊनीहरू कोठाबाट बाहिर जाँदा उसले उसको टेबलमा भएको
  • 16:17 - 16:19
    रेडियो खोल्यो। अनि जब तिनीहरू
  • 16:19 - 16:21
    कोठाबाहिर गए, ऊसले ऊनको आमालाई भन्यो,
  • 16:21 - 16:24
    "उँभिनुस र ऊनलाई हेर्नुस।" र ऊनीहरू कोठाबाट निस्किने बित्तीकै,
  • 16:24 - 16:28
    ऊनले भनिन, ऊनी ऊभिईन, अनि सङ्गीतसँगै चल्न थालिन्।
  • 16:28 - 16:30
    ऊनीहरूले केहि मिनेटसम्म हेरे
  • 16:30 - 16:33
    अनि ऊ ऊनकी आमातिर फर्केर भन्यो,
  • 16:33 - 16:37
    "श्रीमती लिने, गिलियन बिरामी छैनन, ऊनी नर्तकी हुन्।
  • 16:37 - 16:39
    ऊनलाई नृत्य विद्यालयमा लैजानुस।"
  • 16:39 - 16:41
    मैले भनेँ, "अनि के भयो?"
  • 16:41 - 16:44
    ऊनले भनिन, "पठाउनुभयो। त्यो कति रमाईलो थियो भन्ने म तपाईँलाई भन्नै सक्दिन।
  • 16:44 - 16:46
    हामी त्यो कोठामा गयौँ त्यहाँ सबै म जस्ता मान्छेहरूले
  • 16:46 - 16:49
    भरिएको थियो। स्थिर बसिराख्न नसक्ने मान्छेहरू।
  • 16:49 - 16:52
    सोच्नका लागि चल्नैपर्ने मान्छेहरू ।" सोच्नका लागि चल्नुपर्नेहरू ।
  • 16:52 - 16:54
    ऊनीहरू ब्याले नाच्थे, ट्याप नाच्थे, ज्याज नाच्थे,
  • 16:54 - 16:56
    आधुनिक नाच्थे, समकालीन नाच्थे ।
  • 16:56 - 16:59
    अन्तत: ऊनी रोयल ब्याले विद्यालयका लागि छानिईन,
  • 16:59 - 17:01
    ऊनी एकल कलाकार बनिन, ऊनले रोयल ब्यालेमा
  • 17:01 - 17:03
    गज्जबको पेशा पाईन। अन्तत: ऊनी
  • 17:03 - 17:05
    रोयल ब्याले स्कूलबाट स्नातक भईन् र
  • 17:05 - 17:08
    आफ्नै कम्पनी शुरु गरिन -- द गिलियन लिने डान्स कम्पनी --
  • 17:08 - 17:11
    एन्ड्रु लोयड वेबरलाई भेटिन। ऊनी ईतिहासकै सबैभन्दा बढी
  • 17:11 - 17:13
    सफल साङ्गीतिक थिएटर निर्माणका लागि जिम्मेबार छिन्
  • 17:13 - 17:18
    ऊनले दसौँ लाखलाई आनन्द दिएकी छन्,
  • 17:18 - 17:21
    अनि ऊनी करोडपति छिन् । अरु कोहि भएको भए
  • 17:21 - 17:25
    ऊनलाई उपचार गर्थ्यो होला अनि ऊनलाई
  • 17:25 - 17:27
    चुप लाग्न भन्थ्यो होला।
  • 17:27 - 17:30
    अब, मलाई लाग्छ ... (ताली) मैले के सोच्छु भने:
  • 17:30 - 17:32
    अल गोरले हिजो राती पर्यावरणको बारेमा,
  • 17:32 - 17:35
    अनि राचेल कार्सनले शुरु गरेको क्रान्तिको बारेमा बोले ।
  • 17:35 - 17:39
    मलाई विश्वास छ भविष्यको लागि हाम्रो एकमात्र आशा
  • 17:39 - 17:42
    भनेको मानव पर्यावरणको नयाँ अवधारणा अपनाउने नै हो,
  • 17:42 - 17:46
    यस्तो अवधारणा जसमा हामी मानव क्षमताको सम्पन्नताको
  • 17:46 - 17:48
    नयाँ धारणा बनाउँन शुरु गर्नेर्छौँ।
  • 17:48 - 17:52
    हाम्रो शिक्षा पद्दतिले हाम्रो दिमागलाई यसरी खाईदिएको छ
  • 17:52 - 17:54
    कि हामी पृथ्वीलाई खान्छौँ: एउटा विशेष क्रयवस्तुका लागि।
  • 17:54 - 17:57
    र भविष्यमा, यसले हामीलाई काम दिने छैन ।
  • 17:57 - 18:00
    हामीले आधारभूत सिद्धान्तहरूलाई पुनर्विचार गर्नुपर्छ
  • 18:00 - 18:02
    जसमा हामी हाम्रा बच्चाहरूलाई शिक्षा दिँदैछौँ । जोनास साल्कको
  • 18:02 - 18:06
    एउटा गज्जबको भनाई छ नि, ऊनले भनेका छन, "यदि सबै कीराहरू
  • 18:06 - 18:09
    पृथ्वीबाट हराउनुपर्ने भए,
  • 18:09 - 18:12
    ५० वर्षभित्र पृथ्वीका सबै जीवहरू खत्तम हुनेथियो ।
  • 18:12 - 18:15
    यदि पृथ्वीबाट सबै मान्छेहरू हराए भने,
  • 18:15 - 18:19
    ५० वर्षभित्र सबै जीवहरू फस्टाउने छन्।"
  • 18:19 - 18:21
    अनि ऊनले ठीक भनेका छन्।
  • 18:21 - 18:24
    टेडले मानव कल्पनाको उपहारलाई सम्मान गर्छ।
  • 18:24 - 18:28
    हामीले यो उपहार वुद्धिमानीपूर्वक प्रयोग गर्नेबारे सचेत हुनुपर्छ,
  • 18:28 - 18:31
    अनि हामीले केहि परिदृश्यहरूलाई हटाईदिनुपर्छ
  • 18:31 - 18:34
    जसको बारेमा हामीले कुरा गरेका छौँ। र हामीले यसो गर्ने
  • 18:35 - 18:38
    एउटै मात्र तरिका भनेको हाम्रा सृजनशील क्षमताहरूलाई
  • 18:38 - 18:40
    तिनीहरूका सम्पन्नताअनुसार हेर्ने, र हाम्रा
  • 18:40 - 18:43
    बच्चाहरूलाई तिनीहरूका आशाको रुपमा हेर्ने नै हो । र हाम्रो काम
  • 18:43 - 18:46
    ऊनीहरूको सम्पूर्ण पक्षलाई शिक्षित गर्नु हो, जसद्वारा उनीहरूले भविष्यलाई सामना गर्न सकून्।
  • 18:46 - 18:49
    -- जे होस -- हामीले भविष्य नदेखौँला,
  • 18:49 - 18:52
    तर ऊनीहरूले देख्नेछन् । र हाम्रो काम भनेको ऊनीहरूलाई
  • 18:52 - 18:54
    यसमा केही गर्न सहयोग गर्ने हो । धेरै धेरै धन्यवाद ।
Title:
केन रबिन्सनका भनाईअनुसार विद्यालयहरूले सिर्जनशीलताको विनाश गर्छन्
Speaker:
Sir Ken Robinson
Description:

सिर्जनशीलतालाई हुर्काउने (न कि यसको उपेक्षा गर्ने) शिक्षा पद्धति निर्माण गर्ने बारेमा सर केन रबिन्सन एउटा मनोरञ्जक एवं अत्यन्त हृदयस्पर्शी कुरा गर्छन्।

more » « less
Video Language:
English
Team:
closed TED
Project:
TEDTalks
Duration:
19:00
Anantha Swami added a translation

Nepali subtitles

Revisions